काठमाडौँ — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । सिटीले मंगलबार रातिको खेलमा केभिन डे ब्रुएनको उत्कृष्ट प्रदर्शनमा लिड्स युनाइटेडलाई ७–० ले हरायो ।
बेल्जियमका स्टार खेलाडी डे ब्रुएनले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा दुई गोल गरे । सिटीका लागि फिल फोडेन, ज्याक ग्रेलिस, रियाद मेहराज, जोन स्टोन्स र नथा एकेले पनि गोल गरे । लिगमा सिटीको यो लगातार सातौं जित हो ।
यस जितपछि सिटी दोस्रोमा रहेको लिभरपुल र तेस्रोमा रहेको चेल्सीमाथि दबाब सिर्जना गर्न सफल रह्यो । जितसँगै सिटीले १७ खेलबाट ४१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको भने १६ खेलबाट ३७ अंक रहेको छ ।
लिड्स भने १६ अंकमा १६ औं स्थानमा छ । मंगलबारको अर्को खेलमा एस्टन भिल्लाले नरविचलाई २–० ले हरायो । यो जितपछि भिल्ला २२ अंकमा नवौं स्थान उक्लेका छ भने नरविचमाथि रेलिगेसन डर अझ गाढा भएको छ । नर्विच दस अंकमा लिग तालिकाको पुछारमा छ ।
कमेन्ट गर्नुहोस्