Thursday, April 16 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

धरापमा विश्व व्यवस्था

धरापमा विश्व व्यवस्था

कसैलाई थाहा छैन युक्रेनमाथि रुसको सैन्य हस्तक्षेपले सुरु भएको युद्ध कहिले र कुन रूपमा समाप्त हुन्छ । युद्धकै बीच तीन पटक दुवै देशबीच निकासका लागि वार्ता भइसकेको छ तर कुनै पनि पक्षले आफ्नो अडानबाट पछाडि हट्ने सङ्केत देखाएको छैन, सहमतिका लागि इजरायल, टर्की, भारत, चीनलगायतका देशबाट पहल भएको छ तर इतिहास, अर्काको क्षेत्र हडप्ने कुत्सित मनसाय र सुरक्षाका लागि अर्काको सहारा खोज्ने सेरोफेरोमा सुरु भएको युद्धले जति ढिलो हुँदै गयो परिदृश्य अर्कै भएर विश्व व्यवस्था खल्बलिने र चौतर्फी सुरक्षा जोखिम बढाउने स्पष्ट छ ।

केही हप्तादेखि नै युक्रेन रुस सीमा क्षेत्रमा जुन प्रकारको गतिविधि भइरहेको थियो त्यसका आधारमा अनुमान गरिँदै थियो उसले चाँडै नै युक्रेनमाथि आक्रमण गर्ने छ । सन् २०२२ फेबु्रअरी २४ को बिहान जब रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा पूर्ण सैन्य शक्तिसाथ हमला सुरु गरेको घोषणा गरे पश्चिमा देशहरूको अनुमान सत्यमा परिणत भयो । त्यसअघि पुटिनले सीमा नजिक र बेलारुसमा आफ्नो ठूलो स्तरको सैन्य बन्दोबस्तीलाई अभ्यासको जामा पहि¥याएर संसारलाई झुक्याउने कोसिस नगरेका होइनन् तर पत्याएको कसैले पनि थिएन ।

युक्रेनमा आक्रमण सुरु गरिएपछि अमेरिका विश्वका कैयौँ देशबाट पुटिनको कदमको आलोचना र भत्सर्ना सुरु भएको छ र यो क्रम जारी छ, रुसलाई बिझाउने र तर्साउने खालका अभिव्यक्ति पनि आइरहेका छन् तर हालसम्म रुसप्रति कडा खालका आर्थिक, व्यापारिक, हवाई, प्राविधिक प्रतिबन्ध लगाउने काम मात्र भएको छ, युक्रेनले आशा गरेको जसरी लडाइँमा सहयोग गर्न सैनिक पठाउन कसैले हिम्मत गरेका छैनन् ।

वर्तमान सङ्कटमा सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने यदि युक्रेनले भन्ने जस्तो सहयोग पाउँदैन र रुसले आफ्नो अभियानमा सफलता पाउँछ भने भोलिको विश्व व्यवस्था कस्तो हुने छ । किनभने यो चानचुने युद्ध प्रतित भइरहेको छैन, द्वितीय विश्वयुद्धपछि युरोपमा यत्तिको विध्न लडाइँ भएको थिएन । 
सन् २०१५ मा सिरियामा चलिरहेको युद्धमा रुसको प्रवेशलाई विश्लेषण गर्दा अहिलेको सङ्कटको भावी दिशालाई केलाउन सहयोग पुग्न सक्छ । रुसले सिरिया युद्धमा आफ्नो सैन्य भूमिका देखाउने जमर्को गर्दा उसको त्यस निर्णयलाई अमेरिकालगायत उसका मित्रराष्ट्रले अचम्म मानेका थिए किनभने रुसले चाल्ने यस कदमको अलिकति पनि अनुमान थिएन । अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले त रुसको कदमलाई दलदलमा भासिने पहल भनेर कटाक्षसमेत गरे । अमेरिकाले भियतनाम युद्धमा र तत्कालीन सोभियत सङ्घले अफगानिस्तानमा यस्तै नियति बेहोरेको र अब रुस सिरियाको लडाइँमा फस्ने अनुमान गरियो, इतिहासमा सबैभन्दा ठूलो भूल हुने दाबी गरियो तर इतिहास त्यसरी लेखिएन । सिरियामा रुसले आफ्नो रणकौशलबाट युद्धको दिशा परिवर्तन गरिदियो र सिरियाका राष्ट्रपति बसर अल असाद पश्चिमा देशको घेराबन्दीमा परेको भए पनि उनको पद जोगियो ।

