Wednesday, March 11 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

सांगीतिक कथाले राजनीतिक ‘पिर’

सांगीतिक कथाले राजनीतिक ‘पिर’

काठमाडौँ — गायक प्रकाश सपुतको नयाँ गीतले सशस्त्र द्वन्द्व, फेरिएको व्यवस्था र नफेरिएको अवस्थाबारे व्यापक बहस सिर्जना गराएको छ । गीतले ‘जनयुद्ध’ का लडाकुको अपमान गरेको भन्दै माओवादी नेता–कार्यकर्ताले आक्रोश पोखेका छन् । चार भ्रातृ संगठनले विज्ञप्ति नै जारी गरेर युट्युबबाटै भिडियो हटाउन र सार्वजनिक माफी माग्न सर्जकसँग माग गरेका छन् । उता सर्जक सपुतले भने वास्तविक पात्रहरूको जीवन कथा बुनेर गीत र भिडियो बनाएको प्रतिक्रिया दिएका छन् । 

गीतको पक्षविपक्षमा सामाजिक सञ्जालमा चर्को बहस चलिरहेका बेला कान्तिपुरलाई प्रतिक्रिया दिँदै गायक सपुतले हरेक दिन टेलिभिजनका पर्दा र पत्रपत्रिकाका पानामा देखिएका दृश्यलाई गीत/संगीतमा बुन्नु कसरी अस्वाभाविक भयो भनेर प्रश्न गरेका छन् । ‘पिरले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताका लागि सँगै लडेका कमरेडहरूबीच बढ्दै गएको असमान दूरी देखाउन मात्रै खोजेको हो । यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा समीक्षा लेखिँदै/पढिँदै आएको होइन र ?’ उनको प्रश्न छ । 

भिडियोमा देखिएका पात्र काल्पनिक नभएको र पूर्वछापामारलाई आफूले प्रत्यक्ष देखेको र संगत गरेको उनको भनाइ छ । ‘मैले करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने र पस्कनेमध्येका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे,’ सपुतले भने, ‘त्यो समयमा नै मैले यी विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो ।’ ‘सच्चा पात्र’ को अवस्था, स्वभाव, सोचको अध्ययन गरेर गीत रचिएको उनको दाबी छ ।

गीतको मुख्य पात्रका रूपमा गायक सपुत र सुरक्षा पन्त छन् । कलाकार पन्तको अभिनयलाई पनि धेरैले मुक्तकण्ठले सराहना गरेका छन् । त्यस्तै अर्की चर्चामा रहेकी कलाकार हुन् केशु पुन मगर (केशरी) जसले एक पूर्वछापामारको भूमिका खेलेकी छन्, उनी गुजाराका लागि देहव्यापारमा लागेको पात्रका रूपमा भिडियोमा देखिन्छिन् । यो दृश्यलाई माओवादी नेता–कार्यकर्ताले ‘जनयुद्ध’ मा लागेका समग्र महिलाको अपमानका रूपमा अर्थ्याएका छन् । तर, भिडियोमा महिला छापामार हुँदै देहव्यापारमा संलग्न पात्रको भूमिका निर्वाह गरेकी केशरी वास्तविक जीवनमा पनि लडाकु थिइन् । बागलुङ बरेङ गाउँपालिका निवासी केशरी कक्षा ३ पढ्दा नै जनवादी कलाकार बनेर हिँडिन् । उनले आफू ‘जनयुद्ध’ का क्रममा गृहजिल्ला बागलुङदेखि गुल्मीसम्म गीत गाउँदै, जागरण भर्दै हिँडेको अनुभव सुनाइन् । म्युजिक भिडियो सार्वजनिक भएपछि आएका प्रतिक्रियालाई उनले स्वाभाविक रूपमा लिएकी छन् । ‘कसैले राम्रो भनेका छन्, कसैले नराम्रो पनि । तर, खासमा यो भिडियो नेपाली समाजको यथार्थ हो,’ उनले कान्तिपुरसँग भनिन् । 

पूर्वछापामार कलाकार केशरीले यो पात्रका रूपमा प्रकाशले आफूलाई योग्य ठानेकोमै खुसी व्यक्त गरिन् । छापामारका अनेक संघर्षर् देखेकी र भोगेकी उनी गीत र भिडियोले सत्य घटनालाई टपक्क टिपेको मान्छिन् । ‘गीतमा भनिएजस्तो कथाव्यथाहरू हामीले देखेका छौं, सुनेका छौं,’ उनले भनिन् । उनी स्वयम् पनि चिया पसल चलाएर जीवन गुजारा गर्दैछिन् । काठमाडौंको नेपालटारछेउ शेषमती पुलनजिकै उनको पसल छ, उनी कलाकारितामा पनि संघर्षरत छिन् ।

सपुतले भने पूर्वछापामार देहव्यापारमा लागेको दृश्यमा आत्मालोचना गरेका छन् । ‘अलि बढी कोट्याइएको एउटा दृश्य छ, त्यो आत्मसम्मानसँग जोडिएको हो । प्रतीकात्मक रूपमा राखिएको दृश्यले कसैको आत्मसम्मानमा असर पुग्न जाने महसुस गरें । यसमा भने आत्मालोचना गर्छु,’ उनले भने । 

