म्याड्रिड — रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्न अगाडि त्यसको तयारीका रूपमा स्पेनी ला लिगामा शनिबार रियल सोसिडाडलाई ४–१ ले हराएको छ । यो जितपछि रियलले शीर्ष स्थानमा आठ अंकको अग्रता खोलेको छ ।
सान्टियागो बर्नाबाउमा भएको खेलमा रियल एक गोलले पछाडि रहेको स्थितिबाट खेलमा फर्केको हो । रियलका लागि एडुवार्डो कामाभिन्गा र लुका मोडरिचले एक एक गोल गरेपछि करिम बेन्जेमाले दुई गोल थपे ।
सोसिडाडले मार्को एसेन्सियाको गोलले अग्रता लिएको थियो । युरोपेली च्याम्पियन्स लिगमा रियल पीएसजविरुद्ध अन्तिम १६ को पहिलो लेगको खेलमा एक गोलले पछाडि छ ।
लिगको शनिबार भएका अन्य खेलमा ओसासुनाले भिल्लारियललाई १–०, इस्पनयोलले गेटाफेलाई २–० र भ्यालेन्सियाले ग्रेनेडालाई ३–१ ले हरायो ।
कमेन्ट गर्नुहोस्