Sunday, June 14 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

किन भयो बैंकमा पैसा अभाव ?

किन भयो बैंकमा पैसा अभाव ?

काठमाडौं : ऋण माग्न बैंक जानुहोस्, भनिन्छ, ‘पैसा छैन। पछि आउनुहोला।’

आफ्नो निक्षेप झिक्न सानोतिनोमा गाह्रो परिसकेको छैन, अलि धेरै जानासाथ पाइन्न। 

यसबारे एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, ‘बैंक जानुहोस्, बरु रगत दिन सक्छौं, पैसा दिन सक्दैनौं भन्छन्। अर्थतन्त्र यो अवस्थामा कसरी पुग्यो ?’ 

आखिर समस्या बैंकको भन्दा अर्थतन्त्रको हो। 

वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघका अनुसार, साउनदेखि पुस १६ सम्म जम्मा ४४ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएको छ। कर्जा प्रवाह भने ३ खर्ब ७८ अर्ब रुपैयाँ छ। वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीसमेत हेर्ने हो भने यस आर्थिक वर्षमा ४ खर्ब ५० अर्ब रुपैयाँभन्दा धेरै ऋण प्रवाह भइसकेको छ। वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै झन्डै ८ खर्ब ऋण प्रवाह गरेका थिए। गत आर्थिक वर्षको अन्त्यतिर असारे विकासरूपी सरकारको खर्च बढेपछि बैंकमा निक्षेप बढेको थियो र अहिलेसम्म बैंकहरूले त्यसैले तानतुन पारेर ऋण दिइरहेका छन्। 

‘बैंकमा निक्षेप आउने भनेको रेमिट्यान्स आप्रवाह, निर्यात र सरकारको खर्चबाट हो,’ नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल भन्छन्, ‘यो वर्ष रेमिट्यान्सको आप्रवाह केही घटे पनि निर्यात बढेर त्यो पूर्ति भएको छ। यद्यपि सरकारी खर्च भने बढ्न सकेको छैन।’ यो वर्ष सरकारको खर्च निकै शिथिल छ। पुस मसान्तमा आर्थिक वर्षको आधा अवधि अर्थात ६ महिना बित्छ तर सरकारले वर्षभरिमा ४ खर्ब ३९ अर्ब रुपैयाँ विकास–निर्माणमा खर्च गर्ने गरी पुँजीगत खर्च विनियोजन गरेको भएपछि पुस १८ सम्म मुस्किलले साढे ३७ अर्ब रुपैयाँ विकास बजेट खर्च गरेको छ। 

‘सरकारले बजेट खर्च गरेपछि त्यो पैसा ठेकेदारकहाँ हुँदै निर्माण सामग्री आपूर्तिकर्ता, मिसिनरी आपूर्तिकर्ता, श्रमिक, परामर्शदातालगायत विभिन्न पक्षबाट प्रवाह हुँदै बजार चलायमान गराएर बैंकमा पुग्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, ‘त्यो चक्र पूर्ण रूपमा अवरुद्ध भएको छ।’ 

सरकारले बजेटमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। यसका लागि सरकार र निजी क्षेत्र दुवैतर्फका क्रियाकलाप बढ्न जरुरी छ। एकातिर सरकारले खर्च गर्न सकेको छैन भने अर्कोतिर बैंकहरू पनि निजी क्षेत्रलाई चलायमान गराउने गरी कर्जा प्रवाह गर्न नसक्ने स्थितिमा पुगेका छन्। 