‘सबैखाले प्रतिक्रिया हेर्दै छु । आफ्नै सिर्जनालाई तपाईंहरूको नजरबाट पनि हेर्दै छु । मैले गलत गरेको हो कि ? तपार्इंहरूले गलत बुझेको हो, समीक्षा गर्दै छु,’ उनले भने  ।

माओवादीका धेरै नेता–कार्यकर्ताले चुनावको मुखमा ल्याइएको यो गीत राजनीतिक प्रतिशोध प्रेरित भएको आरोप लगाएका छन् । माओवादी केन्द्रकी सांसद सत्या पहाडीले फेसबुकमा लेखेकी छन्, ‘चुनावको मुखैमा आएर प्रकाश सपुतले जनयुद्धको उपलब्धिलाई दिग्भ्रमित पार्दै वीरता, साहस र बलिदानीपूर्ण ढंगले परिवर्तनको आन्दोलनमा समर्पित वीर वीरंगनाको इतिहासलाई अपमान गर्दै गीतिकथा सार्वजनिक गरेर परिवर्तनविरोधी प्रवृत्तिको मतियार बनेका छन् ।’ 

सपुतले कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखेको पनि स्पष्ट पारेका छन् । ‘सबैमा सबै खाले क्षमता हुँदैन । मभित्र राजनीतिक चेत छ तर त्यति धेरै राजनीतिक विश्लेषण गर्ने क्षमता राख्दिनँ । जसरी अघिल्ला बोल माया, दोहोरी ब्याटल, गलबन्दी, बदला बरिलै, फुटेका चुरा, मेरो पनि हैन र यो देश, कुरा बुझ्न पर्छ गीतहरूमा कथा बुन्थें, पात्र बनाउँथें, टुक्का टिप्थें, लय हाल्थें र रेकर्ड/छायांकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।’ तर सपुतको भिडियो आपत्तिजनक भन्दै माओवादी पंक्तिले सामाजिक सञ्जालमा लगातार आक्रोश पोखेको छ । 

माओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) का संयोजक सुमन देवकोटाले ट्वीटरमार्फत प्रकाश सुपतको गीत युट्युबबाट हटाउन माग गरेका छन् । लेखेका छन्, ‘देशको राजनीतिक रूपान्तरणका लागि लडेका महिला छापामारलाई चरित्रहीन नारीका रूपमा चित्रण गरिएको कथित म्युजिक भिडियो सह्य छैन । गणतन्त्रको सेनानीको अपमान हुने शब्द/दृश्य तुरुन्त हटाउन म प्रकाश सपुतसँग अनुरोध गर्दछु ।’ माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले पनि फेसबुक पोस्टमा भिडियो आपत्तिजनक मात्रै नभएर दण्डनीय भएको टिप्पणी गरेका छन् । माओवादीको भ्रातृ संगठन अनेरास्ववियुकी अध्यक्ष पञ्चा सिंहले त गायक सपुतलाई चेतावनी दिएकी छन् । उनले फेसबुकमा स्टाटसको अन्तमा लेखेकी छन्, ‘पिर नामक भिडियो सार्वजनिकमा माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’

सकारात्मक र नकारात्मक प्रतिक्रिया आउँछन् भन्ने जान्दाजान्दै पनि हतोत्साही नै गराउन खोजिन्छ भनेर आफूले नठानेको उनको भनाइ छ । ‘यस्ता विषय उठान गर्दा आउने राजनीतिक दबाबहरूको केही अनुमान गरे पनि गीत हटाउनेसम्मकै माग उठ्छ भनेर आकलन गरेनछु । यसलाई गलत व्याख्या गरिन्छ र निरुत्साहित गर्न खोजिनेछ भन्ने कुराको हेक्का राखेनछु,’ उनले भने । 

माओवादी केन्द्रसम्बद्ध नेता तथा कार्यकर्ताले म्युजिक भिडियोमाथि आक्रोश र धम्कीपूर्ण अभिव्यक्ति दिए पनि जनयुद्धकै एक नेतृत्वकर्ता एवं जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले भने गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको भन्दै आपत्ति मान्नुपर्ने विषय नरहेको स्पष्ट पारेका छन् । ‘म पनि जनयुद्धको एक अगुवा हुनुका नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु, त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन,’ भट्टराईले भनेका छन् । 

माओवादीका पूर्वलडाकु तेज दोङले बिम्बहरू जीवन्त उतार्न सफल भएको भन्दै धन्यवाद दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘पिर हेरेपछि विद्रोहमा सामेल सिपाहीको नाताले जे देखें/भोगें पिर जीवन्त रूपमा उतार्नु भएकामा साधुवाद ।’

