काठमाडौं, पुस १४ गते । सरकारले कोरोनाविरुद्ध खोप नलगाएका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन उपत्यकामा २४ वटा खोप केन्द्र तोकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा गरि २४ वटा खोप केन्द्र तोकेको छ । जसमध्ये काठमाडौं र लितपुरका ११–११ स्थानमा खोप केन्द्र तोकेको छ भने भक्तपुरमा दुई स्थानमा खोप केन्द्र तोकेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं र ललितपुरमा १८ वर्षमाथिका सबै खोप नलगाएका नागरिकहरुलाई, भक्तपुरमा १८ वर्षमाथिका नागरिक र ३ महिना नाघेका गर्भवती महिला खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनिका खोप लगाइने जानकारी दिएको छ ।
कहाँ–कहाँ छन् खोप केन्द्रहरु ?
काठमाडौं जिल्लामा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीरेन्द्र सैनिक बल अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, सहिद मेमोरियल अस्पताल कंलकी, लोत्से भवन नयाँ बसपार्क, वीर अस्पताल, बयोधा अस्पताल बल्खु, निजामती कर्मचारी अस्पताल, एपेक्स पोलिक्लिनिक जडिबुटी रहेका छन् ।
त्यस्तै, भक्तपुर जिल्लामा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमीमा (बुधबार र शुक्रबार मात्र),ख्वप अस्पताल च्यामसिंह (बिदाको दिन बाहेक प्रत्येक दिन) खोप लगाइने छ ।
ललितपुर जिल्लामा पाटन अस्पताल, छवा बहाल जनस्वास्थ्य शाखा, सैंबु स्वास्थ्य चौकी, बज्रबाराही चापागाँउ अस्पताल, बाँडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्र, लेले प्राथमिक स्वास्थ्य केन्द्र, लुभु प्राथमिक स्वास्थ्य केन्द्र, इमाडोल स्वास्थ्य चौकी, चौघरे स्वास्थ्य चौकी, गोटिखेल स्वास्थ्य चौकी रहेका छन् ।
कमेन्ट गर्नुहोस्