काठमाडौं: टी-२० विश्वकप छनोका लागि ओमान गएका नेपाली टोली स्वेदश फर्किएको छ। अष्ट्रेलियामा हुने विश्वकप छनोटमा नपरे पनि तेस्रो स्थान हासिल गर्दै नेपाली टोली स्वदेश फर्किएको हो।
नेपाली टोलीलाई क्यानका पदाधिकारीले स्वागत गरेका थिए। बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो।
सेमिफाइनलमा पराजित भएपछि नेपालको अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो। सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो। छनोटको उपाधि युएईले जितेको थियो।
कमेन्ट गर्नुहोस्