काठमाडौं : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको दाबी गरेका छन्। आइतबार कमलादीमा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एमसीसी सहमतिबाटै पारित हुने दाबी गरेका हुन् ।
उनले भने, ‘एमसीसी राष्ट्रघाती हो कि होइन भनेर पहिले पढ्नुपर्यो । यस सम्बन्धमा तपाईंहरुले पनि पढ्नुस् । म पनि नेपालको प्रधानमन्त्री हो । म नेपालको खिलापमा जाउँला । मैले राष्ट्रघाती सम्झौता किन गरुँला । यस विषयमा हाम्रो पनि छलफल भइरहेको छ । म पनि पञ्चायतकालमा लडेको मान्छे हुँ ।’ देउवाले भने,‘सित्तै आएको पैसा हो । एमसीसी नेपालको हितमा छ । नेपालको कानुन मान्छु भनेको छ, राम्रोसँग बुझ्नुपर्यो क्या ?’
अगाडिका वक्ता नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसी सम्झौता खारेज गर्नुपर्ने धारणा राखेका थिए।
कमेन्ट गर्नुहोस्