किन आएन बैंकमा पैसा ? 
बैंकमा निक्षेप संकलनमा यो वर्ष ठूलो गिरावट आउनुको कारण भने अध्ययनकै विषय छ। हामीकहाँ आयात बढ्दा र सेयर बजार बढ्दा रेमिट्यान्समा गिरावट आउने प्रवृत्ति देखिने गरेको छ। कोभिड–१९ महामारीको समयमा आयात घट्दा २०७७ असारमा एक महिनामा एक खर्ब रुपैयाँसम्म रेमिट्यान्स भित्रियो। तर, जब आयात बढ्न थाल्यो, त्यसपछि रेमिट्यान्स घट्न थालेको देखिन्छ। आयातमा न्यून बिजकीकरण गर्ने र त्यसको भुक्तानी हुन्डीमार्फत फछ्र्योट भएको राष्ट्र बैंकको आशंका छ। विगतदेखि नै सेयर बजार उकालो लाग्दा पनि रेमिट्यान्स  घट्ने गरेको छ। सेयर बजारमा आर्जन गर्नेले पनि हुन्डीमार्फत पैसा विदेश पुर्‍याउँदा रेमिट्यान्स घटेको हुनसक्ने आशंका छ।

यस वर्ष जेठ महिनामा रेमिट्यान्स अचानक धेरै घटेको छ। ‘घुसखोरी, चन्दा तथा अन्य अपराधिक कार्यबाट कमाएको पैसासमेत विदेशमा व्यवस्थापन हुने हुँदा हुन्डी निकै बढेको अनुमान गर्न सकिन्छ,’ अर्थशास्त्री केशव आचार्य भन्छन्। 

गत वर्षदेखि नै कर्जाको माग अत्याधिक बढेको छ। कोरोना महामारीले प्रताडित उद्योग व्यवसायको पुनरुत्थान नै नेपाल सरकार, राष्ट्र बैंक र अन्तर्राष्ट्रिय समुदायको प्राथमिकतामा रह्यो। राष्ट्र बैंकले कर्जाको पुनर्संरचना गर्दा ब्याज पुँजीकरण (पाकेको ब्याजलाई पनि साँवामै गाभ्ने) लाई नयाँ कर्जाका रूपमा व्यवहार नगर्न आग्रह गरेको थियो। ‘तर, कसिकसाउ गर्दा पनि व्यावसायिक आत्मविश्वास (बिजनेस कन्फिडेन्स) नै खत्तम हुने हो कि भनेर बैंकहरूलाई सामान्य नैतिक दबाब मात्र दिइएको हो,’ नेपाल राष्ट्र बैंकका एक अधिकारीले भने, ‘कर्जाको ब्याज तिर्न पुनः कर्जा दिएको भनेजस्तो ऋण सदाबहार (इभरग्रिनिङ) गर्ने क्रम देखियो।’ 

उनका अनुसार ब्याज पुँजीकरण नै पुनः नयाँ ऋणका रूपमा गएकाले पनि अर्थतन्त्रमा त्यसको प्रभाव नदेखिएको हो। गत वर्ष ऋणको माग अत्याधिक भएपछि चालू आर्थिक वर्षमा त्यो गति केही धीमा हुने अपेक्षामा नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने कर्जा विस्तार १९ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। 

‘आर्थिक वर्षको पाँच महिनामा ऋणको वृद्धिदर ३१ प्रतिशत छ,’ उनले भने, ‘यो अत्यधिक हो। अब यो गति केही मन्द हुने अपेक्षा गरेका छौं। किनभने ऋणको माग यसरी एकोहोरो बढ्न त्यो आर्थिक क्रियाकलापमा पनि प्रतिबिम्बित हुनुपर्छ।’ बैंकहरूको आम्दानीको मुख्य स्रोत पनि ब्याज आम्दानी नै हो। अर्थात्, ऋणबाट प्राप्त हुने ब्याजबाट नै बैंकहरूले कमाउने हो। नाफा घट्ने दबाबमा बैंकहरूले पनि ऋण ठेल्ने (पुस लेन्डिङ) बढाएको राष्ट्र बैंकको बुझाइ छ। 

