Wednesday, March 11 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

म्युजिक भिडियोमा फिल्मी कथा

म्युजिक भिडियोमा फिल्मी कथा

काठमाडौँ — 'यो राजकोट दरबार हो । महाराज बलदेव सिंह यस दरबारका राजा हुन् । स्वभावले हठी, व्यवहारले सरल, अनि रमाइला प्रवृतिका महाराजा बलदेव सिंह एक युगले जन्माएका युग पुरुष हुन् । महारानी यसोधाको मृत्युपश्चात राजकुमार राजदेवको पालन-पोषण गर्दै आएका महाराजको एक अर्को सम्बन्ध पनि छ । दरबारकी नचनिया विष्णा वादी र महाराज बलदेव सिंहबीचको प्रेम सम्बन्ध प्रगाढ छ….।'

'डिसक्लेमर'सहितको न्यारेसनपछि भिडियोमा बलदेव र विष्णाको प्रेम देखाइन्छ ।जात प्रथा कायम रहेको राज्यमा लुकेर प्रेम गर्ने उनीहरु दुई मात्र हुँदैनन् । राजकुमार राजदेव र विष्णाकी भदैनी रायमतिबीच पनि बाल्यकालदेखि नै प्रेम अंकुराउन थालेको हुन्छ ।त्यसपछि राजदेवको २५ औं जन्मोत्सवको रोमाञ्चक माहोल देखाइन्छ, जसमा विष्णा र रायमतिले नृत्य प्रस्तुत गर्छन् । करिब २ मिनेटको कथावाचनसँगै भिडियोमा सुरु हुन्छ-'हजुर मुसुक्कै' ।

सुरेश अधिकारीको शब्द तथा संगीतमा गायक कृष्ण विक र गायिका रचना रिमालले स्वर दिएको यस गीतको भिडियो १५ मिनेट ६ सेकेन्ड लामो छ । प्रस्तुत गरिएका कथा, पटकथा अनि संवादले त गीत झट्ट हेर्दा फिल्म हेरेझैं लाग्न सक्छ । राजेश हमाल, निरुता सिंहजस्ता 'स्टार' कलाकारको अभिनय, त्यसैमाथि क्लाइमेक्स र सन्देश हालेपछि कुनै फिचर फिल्मभन्दा फरक लाग्दैन- 'हजुर मुसुक्कै' ।

'हजुर मुसुक्कै' मात्र होइन पछिल्लो समय कथा, पटकथा, संवादसहितको गीत निकाल्ने ट्रेन्ड नै बनेको छ । यो ट्रेन्डलाई पछ्याएका थुप्रै गीतहरु हिट बनेका छन् । अचेत गीतमा कथा देखाउनु त अनिवार्यजस्तै बनेको छ ।

'हजुर मुसुक्कै'त प्रतिनिधि गीत मात्र हो ।तीन महिनाअघि मात्रै गायक पशुपति शर्मा र लक्ष्मी मल्लको आवाजमा सार्वजनिक भएको 'दोहोरीको राजा' अर्को उदाहरण हो । १७९२ सालतिरको पर्वत राज्यको कल्पना गर्दै प्रतापी राजाको उपस्थितिमा राजकुमारी सकुनमालाका लागि वर छान्ने कथा गीतमा समेटिएको छ । राजकुमारीसँग दोहोरीमा जित्ने राजकुमारलाई सकुनमालाको वर हुने घोषणा गरिन्छ । राजाले दोहोरीमा हार्ने राजकुमार घरज्वाइँ बस्नुपर्ने सर्त राखेपछि उपस्थित सबै राजकुमार पछाडि सर्छन् । फिल्मी शैलीमा प्रवेश गरेका अछामी राजकुमार भने राजकुमारीसँग दोहोरी खेल्न अगाडि सर्छन् । झन्डै ५ मिनेट लामो न्यारेसन,संवादसँगै सुरु हुने यो गीत २१ मिनेट ५८ सेकेन्ड लामो छ ।

'कर्कलो कोक्क्याउला'(१२ मिनेट २६ सेकेण्ड), 'बाफ'(११ मिनेट ५७ सेकेण्ड), 'कुरा बुझ्नपर्छ'(१० मिनेट ३०),'फुटेका चुराले'(१४ मिनेट १७ सेकेण्ड) लगायतका थुप्रै गीत यो ट्रेन्डलाई पच्छाउँदै बजारमा आएका हुन् । 

गीतमार्फत् कथा भन्नु गलत नभएको स‌ंगीत सर्जकहरु बताउँछन् । उनीहरुका अनुसार गीतले भन्न नसकेका कुरालाई दृश्यमार्फत देखाउनु कलात्मक अभ्यास पनि हो । तर, गीतको लम्बाइ बढाउनकै लागि जबरजस्ती घुसाइएका कथाले भने खास अर्थ नराख्ने उनीहरुको मत छ । 

