काठमाडौँ : २० औं संस्करणको आहा रारा गोल्डकपमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र मनाङ मस्याङ्दी क्लब उपाधिकालागी पोखरा रंगशालमा शनिबार भिड्दै छन्। आहा रारा गोल्डकपमा ६ पटक च्याम्पियन बनीसकेको मनाङसंग १४ वर्षपछि फाइनलमा पुगेको एपीएफ पहिलो पटक उपाधी जितेर इतिहास रच्ने दाउँमा छ।
नेपाल पुलिस क्लबसंग बराबरी ६ पटक च्याम्पियन रहेको मनाङ सातौं पटक च्याम्पियन बनेर आहा रारा गोल्डकपमा सर्वाधिक उपाधि विजेताको ताज पहिरने रेकर्ड कायम गर्न आतुर छ। यसको छिनो फानो भने शनिबार दुबै टोलीका खेलाडीले गर्ने प्रदर्शनमा निर्भर रहने छ।
पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका प्रशिक्षक र टिम कप्तानले आआप्नो दाबेदारी प्रस्तुत गरे। पत्रकार सम्मेलनबा बेल्दै एपीएफका प्रशिक्षक कुमार थापाले आप्नो खेलाडीले एक पछि अर्को खेलमा सुधार गर्दै आएको र आहा रारा गोल्डकपमा पनि तीन खेल जितेर फाइनलमा पुगेकोले पहिलो पटक उपाधि जितेर इतिहास रच्ने दाबी गरे। कठिन परिस्थितिमा जसरी आयोजक सहारा क्लबले कडा मेहनत गरेर प्रतियोगिताको आयोजना गरेको छ उसै गरि मेहनत गरेर आप्नो टिमले उपधि जित्ने प्रशिक्षक थापाले सुनाए। आप्नो खेलाडी सबै उतिकै मेहनती र अब्बल रहेकोले पनि जित आप्नै टिमको हुने उनले बताए।
मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले पनि एपीएफका प्रशिक्षकको भनाइलाई पुष्टि हुने गरी एपीएफका खेलाडीले एक पछि अर्को खेलमा सुधार ल्याउँदै गएकोले आप्नो टिमलाई राम्रो प्रदर्शन गर्न दवाब रहेको बताए। हाम्रो खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेकोले शनिबार उपाधि जित्ने गरी तयारीमा रहेको पनि उनले सुनाए।
मनाङका कप्तान विमल रानाले आप्नो होम मैदानमा पुन जित निकाल्दै सर्वाधिक च्याम्पियन बन्ने गरी मैदानमा उत्रने सुनाए। एपीएफ राम्रो टिम रहेको र त्यसै अनुसार आफुहरु पनि तयारी रहेको उनले बताए। आफु कप्तान हुँदा ट्रफी उचालेर नयाँ रेकर्ड कायम गर्न आफु आतुर रहेको पनि उनले सुनाए। बिहीबार आर्मी संगको खेलको सुरुकै ९ मिनेटमा पाएको पेनाल्टी मिसले दवाबमा त हुनुहुन्न नि भन्ने पत्रकारकार जिज्ञाशामा रानाले दबाव होइन आफुलाई अझै राम्रो प्रदर्शन गर्न प्रेर्णा मिलेको बताए। आप्नो टिमका ४ खेलाडी राष्ट्रिय टिममा पर्दा र धेरै सिनियर खेलाडीले छाडेर नयाँ खेलाडी प्रवेश गर्दा टिम सन्तुलामा आउन केही समय लागे पनि पछिल्लो समयमा टिम सेट हुँदै गएको उनले बताए।
एपीएफका कप्तान नविन लामाले आप्नो सानै देखिको चाहाना आहा रारा गोल्डकपमा खेल्ने रहेको सम्झदै आप्नो टिमकालागि पहिलो पटक उपाधि जितेर इतिहास रच्ने आप्नो सपना पुरा गर्ने अवसरको रुपमा फाइनल खेललाई लिएको बताए। यसै अनुसार आप्नो टिमले रणनिती बनाएर मैदानमा उत्रने उनले बताए। १४ वर्ष पछि फाइनलमा पुगेर पाएको उपाधि जित्ने अवसरलाई पुरा गर्नु नै आप्नो लक्ष्य रहने पनि उनले दोहेयाए।
एपीएफ उद्घाटन खेलमा आयोजक सहारालाई २–०, क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा अमेरिकालाई ३–१ र सेमिफाइनलमा मछेन्द्र क्लबलाई ३–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो। यता मनाङ दुई खेल खेलेर फाइनल यात्रा तय गरेको हो। मनाङले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै सेमिफाइनल र आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै १२ औं पटक फाइनलमा प्रवेश गरेको हो।
सहारा क्लब पोखराको आयोजनामा जारी २० औं संस्करणको आहा रारा गोल्डकपमा एक विदेशी सहित १० टिमको सहभागीता रहेको थियो। प्रतियोगितामा विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छन्।
कमेन्ट गर्नुहोस्