Wednesday, March 11 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

सिनेमामा महिला

सिनेमामा महिला

सन् १८९५ डिसेम्बर २८ तारिखमा विश्वमा पहिलो पटक प्रदर्शित मूक सिनेमा ‘दि ट्रेन अराइभल टु स्टेसन’ फ्रान्सका लुमाएर दाजुभाइले बनाएका हुन्। यसमा कुनै पनि महिला पात्रको भूमिका थिएन। निर्माणमा पनि कुनै अहम् भूमिका महिलाको रहेन। सन् १८९५ देखि सन् १९२५ सम्म सिनेमा निर्माण गर्ने प्रमुख राष्ट्रमा फ्रान्स, अमेरिका, इटाली, रुस, डेनमार्क, बेलायत र भारत भए पनि यो लामो दौरान सिनेमाले मूक युगमा आवाज खोजे। सोही क्रममा धेरै कोसिसका बाबजुद रुसका केही सिनेकर्मीमध्ये सजग रूपमा सर्जेइ आइन्स्टाइनले महिलाको अहम् भूमिकामा सन् १९२६ मा ‘मदर’ नामक सिनेमा बनाए।

यसअघि सन् १९१५ मा अमेरिकी निर्देशक डेविड वार्क ग्रिफिथले ‘द वर्थ अफ नेसन’ मा नेपथ्यबाट महिलाको उपस्थिति देखाए। त्यसपछि त्यसलाई सन् १९२५ मा रुसका फिल्मकर्मी सर्जेई आइजेन्स्टाइनले ‘ब्याट्लसिप पोटेम्पिकिन’ निर्माण गरे। जसमा अस्पतालबाट ट्रलीमा बच्चा लिएर आउँदै गरेकी आमा र उनको संवेदनालाई क्लोज अपमा अभिव्यक्त गर्ने प्रयास गरिएको थियो। सिनेमा निर्माणक्रममा पहिलो सिनेमा ‘दि ट्रेन अराइभल टु स्टेसन’देखि ब्याटलसिप पोटेम्पिकिनका बीचमा लामो समय महिलाको उपस्थिति र स्वर शून्यबराबर रह्यो। सन् १९१६ मा रुसमा राष्ट्रियकरण भएपछि लेनिनको शासनकालमा उदाएका तीन फिल्मकार कुलेशाव, डबजेन्को र आइजेन्स्टाइनमध्ये आइजेन्स्टाइनले सशक्त रूपमा महिलाको स्वरलाई पर्दामा उठाए, यो सिनेमा नै विश्वमा महिलाको विषय तत्व लिएर बनाइएको पहिलो कथानक सिनेमा थियो।

यही सिनेमाले नै विश्वका आमूल सिनेकर्मीको विचारलाई बदल्न सघाउ पुर्यायो। यही सिनेमाको प्रभावमा भारतमा महबुब खानले सन्  १९५७ मा ‘मदर इन्डिया’ बनाए। मदर इन्डिया प्रदर्शन भएर सफल भएको नौ वर्षपछि नेपालमा सन् १९६५ को मार्चमा ‘आमा’ नेपाली चलचित्र निर्माणको घोषणा भयो। सरकारी लगानीमा यो नेपालीमा बनिएको नेपालको पहिलो सिनेमा मानिन्छ। यसै सिनेमाको प्रदर्शनसँगै सन् १९६५ मै निजी क्षेत्रबाट पहिलोपटक माइतीघर नामक सिनेमा बन्यो। बीएस थापाद्वारा निर्देशित यस सिनेमामा भारतीय अभिनेत्री माला सिन्हाको प्रमुख भूमिका थियो। जसमा उनकै जीवनको समस्या, संकट र चुनौती वरिपरि यो सिनेमा केन्द्रित थियो।

