वेलिंगटनः न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले आफ्नो विहे रद्द गरेकी छन्। कोभिड-१९ विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेसँगै प्रधानमन्त्री आर्डेनले आफ्नो बिहेसमेत रद्द गरेकी हुन्।
प्रधानमन्त्री आर्डेनले संकटको समयमा आफुले सर्बसाधारणको साथ दिने र जनताभन्दा आफू फरक नभएको भन्दै आइतबार आफ्नो विहे रद्द गरेको जानकारी दिएकी हुन्। जेसिन्डाले आफ्ना प्रेमी क्लेर्क गेफर्डसँग जनवरी महिनामा विहे गर्ने योजना बनाएकी थिइन्।
देशमा ओमिक्रोन भेरियन्ट बढेपछि न्युजिल्याण्डले आइतबार साँझदेखि लागू हुनेगरी नयाँ प्रतिबन्ध घोषणा गरेको हो। नयाँ प्रतिबन्धअनुसार कुनै पनि कार्यक्रम एवं सार्वजनिक स्थलमा १ सयभन्दा बढी मानिस (खोप लगाएका) भेला हुन नपाइने, सभा सम्मेलन र सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउनुपर्ने छ। न्युजिल्यान्डमा पछिल्लो २४ घण्टामा १५ हजार नयाँ संक्रमित थपिएका छन् भने ५२ मानिसको मृत्यु भएको छ।
कमेन्ट गर्नुहोस्