सिरियामा रुसले क्षतिलाई आफ्नो नियन्त्रणमा समेत राख्यो तथा घरेलु विद्रोही, पश्चिमा देश र रुसको सैन्य अभियान सञ्चालित त्रिध्रुवीय लडाइँमा रुस कूटनीतिक र रणनीतिक लाभ लिनसमेत चुकेन । उत्तरी सिरियाको टार्टसमा रुसले आफ्नो सैन्य आधार शिविरसमेत खडा ग¥यो । उसले लिबियामा समेत यस्तै सफलता हासिल गरेकाले आज मध्यपूर्वको राजनीतिमा रुस एक महìवपूर्ण खेलाडी बनेको छ । मध्यपूर्वमा अमेरिकाको एकछत्र प्रभुत्व कम गरी विश्वास र शक्ति आर्जन गरेको रुसले त्यस क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्दै लैजान राष्ट्रपति असादका रूपमा एक सूत्रधारसमेत पाएको छ ।
यस कारण हामी भन्न सक्छौँ सिरिया युद्धमा रुसको सहभागितालाई राष्ट्रपति ओबामाले कम आकलन गरेका थिए, जसको नतिजा छर्लङ्गै छ । सिरियाको प्रसङ्ग यहाँ किन उठाइयो भने त्यसले युक्रेनमा रुसको हमलालाई व्याख्या गर्न सहज हुने छ । युक्रेनमा अब रुस दलदलमा फस्ने छ वा उसले विश्व व्यवस्था नै परिवर्तन गर्ने गरी आफ्नो प्रभुत्व विस्तार गर्ने छ ? प्रश्न यही छ ।

रुसले जसरी युक्रेनमा आममानिस, स्कुल र अस्पताललाई पनि निशाना बनाउन लागेको छ त्यसलाई हेर्दा यो युद्ध उसले सोचेको भन्दा फरक दिशामा गइरहेको प्रतित हुन्छ । दुई÷चार दिनमै जित हासिल हुने रुसको अनुमान थियो वा थिएन त्यो पछि खुलस्त होला तर लडाइँ उसका लागि सहज भइरहेको छैन । अमेरिकाले सार्वजनिक गरेको जानकारीअनुसार रुसले आफ्नो सैन्य शक्तिको ९० प्रतिशत जोर युक्रेनमा लगाएको छ तर युद्ध लम्बिँदै गएको छ र उसको क्षतिको आयतनमा पनि ठूलो देखिएको छ ।

वर्तमान परिदृश्यमा रुसलाई जित सहजै मिल्ने छैन, एक सम्भावना यही छ । यस कारण यो कदम रुसको ठूलो भूल हुने छ, उसलाई आर्थिक र जनशक्तिका हिसाबले ठूलो क्षतिसमेत हुने देखिन्छ । युद्ध लम्बिँदै जाँदा पुटिनप्रति रुसका जनताको विश्वास र लोकप्रियता कम हुने तथा त्यहाँका सम्भ्रान्त वर्गको समर्थन घट्ने छ । किनभने पश्चिमा देशले लगाएको प्रतिबन्धको असर रुसमा पर्न थालिसकेको छ र त्यसले अहिले नै सभ्रान्त वर्गलाई ठूलो नोक्सानी भएको छ । 
युद्धले निम्त्याउने दैनिक समस्या चाङ्का चाङ अगाडि आउने छन्, दैनिक उपभोग्य वस्तुको आपूर्ति रुसमा कमजोर बन्न थालिसक्यो र यो क्रम जारी रहेमा पुटिन असन्तुष्टिबीच आफ्नै घरमा घेराबन्दीमा पर्ने छन्, रुसमा जनविरोध सुरु भइसकेको पनि छ ।
यसबाहेक नेटोले युद्धमा अप्रत्यक्ष वा छदम युद्धबाट सहभागिता जनाएमा त्यो कदम रुसलाई वर्षसम्म टाउको दुःखाई हुनेछ किनभने यसले युक्रेनको प्रतिरोध शक्ति बढ्ने छ, जसबाट पार पाउन रुसले ठूलो धनराशि र जनशक्ति प्रयोग गर्न‘पर्नेछ । अफगानिस्तानमा सोभियत सङ्घले वर्षौंसम्म अल्झिएर बस्नु परेझैँ रुसले युक्रेनमा निकासको बाटो खोजिरहने छ ।

