काठमाडौँ — अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीसहित तीन खेलाडी फिफा २०२१ को उत्कृष्ट खेलाडीको सूचीमा परेका छन् ।
मेसीसहित बायर्न म्युनिखका पोलिस खेलाडी रोबर्ट लेवान्डोस्की र लिभरपुलका मोहम्मद सलाह उत्कृष्ट खेलाडीको सूचीमा परेका हुन् ।
मेसीले यसबाहेक ६ पटक यो पुरस्कार जितिसकेका छन् भने लेवान्डोस्की फिफा २०२० को पुरुषतर्फको उत्कृष्ट खेलाडी बनेका थिए ।
यसपटकका विजेताको घोषणा जनवरी १७ मा गरिने फिफाले जनाएको छ । मेसीले यसपटक अर्जेन्टिनालाई कोपा अमेरिका कप दिलाएका थिए । उनले एक महिनाअघि मात्र बलोन डी'ओर ट्रफी जितेका थिए । लिभरपुलका सलाह सन् २०१८ यता दुईपटक यो सूचीमा परिसकेका छन् ।
लेवान्डोस्कीले सन् २०२०-२१ मा म्युनिखका लागि ४१ गोल गरेका थिए भने २०२१ मा मात्रै ४३ गोल गर्दै दुई बुन्डेसलिगा रेकर्ड आफ्नो नाममा पारेका थिए ।
सलाह भने प्रिमियर लिगमा १६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् ।
त्यस्तै स्पेन र बार्सिलोनाबाट खेल्ने जेनिफर हर्मोसो‚ अस्ट्रेलिया र चेल्सीबाट खेल्ने साम केर र इजिप्ट र लिभरपुलबाट खेल्ने एलेक्सिया पुटेल्लास उत्कृष्ट महिला खेलाडीको सूचीमा परेका छन् ।
फिफा २०२१ मा विभिन्न विधामा उत्कृष्ट खेलाडीको सूची
उत्कृष्ट महिला खेलाडी
जेनिफर हर्मोसो (स्पेन/बार्सिलोना)
साम केर (अस्ट्रेलिया/चेल्सी)
एलेक्सिया पुटेल्लास (इजिप्ट/लिभरपूल)
उत्कृष्ट पुरुष खेलाडी
रोबर्ट लेवान्डोस्की (स्पेन/बार्सिलोना)
लियोनल मेसी (अर्जेन्टिना/बार्सिलोना/पीएसजी)
मोहम्मद सलाह (इजिप्ट/लिभरपुल)
महिलातर्फको उत्कृष्ट कोच
लुइस कोर्टस (स्पेन/बार्सिलोना)
एम्मा हाएस (इंग्ल्यान्ड/चेल्सी)
सारिना विगम्यान (नेदरल्यान्ड/डच नेसनल टीम/ इंग्लिस नेसनल टीम)
पुरुषतर्फको उत्कृष्ट कोच
पेप ग्वार्डिओला (स्पेन/म्यान्चेस्टर सिटी)
रोबर्टो मानचिनी (इटाली/इटालियन नेसनल टिम)
थोमस टुचेल (जर्मनी/चेल्सी)
उत्कृष्ट महिला गोलरक्षक
एन-क्याट्रिन बर्गर (जर्मनी/चेल्सी)
क्रिस्टियनी एन्डलर (चिली/पेरिस सेन्ट जर्मेन/ल्योन)
स्टेफनी लाब्बे (क्यानडा/एफसी रोजबर्ड/ पेरिस सेन्ट जर्मेन)
उत्कृष्ट पुरुष गोलरक्षक
ज्यानलुइगी डोनारमा (इटाली/एसी मिलान/पेरिस सेन्ट जर्मेन)
एड्वार्ड मेन्डी (सेनेगल/चेल्सी)
म्यानुएल न्युएर (जर्मनी/बायर्न म्युनिख)
फिफा पुस्कास अवार्ड
एरिका लामेला - टोटनह्याम (भर्सेस आर्सेनल, १४ मार्च)
प्याट्रिक सिक - सेक रिपब्लिक (भर्सेस स्कटल्यान्ड‚ १४ जुन)
मेह्दी तारेमी - पोर्तो (भर्सेस चेल्सी‚ १३ अप्रिल)
कमेन्ट गर्नुहोस्