काठमाडौं: नेपालमा थप १५५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ५१५२ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ५४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या घटेर ८,८३९ पुगेको छ। त्यस्तै देशभरि थप १ लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
कमेन्ट गर्नुहोस्