यसविपरीत अर्को परिदृश्यलाई हेरौँ । यदि युक्रेनमा रुसले जित हासिल गरेमा के हुने छ ? पश्चिमा एकथरि विश्लेषकको मान्यता के छ भने पुटिनलाई युद्धबाट विभिन्न फाइदा हुन सक्छ, जस्तो सिरियामा भएको थियो ।
रुसले जित हासिल गरेमा विश्व व्यवस्थाले नयाँ कोल्टे फेर्ने छ, यस्तो अनुमान छ । रुसले जित हासिल गरेमा अमेरिका र युरोपेली सङ्घले युरोपको सुरक्षा सुनिश्चितताका लागि पुनर्विचार गर्नुपर्ने बाध्यकारी स्थिति आउने छ । अमेरिका र उसका पक्षधर सहयोगी राष्ट्रलाई यो एउटा ठूलो चुनौती हुने छ । 
युक्रेनमा रुसले आफ्नो सैन्य आधार शिविर स्थापना नगर्ला तर आफ्नो कठपुतली सरकार गठन गर्न सक्छ, जुन कुरा वर्तमान राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीलाई अपदस्थ गराएर बेलारुसमा पलायन जीवन बिताइरहेका पुटिनका समर्थक भिक्टर यानुकोभिचलाई सरकारको नेतृत्व दिने रुसको प्रस्तावबाट स्पष्टै छ ।

अर्को अवस्था पनि आउन सक्छ ः युक्रेनको पुनः विभाजन । पूर्वी युक्रेनबाट सन् २०१४ मा क्रिमिया अलग भएको थियो, जुन क्षेत्र हाल रुसको अभिन्न अङ्ग छ । अब डोनबास्क क्षेत्रको विभाजन होस् । यस्तो पनि हुन सक्छ युक्रेनमा सैनिक शक्ति क्षीण भएर युक्रेन एक असफल राष्ट्रमा परिणत भएर त्यहाँ गृहयुद्ध सुरु होस, अफगानिस्तानमा यस्तै भएको छ । जुनसुकै अवस्था सिर्जना होस् त्यसले युक्रेनको भाग्य अब परिवर्तन हुनेछ ।

यसको ठूलो असर युरोपमा अमेरिकाको नेतृत्वमा रहेको नेटो र युरोपेली सङ्घसँगको सम्बन्धबाट प्राप्त अमेरिकाको प्रभुत्वमा पर्ने छ । युरोपेली देशका अगाडि यी संस्थाको औचित्य र विश्वसनीयता कमजोर पर्नेछ किनभने नेटो र युरोपेली सङ्घ दुवै यो युद्ध टार्नमा असफल भएका हुन् । 
विशेषगरी रुसी सीमासँग जोडिएको पूर्वी युरोपेली क्षेत्रमा यसको असर बढी पर्नेछ । युरोपमा सामूहिक सुरक्षाको प्रश्न उठाएर कतिपय सदस्य राष्ट्र नेटो र युरोपेली सङ्घबाट अलग हुन पनि सक्छन् । यसो हुँदा युरोपमा सुरक्षा सरोकारले गर्दा विभाजन सुरु हुने छ ः अमेरिका नजिकका पश्चिमी युरोपेली देश एकातिर र रुसको प्रभावमा परेका पूर्वी युरोपका देश अर्कोतिर । पूर्वी युरोपका साना देश युरोपेली सङ्घ र नेटो त्यागेर सुरक्षाका लागि रुसको छातामुनि गएमा एक किसिमले विगतको सोभियत सङ्घको स्वरूप देखिने छ । के पुटिनले यही चाहन्छन् ? 
युक्रेनमा रुसको विजय र नेटो कमजोर परे पनि सोभियत सङ्घ युगमा जसरी रुसको प्रभुत्व विस्तार नहुन सक्छ, केही विद्वान् यसमा सहमत छन् किनभने रुसी प्रभावको युक्रेनले पूर्वी युरोपमा रुस विरोधी मानसिकता सिर्जना गर्ने छ र असुरक्षाको भावनाको जन्म हुने छ । टर्की जस्तो देश, जो अमेरिकी नीतिको विरोधी भएर पनि नेटोमा छ र युक्रेनप्रति सदभाव राख्ने मित्र पनि हो । टर्की समेत रुसप्रति अभैm बढी सशङ्कित हुनेछ र आफ्नो सुरक्षाका लागि सतर्क रहनेछ । टर्कीले युक्रेनलाई आफ्नो असल मित्र ठान्दछ र युक्रेनमा रुसको उपस्थिति टर्कीले पचाउने छैन । साथै ब्ल्याक सी र पूर्वी मेडिटेरियन क्षेत्रमा रुसको उपस्थितिलाई टर्कीले एक चुनौतीका रूपमा लिनेछ ।

