प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आगामी २६ माघको दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार सूचना निकालेर जानकारी दिएका छन् ।
कोरोना संक्रमणको जोखिम यथावत रहेकाले बैठक स्थगित गर्नुपरेको सचिवालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्