माइतीघर निर्माणको १८ वर्षपछि बल्ल सन्  १९८२ मा निजी क्षेत्रबाट ‘जुनी’ नामक सिनेमा बन्न सक्यो। निजी क्षेत्रका निर्माताको लगानीमा बनेको यस चलचित्रमा निर्माता मञ्जु राणा स्वयं एक महिला थिइन्। महिला भएकै कारणले यस फिल्मको ब्यानरको नाम पनि महिलाकै नामबाट सुजाता फिल्मस् राखिएको थियो। यसमा सम्पूर्ण कथावस्तु नायिका मीनाक्षी आनन्द वरिपरि घुमेको थियो। यसमा नारीको जीवनमा आउने समस्या, उनले पार गर्ने सत्तासंघर्ष र समन्वयका बारेमा कथा केन्द्रित थियो। माइतीघर, परालको आगो, जुनीपछि निजी क्षेत्रबाट चलचित्र बनाउने क्रममा काठमाडौं उपत्यका, पोखरा र विराटनगरका धेरै निर्माता निर्देशक सक्रिय देखिए।

भारतको मुम्बई र कोलकत्ता अनि भारतकै २२औं राज्य सिक्किम पनि अत्यन्त सक्रिय देखिए। त्यसमध्ये निजी क्षेत्रका प्राय: निर्माता निर्देशक आफ्नी आमा, पत्नी वा छोरीबाट प्रेरित भएर सिनेमा बनाउने गरेको पाइयो। त्यसो हुनाले प्राय:ले आफ्नो सिनेमाको ब्यानरको नाम देवी, भगवती, काली राखेको पाइन्छ भने कतिले आफ्नै पत्नी वा आमाको नाममा पनि राखिएको पाइन्छ। उदाहरणार्थ, निजी क्षेत्रबाट दोस्रो चरणमा सिनेमा बनाउने चलचित्र उद्यमी डीबी थापाले सन् १९६० मा चलचित्र ‘मायाप्रीति’ बनाउँदा आफ्नो ब्यानरको नाम शान्ति फिल्मस् राखे। नायक एवं निर्माता भुवन केसीले पनि छोरीको नाममा काजोल फिल्मस् राखेका थिए। यसबाहेक कैयन् निर्माता र निर्देशकले विवाहपछि सिनेमामा सक्रिय बनाउन अनेक सृजनात्मक कार्यमा सम्बद्ध पनि बनाएका छन्।

निर्देशक तुलसी घिमिरेले पत्नी भारती गजमेरलाई सहायक निर्देशकमा र निर्माता निर्देशक शम्भु प्रधानले पत्नी नूतन प्रधानलाई संवाद लेखकका रूपमा प्रवेश गराएको पाइन्छ। मूलत: नेपाली सिनेमाका निर्माता, निर्देशक वा उद्यमी यस व्यवसायलाई लक्ष्मीले धान्ने भएको भएर पनि महिलाको सहभागितालाई प्रमुख मान्छन्। यस्ता कैयन् उदाहरण निजी क्षेत्रका चलचित्र उद्योगले दिएका छन्। कैयन् सुधारहरू गर्नुपर्ने अहिलेको परिप्रेक्ष्यमा देखा पर्दै आए पनि सिनेमाको पर्दामा महिलाको तस्बिर अस्पष्ट र धूमिल देखिन्छ। यसै विषयलाई अभियोजन गरेर यो विषय तयार पारिएको छ।

विषय : १
‘काल्पिनिकीमा तिनी निकै उच्च महत्ववमा रहेकी तर वास्तविकीमा तिनी परिचयहीन बनेकी छिन्। तिनले कवितालाई आदिदेखि अन्त्यसम्म सामीप्य दिएकी छिन् तर तिनी इतिहासबाट गायब छिन्।’ विश्वप्रसिद्ध उपन्यासकार भर्जिनिया उल्फकृत्त ‘अ रुम अफ ओन्ज्ओन’का यी पंक्ति पढ्दा विपर्यास लाग्छ, महिलाको जीवन। पुरुष तिनलाई चाहन्छ, माया गर्छ, तिनको पूजा गर्दछ र तिनका बारेमा लेख्छ तर उनीहरूले ती सबै आफ्नो अस्तित्ववका निम्ति गरेको देखिन्छ (जैन र राई, पृ. १०६ : २०२०)।