तर यी सबै सम्भावनाबीच विपरीत घटनाको प्रक्षेपण गर्ने विद्वान्हरू पनि छन् । यदि रुसले सोचेको जस्तो भएन र नेटो पनि कमजोर परेन भने पूर्वी युरोपमा नेटोको उपस्थिति बढ्नेछ, त्यसले स्थायी रूप पनि लिन सक्छ । यसका अतिरिक्त यो युद्धले अमेरिका र नेटोका लागि दुई सम्भावित प्रतिक्रिया सिर्जना गर्नेछ । या त अमेरिका र नेटोले आफूलाई युरोपमा सीमित गर्नेछन् या प्रतिक्रियास्वरूप आफूलाई अझै बलियो बनाउने र प्रभाव विस्तारमा लाग्ने छन् ।

युरोपमा आफ्नो उपस्थितिलाई विस्थापित गर्ने आँट अमेरिकाले गर्न सक्दैन किनभने उसले हाल चीनलाई आफ्नो ठूलो प्रतिद्वन्द्वी रूपमा हेरेको छ तथा चीन केन्द्रित आफ्ना नीतिलाई प्राथमिकता दिने गरेको छ र यस प्रतिस्पर्धामा अमेरिकाले युरोपको साथ खोजेको छ । 
अमेरिकालाई युरोपको महìव यत्तिमै सीमित छैन चाहे आर्थिक तात्पर्यमा होस् वा भूराजनीतिक प्रभावका लागि नै किन नहोस् यी दुवै एकअर्काका ठूला लगानी साझेदार, बजार र राजनीतिक विचारधाराका साझेदार हुन् । हामीले देखेकै छौँ युरोपको शान्ति अमेरिकाको अमनचयनसँग जोडिएको तथ्य कसैबाट लुकेको छैन । 
यदि युरोपको सुरक्षा अस्तव्यस्त भयो र अशान्ति फैलियो भने दशकौँदेखि स्थापित भूराजनीतिक सन्तुलन, प्रभाव र सहकार्य प्रणाली धराशायी हुनेछ र अमेरिका विश्वमा एक्लो पर्नेछ । यस कारण अमेरिकाले आफूलाई युरोप केन्द्रित नै राख्ने छ र नेटोलाई थप बलियो बनाउनमा लाग्ने छ । यसर्थ युक्रेनमा रुसको विजयले नेटोको पुनरुत्थान गर्नेछ, हामी भन्न सक्छौँ ।



पुनरुत्थान एक रक्षात्मक सैन्य गठबन्धन जस्तो हुनेछ । यसका अतिरिक्त नेटोमा सहभागी हुने देशहरूको सङ्ख्या त बढ्ने छ नै हरेक देशले आफ्नो सैन्य शक्तिमा खर्च पनि बढाउने छन् । 
द्वितीय विश्वयुद्धपछि सैन्य शक्ति आर्जनमा खासै खर्च नगरेको जर्मनीले युक्रेनमा युद्ध सुरु भएपछि पहिलो पटक आफ्नो सैन्य शक्ति बढाउन ११३ अर्ब डलर छुट्याएको छ । ब्रिटेन र फ्रान्स जस्ता सैन्य शक्ति धेरै भएका देशले जर्मनी, इस्टोनया, लात्भियाजस्ता देशमा उत्पन्न हुने सुरक्षा भयको फाइदा उठाएर सहयोगका नाममा आफ्नो प्रभाव बढाउने देखिन्छ । अमेरिकाले समेत सुरक्षा सहयोग भन्दै नेटोमार्फत प्रभाव वृद्धि गर्नेछ । यसरी हेर्दा पूूर्वी युरोपमा नेटोका सैनिकको सङ्ख्या वृद्धि हुने सम्भावना देखिन्छ ।