कथा राख्नैपर्छ भन्ने मान्यताले कलाकार अनि छायांकनमा लाखौं खर्चिएका गीत उस्तै मिहेनतमा मिठासपूर्ण बने त ? हेर्ने भिडियोको समय छोटिँदै गएको समयमा अनावश्यक कथा जोडेर तन्काएका म्युजिक भिडियोले दर्शकलाई कतिबेर बाँधेर राख्छ ? सर्जकहरुलाई यस्ता प्रश्नहरु भने आउने गरेका छन् । कतिपयले सर्जकहरुलाई सोध्छन्,'गीतमा फिल्मी कथा मिसाउने भए सर्ट फिल्म बनाए भइहाल्यो नि?' 

'हजुर मुसुक्कै'का निर्देशक जी.बी आग्री छुवाछूतको सन्देशलाई गीतमार्फत भन्न खोज्दा गीतमा फिल्मी कथा जोडिएको बताउँछन् । 'सन्देश दिने क्रममा भिडियो लम्बियो । धेरै दर्शकले फिल्म हेरेजस्तै लाग्यो भनेर प्रतिक्रिया दिनुभएको छ । मैले गीतलाई म्युजिकल फिल्म बनाएको हो,' जीबीले भने, 'अहिले मानिससँग भिडियो हेर्ने समय हुँदैन । तर मैले छोटो समयमै सन्देश दिन गीत बनाएँ । फिल्म बनाएको भए डेढ घण्टा लाग्थ्यो होला । गीतले दिएको सन्देशलाई धेरैले तारिफ गरेका छन् । मेरो चाहना समाज रुपान्तरण होस् भन्ने थियो ।'

खासमा यो कथा उनले फिल्मका लागि सोचेका थिए । तीन वर्षअघि नै यो कन्सेप्ट उनको दिमागमा आएको थियो ।त्यही फिल्मको कथालाई गीतमा मिसाइदिँदा भिडियोका लागि ३५ लाख खर्च भएको उनी दाबी गर्छन् ।

'गीतमा लगभग ३५ लाख खर्च भयो । मेरो कथा आफैंमा राम्रो थियो । गीत पनि राम्रै थियो । फिल्म नै बनाउँछु भन्ने थिएन । खर्च उठाउने चक्करमा यो भिडियो बनाएका होइनौं,' उनले भने, 'सामान्य व्यक्तिले यस्तो कुरा उठाइदिँदा खासै महत्त्व हुँदैन । तर स्टारकास्टले धेरैमा प्रभाव पर्छ । मैले सानो क्यानभासमा ठूलो विषय पस्किँदा अझ बढी प्रभावकारी देखिन्छ । त्यसैले मैले फिल्मभन्दा म्युजिक भिडियो नै बनाउने सोचेँ ।' 

गीत सुन्नका लागि बनाइन्छ । तर प्रविधिको विकाससँगै गीत श्रव्यदृश्यको माध्यममा आयो । श्रव्यदृश्यलाई बलियो बनाउन पनि गीतमा कथा मिसाउन सुरु भएको गायक प्रकाश सपुत बताउँछन् ।

'गीत आफैंमा पूर्ण हुनुपर्छ भन्ने कुरामा मान्यता राख्छु म । पहिला-पहिला म्युजिक भिडियो नहुँदा, अडियोमै गीत सुन्दा कथा बुझ्थे दर्शक । तर हेर्ने माध्यम टेलिभिजन र युट्युबमा श्रव्यदृश्य सँगसँगै आउने भएपछि दृश्यलाई पनि उत्तिकै सशक्त बनाउनुपर्छ भन्ने भयो,' उनी भन्छन्, 'चक्का बेच्ने चलन, सीआरबीटी हराइसकेको बेलामा मैले संगीतमा प्रवेश गरें । मानिसहरुले टेलिभिजन र युट्युबतिर अलि बढी ध्यान दिएको जस्तो लाग्यो । त्यसपछि मैले गीतलाई दृश्यमा पनि बलियो ढंगबाट प्रस्तुत गरौं न भनेर कथा भन्न थालें । गीतबाट कथा पनि भन्न सकिन्छ है भन्ने हिसाबमा प्लेटफर्म पनि पायौं ।' 

