काठमाडौँ — ९४ औं ओस्कर अवार्ड मनोनयनमा 'द पावर अफ दि डग'ले १२ विधामा आफ्नो कब्जा जमाउन सफल भएको छ। जेन च्याम्पियनले यही फिल्ममार्फत दुईपटक निर्देशकको मनोनयनमा पर्ने महिला निर्देशकको इतिहास रचेकी छिन् ।
यसअघि उनको निर्देशनमा बनेको फिल्म 'द पाइनो' निर्देशनतर्फको मनोनयनमा पर्न सफल भएको थियो। निर्देशक स्टिभन स्पिलबर्गले पनि नयाँ रेकर्ड राख्न सफल भएका छन्।
उनी निर्देशित 'वेस्ट साइड स्टोरी'ले ७ विधामा आफ्नो उपस्थिति जनाएको छ । 'वेस्ट साइड स्टोरी'सहित उनले निर्माण गरेको ११ फिल्म ओस्कारमा उत्कृष्ट फिल्मतर्फ मनोनयनमा परेको रेकर्ड बनाएको छ । डेन्जल वासिङटनले भने सबैभन्दा बढी ओस्कार मनोनयनमा पर्ने अश्वेत कलाकारको रेकर्ड बनाए । उनी यसपटक 'द ट्राजेडी अफ म्याकबेथ'बाट मनोनयनमा परेका छन् । भुटानको फिल्म 'लुवाना : द याक इन्द द क्लासरुम' भने अन्तरार्ष्ट्रिय फिल्मको विधामा आफ्नो स्थान बनाएको छ । मार्च २७ मा आयोजना हुने ओस्कार अवार्डको पूरा सूची :
उत्कृष्ट फिल्म
- बेलफास्ट
- कोडा
- डोन्ट लुक अप
- डन
- ड्राइभ माइ कार
- किङ रिचर्ड
- लिकरिस पिज्जा
- नाइटमेर एले
- द पावर अफ द डग
- वेस्ट साइड स्टोरी
उत्कृष्ट निर्देशन
- केनेथ ब्राना (बेलफास्ट)
- रुयुस्क हामागुची (ड्राइभ माइ कार)
- पल थोमस एन्ड्रसन (लिकरस पिज्जा)
- जेन क्याम्पियन (द पावर अफ द डग)
- स्टिभन स्पिलबर्ग (वेस्ट साइड स्टोरी)
उत्कृष्ट अभिनेता
- हावियर बर्डेम (बिइङ द रिकर्डोस)
- बेनिडिक्ट कम्बरब्याच (द पावर अफ द डग)
- एन्ड्रु गारफिल्ड (टिकटिक बुम!)
- विल स्मिथ (किङ रिचर्ड)
- डेन्जेल वासिङटन (द ट्राजेडी अफ म्याकबेथ)
उत्कृष्ट अभिनेत्री
- जेसिका च्यास्टेन (द आइज अफ टेमी फे)
- अलिभिया कोलम्यान(द लस्ट डटर)
- पेनेलोप क्रुज (प्यारलल् मदर्स)
- निकोल किड्म्यान (बिइङ द रिकर्डोस्)
- क्रिस्टिन स्टेवर्ट (स्पेन्सर)
उत्कृष्ट सह-अभिनेत्री
- जेसी बक्ली (द लस्ट डटर)
- आरिया डिबोज (वेस्ट साइड स्टोरी)
- जुडी डेन्च (बेलफास्ट)
- क्रिस्टिन डन्स्ट (द पावर अफ द डग)
- अजन्यु एलिस (किङ रिचर्ड)
उत्कृष्ट सह-अभिनेता
- करिन हाइन्डस (बेलफास्ट)
- ट्रोइ कट्सर (कोडा)
- जेसी प्लेमन्स (द पावर अफ द डग)
- जे.के सिमन्स (बिइङ द रिकर्डोस्)
- कोडी स्मिथ-म्याकफी (द पावर अफ द डग)
उत्कृष्ट एनिमेटेड सर्ट फिल्म
- अफेयर्स अफ दि आर्ट
- बेस्टिया
- बक्सब्याले
- रोबिन रोबिन
- द विन्डसिल्ड वाइपर
उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म
- आला काछु – टेक एण्ड रन
- द ड्रेस
- द लङ गुडबाइ
- अन माइ माइन्ड
- प्लिज होल्ड
फिल्म सम्पादन
- डन्ट लुकअप
- डन
- किङ रिचर्ड
- द पावर अफ द डग
- टिकटिक बुम !
उत्कृष्ट एनिमेटेड फिचर फिल्म
- इन्कान्टो
- फ्ली
- लुका
- द मिचेल्स भर्सेस द मेसिन्स
- राया एण्ड द लास्ट ड्र्यागन
ओरिजनल गीत
- बी अलाइभ (किङ रिचर्ड)
- डोस ओरोगितस (इन्कान्टो)
- डाउन टु जोय (बेल फास्ट)
- नो टाइम टु डाइ (नो टाइम टु डाइ)
- समहाउ यु डु (फोर गुड डेज)
उत्कृष्ट डकुमेन्ट्री सर्ट सब्जेक्ट अडिबल
- लिड मि होम
- क्वीन अफ बास्केटबल
- थ्री सङ्गस फोर बेनजिर
- ह्वेन वि वेयर बुलिज
उत्कृष्ट डकुमेन्ट्री फिचर
- असेन्सन
- एटिका
- फ्ली
- मर अफ सोल
- राइटिङ विथ फायर
सिनिम्याटोग्राफी
- डन
- नाइटमेर एले
- द पावर अफ द डग
- द ट्राजेडी अफ म्याकबेथ
- वेस्ट साइड स्टोरी
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म
- ड्राइभ माइ कार (जापन)
- फ्ली (डेनमार्क)
- द ह्यान्ड अफ गड (इटाली)
- लुवाना : द याक इन्द द क्लासरुम (भुटान)
- द वर्स्ट पर्सन इन्द द वर्ल्ड (नर्वे)
कमेन्ट गर्नुहोस्