बैंक तथा वित्तीय संस्थाहरूले अहिले नै नियामकले तोकेको निक्षेपको ९० प्रतिशतसम्म मात्र ऋण दिन पाउने सीमा मिचिसकेका छन्। पुस महिनामा राजस्व दाखिला गर्न बैंकबाट थप निक्षेप बाहिरिँदा यो अवस्था अझै चिन्ताजनक हुनसक्ने राष्ट्र बैंकको अनुमान छ। पुसमा आयकरको पहिलो ४० प्रतिशत किस्ता तिर्नुपर्ने हुँदा व्यक्तिगत र संस्थागत निक्षेप केही फिर्ता हुनसक्ने आँकलनसहित अर्थ मन्त्रालयले केही साता अघिमात्रै स्थानीय तहको सञ्चित कोषमा रहेको रकम ८० प्रतिशतसम्म बैंकको निक्षेप मानेर आयात र व्यापारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था गरेको थियो। तर, यो उपायले दीर्घकालीन समाधान नदिने बैंकरहरू बताउँदै आएका छन्। 

१९ वाणिज्य बैंकले सीमाभन्दा धेरै ऋण दिए 
समग्रमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा र निक्षेपको अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमामा राख्नुपर्छ। अर्थात्, बैंकले १०० रुपैयाँ निक्षेप लियो भने त्यसबाट ९० रुपैयाँ ऋण प्रवाह गर्न पाइन्छ तर १० रुपैयाँ तरलता राख्नुपर्छ। 

कर्जाको माग अत्याधिक हुने तर ब्याजदर बढाउँदा पनि निक्षेप नआएपछि केही बैंकहरूको कर्जा–निक्षेप अनुपात असन्तुलित बनेको छ। पुस १७ गतेसम्मको राष्ट्र बैंकको तथ्यांकअनुसार क, ख र ग वर्गकै बैंकको कर्जा–निक्षेप अनुपात औसत ९७.६४ प्रतिशत पुगेको छ। यसमा वित्त कम्पनीको कर्जा–निक्षेप अनुपात अत्याधिक असन्तुलित भएको देखिन्छ। सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको औसत ९१.२९ प्रतिशत, १७ वटा विकास बैंकको ९१.७७ प्रतिशत र १६ वटा  वित्त कम्पनीहरूको कर्जा–निक्षेप अनुपात औसत ११४.६० प्रतिशत पुगेको छ। 

वाणिज्य बैंक समूहमा कुमारी, नेपाल इन्भेस्टमेन्ट, कृषि विकास बैंक, मेगा बैंकको कर्जा–निक्षेप अनुपात ९५ प्रतिशत माथि पुगेको छ।  यसपछि प्राइमको ९४.५६, नेपाल एसबीआईको ९३.६२, नेपाल क्रेडि एन्ड कमर्सको ९३.०९, बैंक अफ काठमान्डूको ९२.३७, सिटिजन्सको ९२.१९ प्रतिशत छ। यसबाहेक सिभिल, एनएमबी, सेञ्चुरी, नेपाल र माछापुच्छ्रे बैंकको ९१ देखि ९२ प्रतिशतको बीचमा छ। यसपछि ग्लोबल आईएमई, एनआईसी एसिया, नेपाल बंगलादेश, हिमालयन, नबिल बैंकको सीडी अनुपात ९० देखि ९१ प्रतिशतको बीचमा छ। तर, यसबाहेकका ८ वटा बैंकको यस्तो अनुपात भने सीमाभित्रै रहेको छ। सिद्धार्थ, सनराइज, एभरेस्ट, सानिमा, लक्ष्मी, स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य र प्रभु भने ९० प्रतिशत भित्रै बसेका छन्। अहिले प्रभु र राष्ट्रिय वाणिज्य बैंकको भने कर्जा प्रवाह गर्नका लागि केही कुसन छ। प्रभु बैंकको कर्जा–निक्षेप अनुपात सबैभन्दा कम अर्थात ८५.४२ प्रतिशत छ।  

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय बैंकहरूले कर्जा वृद्धिअनुसार स्रोत संकलन गर्न नसक्दा खाडल बढी भएको स्वीकार गर्छन्। यद्यपि  संकटै भएको अवस्था नभएको उनको तर्क छ। अझै बैंकले कर्जा मागअनुसारको धान्न सकेको छैन। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेको उपाध्यक्ष अहिलेको तरलता अभावको समस्या कोभिडको समयमा ठप्प रहेका आर्थिक क्रियाकलाप एकैपटक खुल्दा त्यसले उत्पन्न गरेको प्रभाव भएको तर्क गर्छन्। 