म्युजिक भिडियोका व्यस्त निर्देशक शान थापाको भनाइ पनि उस्तै छ । 'गीत सुन्ने थुप्रै डिजिटल प्लेटफर्म छन् । त्यस्ता प्लेटफर्ममा गीत सुन्ने दर्शक/स्रोताले युट्युबमा गीत सुन्दै सुन्दैनन् । तर नेपालमा त्यस किसिमको अडियो प्लेटफर्म छैन । हामी कहाँ त युट्युब छ । युट्युबमा अडियो भिडियोमै गीत आउँछ । त्यसैले कथा राखेर भिडियो बनाउने प्रचलन छ,' थापाले भने, 'भिडियोको समय बढाउनका लागि गीत दोहोर्‍याएर राख्ने पनि गरिन्छ, त्यो मलाई सही लाग्दैन ।'

प्रकाश थप्छन्, 'अहिले पनि अडियोको सशक्त माध्यम भइदिएको भए, चक्काहरु प्रशस्त मात्रमा बिक्ने भएको भए यति धेरै भिडियोहरु बन्थेन होलान् । यति धेरै भिडियो नबनेको भए गीतमा गञ्जागोल रुपमा कथा मिसाउने काम हुन्थेन होला ।'

कथा भन्ने हुटहुटी कि पैसा कमाउने मेलो ?

गायक प्रकाश सपुतले कथा, संवादसहितको म्युजिक भिडियो सार्वजनिक गरेपछि प्राय: लोक गीतमा व्यापक रुपमा यो ट्रेन्ड नै चल्न थाल्यो ।'बोल माया', 'गलबन्दी', 'र्‍याप ब्याटल'लगायतका गीतहरुमा उनले संवाद, कथा, पटकथाको प्रयोग गरे । लाखौं भ्युज प्राप्त उक्त गीतलाई दर्शकले रुचाइदिएपछि प्रकाशलाई पछ्याउँदै दोहोरी, र्‍यापमा कथा राख्ने ट्रेन्ड नै आयो । कथा भन्ने हुटहुटीकै कारण आफूले गीतमा संवाद, कथा मिसाएको प्रकाश बताउँछन् । पछिल्लो समय कथा मात्र नभइ व्यावसायिक लोभका लागि धैरेले यो ट्रेन्डलाई पछ्याएको प्रकाशको भनाइ छ ।

उनीभन्दा अघि पनि नेपाली म्युजिक भिडियोमा कथा नै नभनिएको भने होइन । तर, युट्युबको प्रचलन नभएको त्यो समयमा टेलिभिजनकै भर पर्नुपर्ने हुँदा कथा नै भनिए पनि गीतको समयमा त्यो सकिन्थ्यो ।

'८ मिनेटभन्दा लामो भिडयो बनायो भने रेभेन्यु राम्रो आउला भन्ने लोभ होला कसैलाई । तर गीतमात्रै बजाए पुग्ने, कथा नराख्दा पनि हुने गीतमा जबरजस्ती कथा मिसाउँदा गीतलाई नै झन् खल्लो बनाइदिन्छ । कथाले भन्न खोजेको एकतिर अनि गीतले भन्न खोजेको अर्कोतिर हुँदा नमज्जा हुनसक्छ,' प्रकाशले भने, 'कतिले नाम राख्ने, मेकिङ भिडियो राखेर लम्बाइ बढाइरहेका हुन्छन् । यसरी गर्दा भिडियो धेरैले हेर्दा रहेछन् भन्ने भयो होला । भिडियोकै माध्यमबाट दर्शकसमक्ष गीत पुर्‍याउनुपर्ने भएकाले कथा मिसाउनु स्वभाविक हो जस्तो लाग्छ ।' 

गीतमा कथा, पटकथा अनिवार्य बन्दै जाँदा दर्शक एउटै फ्लेभरका गीतले वाक्क भइसकेको निर्देशक निकेश खड्का बताउँछन् । 'भिडियोले पनि गीतलाई उठाउँछ भन्ने ट्रेन्ड आएपछि दर्शकलाई बाधौं भनेर यस्तो भिडियो बनाउने सुरु भएको हो । अलिअलि निस्कँदा त ठीकै थियो तर अब राख्नैपर्छ, हुनैपर्छ भनेर आयो । अहिले त दर्शकमा गीत हेर्दा कथा भन्दा पहिला गीत नै आइदिए हुन्थ्यो भन्ने मनसाय पैदा भइसक्यो,' उनले भने, 'हुन त कथा राखेर गीत बनाउने प्रचलनमै थियो । तर बीचमा युट्युबले ८ मिनेट लामो भिडियोलाई राम्रो पैसा दिन थाल्यो । त्यसैले पनि भिडियो ८ मिनेट बनाउनुपर्छ भन्ने मान्यताको विकास भयो ।' 