उद्धृत मन्तव्यले समाजमा महिलाको स्थितिलाई स्पष्ट दर्शाउँछ, त्यो चाहे उच्च घरानामा होस् वा निम्न कोटीमा। तर, त्यसमा महिलाले आफैं सक्रियता देखाउनका निम्ति पहिलो सहभागिता आफैं नै एक विषय वा आग्रह बन्न जरुरी छ। र, आफैंलाई सहभागी बनाउन महिलाले सृजनात्मक सहभागिता र समन्वय हुने क्षेत्रमा आफूलाई उभ्याउन आवश्यक देखिन्छ।

नेपाली चलचित्रका क्षेत्रमा महिला चलचित्रकर्मीको शून्यबराबर उपस्थिति रहेको क्षेत्र हो, सिर्जनात्मक क्षेत्र। सिर्जनात्मक क्षेत्रलाई सिनेमाले तीन प्रकारमा विभक्त गरेको देखिन्छ :

क. कथा लेखन, ख. संवाद लेखन र ग. गीत लेखन। यी तीनै क्षेत्रमा महिला चलचित्रकर्र्मीको उपस्थिति हुन सकेको छ, अभियान यहींबाट सुरु हुन्छ। सिनेमा खाली पानाको कालो अक्षरबाट थालिन्छ। र, खाली पानामा जस्तो विषयलाई पनि उठाउन सकिन्छ। जस्तै, कथावस्तुको चयन, पात्रको नाम वा चरित्र चित्रण। यसमा महिलाको सहभागिता हुन सकेको छ। महिलाका विषयमा जिउँदाजाग्दा विषवस्तुको प्रकटन हुन सक्छ। सिनेमा निर्माण वा लेखन सामाजिक स्रोतको प्रेरणा वा उपज भएको हुनाले हाम्रो समाजमा भएका सबल पक्षलाई हामीले वरण गर्न सक्छौं। नेपाली समाज हिन्दू राष्ट्रवादबाट अत्यधिक प्रभावित भएकाले यसले दुर्गा, कालीजस्ता शक्तिरूपी पात्रलाई पर्दामा रूपान्तरित गर्न महिलाको कलमको सहायता लिन सक्छ।

दोस्रो, संवाद लेखन पनि महत्ववपूर्ण पक्ष हो। दुई घण्टाको सिनेमा हेरिसकेर दर्शकको मन र दिमागमा बस्ने पछिल्लो चिज संवाद नै हो। यसले वर्षौंसम्म प्रभाव पारिरहन्छ। उदाहरणका लागि, ‘माइतीघर’मा सुनीता रेग्मीले बोलेको ‘घैंटोभित्र घाम लागे मात्र आइमाईले संसार देख्न पाउँछ’ वा ‘सिन्दूर’ चलचित्रमा खलनायक नीर शाहले बोलेको संवाद गजब छ, ‘यो घर एउटा स्टेज हो र तँ मेरी स्वास्नी।’ वा ‘जीवनरेखा’ चलचित्रमा खलपात्र अर्जुनजंग शाहीले बोलेको संवाद, ‘मलाई त्यही माल चाहिन्छ।’ वा, नायिका रेखा थापाले बनाएको ‘कसले चोर्या मेरो मन’मा रेखाले आर्यन सिग्देललाई ‘तिमी राम्रो माल छौ’ भन्ने जस्ता संवाद महिलाले लेखेको भए अझै स्तरीकृत वा सम्पादित हुन सक्थ्यो।

तेस्रो पक्ष हो, गीत लेखन। जसमा नारीको उपस्थिति चलचित्रमा बौद्धिक शून्यबराबर छ। पुरुषले लेखिएका गीतमा महिलाको रूप, साजसज्जा र लावण्यको मात्र चित्रण भएको पाइन्छ, मस्तिष्क वा मानसिकता कतै देखिन्न। यसलाई एक रुचि सम्पन्न महिलाले सहभागिता दिन सके तटस्थ नभए पनि तर्कातीत हुन सक्छ।

