काठमाडौँ — केही प्रतियोगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मिस वर्ल्ड २०२१ को फाइलन स्थगित भएको छ । मिस वर्ल्डको आयोजकले शुक्रबार बिहान पुर्टो रिकोमा बिहीबार हुने भनिएको फाइनल स्थगित गरिएको जानकारी दिएको हो ।
आयोजकले केही प्रतियोगीलाई कोरोना पुष्टि भएकाले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै फाइनल सार्ने निर्णय गरिएको जनाएको छ । त्यसमा मिस इन्डिया मनसा वाराणसीसमेत रहेकी छिन् । त्यस्तै मिस इन्डोनेसिया कार्ला युल्स, मिस मलेसिया लावण्या सिवाजीलगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
इन्स्टाग्राममा पोस्ट गरिएको सूचनामा आयोजकले कुल १७ प्रतियोगी र केही कर्मचारीमा कोरोना देखिएको बताएको छ । त्यस्तै आगामी ९० दिनभित्र पुन: प्रतियोगिता आयोजना गरिने बताइएको छ ।
हालै इजरायलमा भएको मिस युनिभर्सको उपाधि भारतकी हरनाज सन्धूले जितेकी थिइन् ।
कमेन्ट गर्नुहोस्