अचेल गीत अफर गर्नेहरुले निर्देशक खड्कालाई सीधै भन्छन्, 'गीत ५ मिनेट लामो बनाउनुपर्छ है' ।निर्देशक आफैंलाई कथा राख्ने मन हुँदा यस किसिमको गीत बन्ने गरेको निकेशको अनुभव छ । केही समय अगाडि सार्वजनिक भएको 'तिम्रो मन बदलिएछ' बोलको गीतलाई उनले फिल्मी शैलीमा बनाएका थिए । 'कतिपय समय निर्देशक आफैंलाई पनि कथा भन्न मन लाग्छ नि । गीतमा सुरुको ओपनिङ भिडियो लामो छैन । तर ४ मिनेटभित्र मैले त्यो कथालाई अटाउनै सकिनँ । कथामा गीतको शब्दअनुसार जानुपर्छ । त्यसैले मैले फिल्मी शैलीमा भिडियो बनाएँ,' उनले आफ्नो अनुभव सुनाए, 'फिल्मी शैलीमा बनेका केही भिडियोहरु चलिसकेपछि यो ट्रेन्ड पच्छ्याउन थालेका हुन् । अहिले धेरै संवाद, कथा राख्ने काम भइरहेको छैन । मुख्य त अडियो नै हो भन्ने बुझिसकेका छन् । तर ९५ प्रतिशतले रेभेन्युकै लागि यो ट्रेन्ड पच्छाइरहेका छन् ।' 

निर्देशक रामजी लामिछाने कथा भन्न र पैसा कमाउनकै लागि यस्तो भिडियो छ्यापछ्याप्ती बन्न थालेको बताउँछन् । 'अहिले युट्युब जुन हिसाबले रेभेन्यु दिन्छ त्यसका लागि भिडियो लामो बनाइने गरेको हो जस्तो लाग्छ । स्टोरी टेलिङ पनि हो अर्को कारण । मकहाँ आउनेहरु सुरुमै ८ मिनेटको गीत बनाइदिनुस् भन्छन् । ८५ पतिशतले कमाउनै लागि यसरी गीतमा कथा मिसाउन थालेका हुन्,' उनले सुनाए । 

निर्देशक शान यस किसिमको गीतलाई 'म्युजिकल फिल्म'को रुपमा प्रचार गर्नुपर्ने बताउँछन् । 'पाँच मिनेटको कथा रहेको गीतका सर्जकहरुले त्यसलाई म्युजिक भिडियोभन्दा पनि म्युजिकल फिल्मको रुपमा प्रमोट गरिदिनुपर्‍यो । त्यस्तो गरियो भने गीत सुन्न बसेका दर्शक संवाद सुनेर वाक्क हुँदैनन् । गीतसँगै सर्ट फिल्म पनि आउँछ भन्ने कुरा दिमागमा राखुसकेको हुन्छ नि,' उनले भने, 'केहीका लागि म्युजिक भिडियो व्यवसाय हो । त्यसैले भिडियोको लम्बाइ बढाएर कमाउने उद्देश्यले कथा राख्ने गरेको जस्तो लाग्छ ।'

 

'हजुर मुसुक्कै' होस या 'दोहोरीको राजा' पछिल्लो समय दरबारको कथाहरु यस्ता गीतहरुमा देखिन थालेका छन् । ‍प्रकाशको 'फुटेका चुरा'देखि युट्युबमा सार्वजनिक भएका गीतहरु हेर्ने हो भने पहिरन मात्रै होइन दरबारिया भाषामै गीतहरु बन्न थालेको देखिन्छ । 'मैसाब', 'गलबन्दी लिइस्यो'लगायतका गीत पछिल्लो उदाहरण हुन् । गीतमा किन राजाहरुको शैली देखाउन खोजिएको हो त? जीबी आग्रीको जवाफ छ,' त्योबेला राजाले भनेका कुरा नै लागू हुन्थ्यो रे । त्यतिबेला राजाले चाहेको बेला धेरै कुरा हुनसक्थ्यो । यतिका वर्षपछि पनि हामीले जातीय छुवाछूतका विषयलाई हटाउन सकेका रहेनछौं । त्यस किसिमको विषय उठाउने राजा किन जन्मेन त ? त्यही प्रश्नको उत्तरमा मैले काल्पनिक राजा खडा गरें ।' 

नयाँ काम गर्ने रहरमै 'फुटेका चुरा'मा दरबारको कथा भनिएको प्रकाश सुनाउँछन् । 'मलाई एउटै काम गर्न मन लाग्दैन । केही नयाँ गरौं भन्ने सोचले नै त्यसमा दरबारको कथा जोडियो,' उनले भने ।

कमेन्ट गर्नुहोस्