विषय : २
चलचित्र निर्माण सिर्जनात्मक कार्य हो भने त्यति नै हदमा संरचनात्मक कार्य पनि हो। संरचनात्मक कार्यमा समूहगत उपस्थिति अनिवार्य छ। यदि सिनेमालाई एकल पद्धतिमा नसोचेर अघि बढाउन समूहको सामीप्य राख्ने हो भने लेखनमा जस्तै छायांकन, सम्पादन र संगीत संरचनामा महिला चलचित्रकर्मीले गतिलो भूमिका निर्वाह गर्न सक्छन्। तर यो जत्तिकै प्रभावकारी कदम अर्को पनि हुन सक्छ, हरेक चलचित्र निर्माण कम्पनीले निर्देशन विभागमा निर्देशकका सहायकका रूपमा महिला सहायक निर्देशक राख्ने पद्धति बनाउनु।

यसरी बनाएमा ती महिलाबाट निर्देशकले वा दृश्यांकनमा समन्विति वा सहभागिता सम्मानपूर्वक पाउन सक्छन्। भेषभूषा, केशविन्यास, साज सजावटलगायत रंग संयोजनमा समेत उल्लेखनीय सहभागिता पर्दामा हुन सक्छ। नेपाली चलचित्र बन्न थालेदेखि आजसम्मको परिवेशमा चेतन कार्कीले यो परम्परालाई थाले। तर पनि अरू निर्देशकले न्यून रूपमा पनि यसको पालना गरेको देखिन्न। निजी क्षेत्रका निर्माताले यस पद्धतिलाई गम्भीर रूपमा हेर्न वा सोच्न सकिन्छ।

विषय : ३
चलचित्रको लेखन, निर्देशन, निर्माण छोडेर तेस्रो अत्यन्त प्रभावकारी पक्ष हो, प्रचार। चलचित्र जुनसुकै विचार वा विषयमा बनाइए पनि यसलाई बाहिर प्रदर्शनमा ल्याउने बेलामा गरिने प्रचारले समाजमा शीघ्रतीशीघ्र प्रभाव पार्छ। त्यही प्रभावले समाजमा नयाँ शक्ति समीकरण बनाउँछ। सिनेमा, एउटा सम्मानित दुनियाँको वास्तविक छवि हो, सिनेमाले एउटा काल्पनिकी संसार त अवश्य बनाउँछ साथमा सिनेमा स्वयंमा वास्तविकता हो। यही वास्तविकतालाई सिनेमा रुचि राख्नेले पनि, नराख्नेले पनि आफ्नो अवधारणा बनाउन सक्छ।

जनस्थानमा जाने प्रचार, प्रसार एवं प्रवद्र्धन सामग्रीमा वामा–शक्ति भागी हुन सके। त्यस्ता सामग्रीमा पनि महिलाको गरिमा न घट्ने, समाजलाई कुत्सित नबनाउने सत्कार्य गर्न सकिन्छ। यसले जीवनको गौरव जोगाइराख्न सकिन्छ। पोस्टर, क्यासेटको ज्याकेट, टीभी वा पत्रपत्रिकाका निम्ति बन्ने प्रकाश्य सामग्री वा टिजरअपमा महिलाको सोचबाट नयाँ ढंगबाट न्यायपूर्ण काम हुन सक्छ।

विषय : ४
सिनेमा मनोरञ्जनको माध्यम भए पनि यो शिक्षाको जग पनि हो। तर, सिनेमा हेर्नुअघि नै जनसाधारणमा सिनेमा हेर्ने चेतना वा शिक्षा हुन जरुरी छ। सिनेमा के लागि बनाउनेभन्दा पनि केका लागि के हेर्ने भन्ने ज्ञान वा विवेक हुन जरुरी छ। सिनेमा महिलाका निम्ति के–के कारण शिक्षा हुन सक्छ ? दर्शकका रूपमा बुझ्न जरुरी छ। यसका लागि सिनेमालाई पाठ्यपुस्तकमा राख्न जरुरी छ। तर यो हाम्रो जनजीवन, भावभूमि र परिवेशमा आधारित हुन जरुरी छ।