‘नियामक निकायले पनि कर्जा असुलीमा ऋणीलाई कारबाही नगर्ने सहुलियत दिएको थियो। पुनर्कर्जा जरिवाना नलाग्ने, नवीकरण पुनर्तालिकीकरण, पुनर्संरचना आदिमा सहजीकरण एवं सुविधा थियो। यो सबै कार्यले अर्थतन्त्रलाई गतिशील र स्थायित्व बनाउने अभियान हो। हामीले पनि सोहीअनुसार परिचालन गर्‍यौं’, उनले भने। 

आर्थिक क्रियाकलाप ठप्प भएर एकैपटक फस्टाउँदा यस्तै अवस्था हुन्छ। ‘यसबीच भूकम्प गएको वर्ष र कोभिडको वर्षमात्रै तरलता अधिक भएर सहजता थियो। त्यतिबेला कर्जा विस्तार गर्न सकिएको थिएन। यसबाहेक कहिले तरलता कसिलो हुने कहिले खुकुलो हुने भइरहेको छ। यो अवस्था हिजोको दिनदेखि नै भोगिरहेको कुरा हो’, उनले भने। यद्यपि यो अवस्थालाई कम गर्न बैंकहरूको कर्जा र निक्षेपको वृद्धिदरमा त निकै असन्तुलन देखिएको छ। देशभित्रैको स्रोतमा निर्भर भएकाले यस्तो स्थिति देखिएको उनको भनाइ छ। 

उत्पादनमा भन्दा अत्यधिक आयातमा निर्भर मुलुक र यसको व्यापारबाट उपभोग वस्तुमा बढी आधारित भएकाले प्रणालीमा यस्तो स्थिति आएको उनले प्रष्ट्याए। ‘सरकारले पुँजीगत खर्च गर्न नसक्नु यसको कारण हो। चालू आवका लागि दुई पटक बजेट आयो। दुईतीन महिना त्यसमै बित्यो। त्यसले जुन गति दिन्थ्यो त्यो हुन सकेन। अर्को कुरा यसबीच चाडपर्व आयो। यस्तो बेला विकास निर्माणको कामभन्दा पनि उपभोग्य वस्तुमा बढी खपत भयो। यसो हुँदा पनि अहिलेसम्म प्रभाव परेको हो,’ उनले थपे, ‘यस्तै आयातीत वस्तुको मूल्य पनि उच्च भएको छ। अहिले डलरको मूल्य अकासिएको छ। आयातको आकार सोहीअनुसार भए पनि विदेशी मुद्रा विनिमय दर उतारचढाव हँुदा असर पुग्छ। यसो हुँदा शोधनान्तर घाटा उच्च भयो। किनभने रेमिट्यान्सबाट पनि अपेक्षित वृद्धि हुन सकेको छैन।’ विगत वर्षहरूमा बैंकिङ प्रणालीबाट गएको कर्जा कोभिडपछि कर्जा पुनर्संरचना, पुनर्तालिकीकरणका कारण नफर्किएको उनको भनाइ छ। 

१० विकास बैंकको छैन कर्जा क्षमता, बाँकी पनि कसिलो अवस्थामा यसैगरी विकास बैंकअन्तर्गतका १० वटाले सीमाभन्दा धेरै कर्जा दिएका छन्। यसमा कर्पोरेट, सप्तकोसी, ग्रीन डेभलपमेन्ट, साल्पा, महालक्ष्मी, सिन्धु, मितेरी, एक्सल, नारायणी र ज्योति विकास बैंक छन्। क्षेत्रीय स्तरका कर्पोरेटको सीडी रेसियो सबैभन्दा बढी अर्थात १०४.८१ प्रतिशत पुगेको छ। यद्यपि लुम्बिनी, कामना, गरिमा, साइन, सांग्रिला, मुक्तिनाथ र कर्णाली विकास बैंक भने सीमाभित्रै छन्। कर्णाली विकास बैंकको सीडी भने सहज अर्थात ७१.६१  प्रतिशतमा छ।

