काठमाडौं : एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपमा नेपालले सुखद् सुरुवात गरेको छ। बंगलादेशको ढाकामा बिहीबार भएको रोमाञ्चक खेलमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै नेपालले सुखद् सुरुवात गरेको हो।
साविक विजेतासमेत रहेको नेपालले सुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकालेको हो। सुरुवाती दुई सेट श्रीलंकाले २५–१९, २५–२१ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछिका तीन वटै सेट नेपालले आफ्नो पक्षमा पा¥यो। नेपालले २५–१५, २५–१५, १५–१३ को जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो।
नेपालले शुक्रबार माल्दिभ्स, शनिबार घरेलु टोली बंगलादेश, आइतबार उज्वेकिस्तान र सोमबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। सन् २०१९ मा बंगलादेशमै भएको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, श्रीलंका, किर्गिस्तान र उज्वेकिस्तान छन्।
यसैगरी बिहीबार नै भएको पुरुषतर्फको खेलमा भने नेपालले नमिठो हार बेहोरेको छ। एकपक्षीय खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग ३–० को हार बेहोरेको हो। नेपालले बंगलादेशलाई २५–१७, २५–१७, २५–१९ को नतिजा सुम्पिएको हो। राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले शुक्रबार उज्वेकिस्तानको सामना गर्नेछ।
कमेन्ट गर्नुहोस्