यस खण्डलाई हामीले सन् १९७८ को युनेस्कोको मिडिया शिक्षा साधारण पाठ्यसामग्रीको प्रस्तावना हेर्ने हो भने स्पष्ट हुन सक्छ : ‘सिनेमा वा शिक्षा, एक खाद्य पदार्थ नभइकन यो एउटा मानसिक उपलब्धि हो। यो सबै ठाउँमा एउटै स्वादमा नजान सक्छ।’ युनेस्को यो प्रतिवेदन राम्रो भइकन पनि सकारात्मक भएन किनकि युनेस्कोको गतिविधि र सक्रियता पश्चिमी मुलुकको अनुभव र औद्योगिक राष्ट्रको उपलब्धिका आधारमा हुने हुनाले पूर्वीय मुलुकमा यसको ठीक उल्टो प्रभाव पर्न गयो।

सिनेमा–शिक्षा यसकारण असफल हुन पुग्यो। यसलाई वैज्ञानिक वा शिष्ट तरिकामा लाने हो भने यसबाट अझै महिला चलचित्रकर्मी लाभान्वित हुन सक्छन्। सिने–शिक्षा स्कूली माध्यमबाट नभइकन रोजेरियन पद्धतिमा जान सके सिनेमा सिधै महिलाको रुचिको विषय बन्न सक्छ। सिनेमा हेरेपछि त्यसमा अन्तरक्रिया वा छलफल गरेर निम्न विषयमा स्त्री विषयक खोजखनिज गर्न सकिन्छ :
सिनेमा हेर्ने, सिनेमामा के छ, के छैन सामूहिक छलफल गर्ने, हेरिएको सिनेमाको जनजीवनमा प्रभाव हेर्ने र त्यसको वस्तुपरक मूल्यांकन गरेर महिलालाई अभिप्रेरित गर्ने।

अन्त्यमा, प्रतिबद्धता जरुरी छ। चार विषयमा गरिएको यो छलफलले एउटा राम्रो निष्कर्ष दिन सक्छ, चलचित्रकर्मी महिला सशक्तीकरणका लागि। हामी आफ्नो छलफल र अन्तरक्रियामा उठेका कुरामा जिम्मेवार हुन जरुरी छ। हामी अरूलाई आफ्नो भू–यथार्थको व्याख्या गर्न लालायित नगरौं।

प्रक्रिया
- सिनेमा हुनुको यथार्थ हो तर यसमा नहुनुका सत्यता धेरै छन्। यसमा आममान्छे रुचि पैदा गर्न सक्ने क्षमता हुन जरुरी छ। त्यसका निम्ति विविध शैलीका नयाँ धारणा र नयाँ प्रविधिमा यो सन्निकट हुन जरुरी छ। 
- रुचि र रहरका आधारमा महिलावर्ग आकर्षित हुने क्षेत्रमा सिनेमाको प्रविष्टि हुन जरुरी छ। त्यो चाहे सुन्दरी प्रतियोगिता होस् वा अन्य सामाजिक संघसंस्था।
- श्रव्यदृश्य माध्यम विशेषत: टेलिभिजनबाट रूपसारमा ध्यानपूर्वक जान जरुरी छ।

प्रणालीगत रूपमा सिनेमा र समाजको सम्बन्धले केही अर्थ राख्छ। तर पनि यसलाई गुण र दोषका आधारमा मात्र हेरिने दृष्टिकोण फेरिनुपर्छ।

अपेक्षा
- हामीले यसबाट सिनेमाका अरू सम्भावनाका मार्ग प्रशस्त गर्न सक्छौं वा यसैकै कारण शक्तिमा आर्थिक रूपान्तरण हुन सक्छ।
- सिनेमाले धेरैको जीवन र गति बदल्न सक्छ। हामीलाई यो पनि थाहा छ कि सिनेमाका निम्ति हामीले बाटो बदल्न सक्यौं भने स्वाभावत: सिनेमा पनि बदल्न सक्छ। भनिन्छ, राइट लिभिङ एट राइट टाइम। त्यसैको प्रतीक्षामा नेपालीय सिनेमाले खोजेको परिवर्तन महिला चलचित्रकर्मीबाट भएमा दक्षिण एसियाली भूखण्डमा राम्रो सन्देश जान सक्छ।

कमेन्ट गर्नुहोस्