मुम्बई : इलियाना डिक्रुज सुन्दरताका कारण चर्चामा आइरहने बलिउड अभिनेत्री हुन्। कहिले चलचित्र त कहिले, अफेयर्स अनि कहिले सनसनीपूर्ण अभिव्यक्तिका कारण चर्चामा आइरहने इलियाना अहिले भने फरक कारणले चर्चाको शिखरमा छिन्।
माल्दिभ्समा छुट्टी मनाउँदा खिचिएका उनका तस्बिर सामाजिक सञ्जालमा भाइरल पनि भइरहेको छ। त्यही तस्बिरका कारण उनले भारतीय सञ्चार माध्यममा पनि राम्रै चर्चा बटुलिरहेकी छन्। माल्दिभ्समा रहँदा इलियाना निकै खुलेकी थिइन्। रातो बिकिनी र सन बाथ लिँदै गर्दाको उनको तस्बिरले सामाजिक सञ्जाल इन्टाग्राममा चर्चा बटुलेको थियो। धेरैले उनको बोल्ड अवतारको खुलेर प्रसंशा गरेका थिए। यसैगरी माल्दिभ्सको समुन्द्रमा पौडी खेल्दै गरेको तस्बिर र भिडियोले पनि सबैको ध्यान तानेको थियो। उनले तस्बिर र भिडियो सेयर गर्दै ‘विकेन्ड मुड’ क्याप्सन लेखेकी थिइन्।
बलिउडका अलावा कैयन् तेलुगू फिल्ममा काम गरिसकेकी अभिनेत्री इलियानाले ‘बर्फी’, ‘फटा पोस्टर निकला हिरो’, ‘रुस्तम’, ‘बादशाहो’, ‘रेड’लगायत चलचित्रमा काम गरिसकेकी छन्। सन् १९८६ मा मुम्बईमा जन्मिएकी इलियानाको बाल्यकाल गोवामा बितेको थियो। उनले सन् २००६ मा तेलगू चलचित्र ‘देभादासु’मार्फत रंगीन दुनियामा पाइला टेकेकी थिइन्।
कमेन्ट गर्नुहोस्