राष्ट्रिय स्तरकाभन्दा क्षेत्रीय स्तरका विकास बैंकमा निक्षेप बाहिरिएको, नयाँ आइसकेको र प्रवाहित कर्जा नउठिसकेकाले सीडी अनुपात उच्च हुन गएको नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युम्न पोखरेल बताउँछन् । कर्जा–निक्षेप अनुपात  ८६.९ प्रतिशत रहेको मुक्तिनाथ विकास बैंकका सीईओसमेत रहेका अध्यक्ष पोखरेल राष्ट्रिय स्तरको विकास बैंकमा अहिले तरलता सहज रहेकाले आत्तिइहाल्नु नपर्ने बताउँछन्। 

सीडी अनुपात ९२.७५ प्रतिशत रहेको महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा अपेक्षा गरेअनुसारको निक्षेपको वृद्धि घट्दा तरलतामा दबाब परेको धारणा राख्छन्। ‘बैंकले गत वर्षको पुनर्कर्जा तिरिसकेको छ। यो हुन्जेलसम्म स्रोतमा गणना गर्न पाएकाले कर्जा–निक्षेप अनुपात सहज भएको थियो। तर, अब केन्द्रीय बैंकले अबका लागि स्वीकृत गरिसकेको छ। बैंकिङ प्रणालीमा आएपछि सहज हुने अपेक्ष गरेका छौं।,’ नेपाल डेभलपमेन्ट बैंकर्स संघका सचिवसमेत रहेका सीईओ देवकोटाले भने।

चार वित्त कम्पनीको कर्जा–निक्षेप अनुपात १०० नाघ्यो
हाल सञ्चालनमा रहेका १७ मध्ये ८ वटा कम्पनीले थप कर्जा दिने अवस्था छैन। अझ समस्याग्रस्तबाट भर्खर बाहिर भएका कम्पनीको हालत कमजोर छ। यसको उदाहरण नेपाल सेयर एन्ड मार्केट्स फाइनान्स लिमिटेड हो। यसको कर्जा–निक्षेप अनुपात नै ४७१.४९ प्रतिशत छ। यस्तै मल्टी फाइनान्सको ११३.६, जानकीको १०१.५२ र नेपाल फाइनान्सको १००.६८। यसपछि समृद्धि, गोरखा, प्रोग्रेसिभ र मञ्जु फाइनान्सको पनि ९० प्रतिशतमाथि सीडी रेसियो छ। यसबाहेकको सीमा भित्रै छ।

यसैक्रममा वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर समस्याग्रस्तबाट भर्खर उठेका कम्पनीको तरलता समस्या अधिक देखिए पनि अरूको ठीकै रहेको बताउँछन्। यद्यपि अब वित्त कम्पनीबाट कर्जा कम जाने उनले जानकारी दिए। किनभने केन्द्रीय बैंकले तोकेको सीमामा अहिलेदेखि नै रहने गरी काम गर्ने उनको भनाइ छ। ८४.८६ प्रतिशतको कर्जा–निक्षेप अनुपात रहेको गुडविल फाइनान्सका सीईओ रहेका अध्यक्ष तुलाधर बैंकहरूले उल्टो काम गरेको औंल्याउँछन्। ‘सुरुमा निक्षेप खोजेर कर्जा दिनुपर्नेमा कर्जा दिएर निक्षेप खोज्न थालेकाले यस्तो अवस्था आएको हो। यद्यपि पुसमा तरलता दबाब देखिए पनि माघमा सरकारी खर्च हुने र प्रणालीमा रकम आउने अपेक्षा छ,’ उनले भने। 

 

 

 

 

कमेन्ट गर्नुहोस्