त्यस्तै, गीतको प्रशंसा गर्दै सर्जकको पक्षमा ऐक्यबद्धता जनाउनेको संख्या असाधारण छ । सामाजिक सञ्जालमा आलोचना र प्रशंसाको चर्को बहसबीच भिडियो युट्युबका ‘ट्रेन्डिङ’ मा छ । शुक्रबार साँझ गायक सपुतकै युट्युब च्यानलमार्फत सार्वजनिक यो म्युजिक भिडियोले लगातार दर्शक तानिरहेको छ । आइतबार बिहान १० बजेसम्म भिडियोको ‘भ्युज’ १२ लाख हाराहारी थियो, प्रत्येक घण्टा एक लाखभन्दा बढीले यो गीत युट्युबमार्फत हेरिरहेका छन् । आइतबार मध्यरातिसम्म ३० लाख पटक यो भिडियो हेरिएको छ । 

कथात्मक शैलीमा प्रस्तुत म्युजिक भिडियोको केन्द्रीय पात्र छन्, सशस्त्र द्वन्द्वकै क्रममा जनवादी बिहे गरेका एक दम्पती । लडाइँमा घाइते भएका दम्पती शान्ति प्रक्रियापछिका दिनमा बाँच्नकै निम्ति कठिन संघर्ष गरिरहेको भिडियोमा देखाइएको छ । अनि क्रान्तिको नेतृत्व गरेको दल दिशाहीनतामा हराएको, राज्य नेतृत्वमा पुगेका नेताहरू आफ्नै कार्यकर्ताको दिनहीन हालतमाथि तमासे बनेको जस्ता विषयमाथि म्युजिक भिडियोले कठोर व्यंग्य गरेको छ । भिडियोमा लडाकुको सपना साकार नभएको र देहव्यापारदेखि वैदेशिक रोजगारीमा जानु परेकासम्म दृश्य छन् ।

संगीतकार आभाष म्युजिक भिडियोमाथि दलसम्बद्ध व्यक्तिबाट आएका आक्रोश र धम्कीपूर्ण अभिव्यक्ति समग्र वाक् स्वतन्त्रताकै विरुद्धका आएको टिप्पणी गर्छन् । यस्तो प्रवृत्तिलाई अनुदार राजनीतिको उदाहरणका रूपमा लिनुपर्ने बताउँदै उनले भने, ‘यो गीतमा त्यस्तो आपत्ति मान्नुपर्ने कुरै केही छैन । युद्ध लड्नेहरू अहिले कहाँ र कस्तो अवस्थामा छन् भन्ने देखाइएको न हो ।’ उनले यस्तो प्रवृत्तिले गीत/संगीत सर्जकलाई भयपूर्ण अवस्थामा लैजाने र उनीहरूको कल्पनाशक्तिमाथि प्रहार हुने बताए । 

राजनीतिक विषयमा बनेका गीत र भिडियोमा दलका नेता–कार्यकर्ता उत्तेजित भएको यो पहिलो पटक भने होइन । तीन वर्षअघि लोकगायक पशुपति शर्माले जस्तो धम्कीपूर्ण टिप्पणी र आक्रोशको सामना गरेका थिए, अहिले ठ्याक्कै त्यही अवस्थामा छन् प्रकाश सपुत । २०७५ फागुनमा पशुपति शर्माको ‘लुटन सके लुट कान्छा, लुटन सके लुट’ बोलको गीत पनि तत्कालीन सत्तारूढ नेकपासम्बद्ध नेता–कार्यकर्ताको आक्रोशको तारोमा परेको थियो । त्यतिबेला नेकपाको भ्रातृ संगठन युवा संघका नेता किरण पौडेलले त फेसबुकमा स्टाटस नै लेखेर गायक पशुपति शर्मालाई बहिष्कार गर्न अपिल गरेका थिए । नेकपासम्बद्ध नेता तथा भ्रातृ संगठनको आक्रोश चर्किंदै गएपछि शर्माले गीत युट्युबबाटै हटाएका थिए । त्यतिबेला सत्तारूढ दल नेकपाकै नेता–कार्यकर्ता विरोधमा प्रस्तुत भएका थिए, अहिले पनि सत्तारूढ दल माओवादी केन्द्र विरोधमा अघि सरेको छ ।

संगीतकार आभाषले म्युजिक भिडियोमाथि दलका नेता–कार्यकर्ताको उत्तेजनालाई आलोचनात्मक प्रश्न गर्ने सक्ने समाजविरुद्धकै कदमका रूपमा पनि अर्थ्याए । ‘माओवादी मात्रै होइन अरू दल पनि उस्तै देखिन्छन् । असहिष्णु स्वभाव जुनसुकै पार्टीमा पनि छ । आलोचकमाथि खनिने प्रवृत्ति खतरनाक छ,’ उनले भने । 

राजनीतिक मात्र होइन, धार्मिक संगठन पनि गीत/संगीतको विरोधमा उत्रने गरेका उदाहरण छन् । २०७७ को साउनमा गायिका सोफिया थापाले ‘अबको तीज नो व्रत प्लिज बोल’ को गीतको म्युजिक भिडियो हाइलाइट्स नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी थिइन् । लगत्तै थापालाई हिन्दु जागरण नेपाल र विश्व हिन्दु युवासंघ अन्तर्राष्ट्रिय समिति नामक संस्थाका प्रतिनिधि बताउनेहरूले गीत हटाउन दबाब दिएका थिए ।

कमेन्ट गर्नुहोस्