युक्रेनमा रुस जाइलागेपछि पश्चिमा देश र संस्थाले अनेक खालका कडा प्रतिबन्ध रुसमाथि लगाएका छन् र प्रतिबन्ध थपिँदै गएको पनि छ । रुसले यसको प्रतिरोध कसरी गर्ने छ ?, प्रश्न स्वाभाविक नै छ । उसले पक्कै पनि आफ्नो साइबर सेनाको प्रयोग तथा चीन, इरान जस्ता देशसँग निकट सम्बन्ध विकासमा लाग्ने छ । आफूमाथि ऊर्जाका लागि युरोपको निर्भरतालाई समेत रुसले सौदाबाजीको हतकण्डा बनाउन सक्छ । यसअतिरिक्त रुसले युरोपका जनतालाई हरेक किसिमले आफ्नो प्रभावमा ल्याउने कोसिस गर्ने छ । पैसाले हुन्छ कि प्रविधिले उसले कोसिस त गर्ने नै छ । 
रुसले पनि आफूसँग भएका स्रोतले मोलतोल गर्ने प्रयास थालिसकेको पनि छ । युरोपमा ग्यास आपूर्तिदेखि केही विशेष खनिज पदार्थको आपूर्तिमा उसले युरोपलाई घुँडा टेकाउने प्रयास गर्नेछ । उसले युरोपेली देशबीचको एकतालाई पनि बिथोल्ने प्रयास गर्नसक्छ । यसका लागि उसले युरोपमा केही देशमाथि आफ्नो प्रतिबन्ध हटाउने र सहुलियत दिने जस्ता काम गरेर हुन्छ वा अन्य किसिमले विभाजनको उपाय खोज्ने छ । 
एलिट ट्राप कार्य पनि रुसबाट हुन सक्छ । यो यस्तो विधि हो जसअन्तर्गत आफ्नो पक्षधर नेता वा सभ्रान्त व्यक्तिलाई पैसाले किन्ने हो कि चुनावमा सहयोग गरेर हुन्छ प्रभावित गरिन्छ, यसको सम्भावना पनि प्रबल छ । 

स्रोतः सीएनएन, वासिङ्टन पोष्ट लगायत विभिन्न सञ्चारमाध्यम ।

इतिहासले के भन्छ 

रुस र युक्रेनबीच इस्वी संवत्को नवौँ शताब्दीदेखि ऐतिहासिक सम्बन्ध रहेको देखिन्छ, जसमा टेकेर पुटिनले बारम्बार र रणनीतिक रूपमा कुरा उठाउने गरेका छन् । रुस र युक्रेनबीच मध्ययुगदेखि नजिकको सामाजिक र सांस्कृतिक नाता जोडिएको छ । आक्रमणको आदेश दिनु केही दिन पहिले आफ्नो मन्तव्यमा पुटिनले युक्रेनलाई रुसकै भागका रूपमा बुझेको बताएका थिए, जुन अवस्था १८औँ शताब्दीमा क्याथरिन दी ग्रेटको रुसी साम्राज्यका दिनमा थियो ।
सन् २०१४ मा युक्रेनमा भएको जनप्रदर्शनले रुस समर्थित राष्ट्रपति यानुकोभिचलाई अपदस्थ गर्दा रुसले हस्तक्षेप गरी क्रिमियालाई आफूमा विलय गरेको थियो । यस पटक पुटिनले युक्रेनको कुनै इतिहास नभएको कुरा दोहो¥याएर आफ्नो मनसाय प्रकट गरिसकेका छन् । 
मास्कोको इशारामा युरोपेली सङ्घसँगको एक व्यापार सम्झौताबाट पछाडि हट्ने निर्णय गरेर यानुकोभिच विवादमा फसेका थिए  । पुटिनले उनको बहिर्गमनमा अमेरिका र युरोपेली सङ्घले फासिस्ट भूमिका निर्वाह गरेको दोषारोपणसमेत गरेका थिए । 
दुवै देशबीचको मनमुटावको आधार यतिमै सीमित छैन । सन् १९३० को दशकमा अकाल पर्दा लाखौँ युक्रेनीले भोकमरीमा परेर ज्यान गुमाए र त्यसको सम्पूर्ण दोष सोभियत सङ्घका नेता जोसेफ स्टालिनलाई दिइयो, त्यतिबेला युक्रेन सोभियत सङ्घअन्तर्गत थियो । यसले के देखायो भने भाषिक र जातीय भिन्नता त्यहाँ सधैँ रहिआएको छ । 
रुस र युक्रेनबीच सन् २०१५ मा मिन्स्क शान्ति सम्झौता भयो, किभ र मास्कोबीच निरन्तरको द्वन्द्व समाप्त गर्न यसको सूत्राधार थिए फ्रान्स र जर्मनी । यस सम्झौताअन्तर्गत युक्रेनले रुससँगको आफ्नो सीमामा नियन्त्रण राख्न आफ्ना दुई क्षेत्रलाई विशेष दर्जा र धेरै स्वायत्तता दिनुपर्ने थियो तर वार्ता अवरुद्ध भयो । 
युक्रेनले सम्झौता लागू गर्ने मनसाय नराखेको आरोप पुटिनले लगाए । युक्रेनले चाहिँ सम्झौतामा संशोधन गरिनुपर्ने कुरा उठायो किनभने सम्झौताका सर्तहरू युक्रेनमा रुसको प्रभाव बढाउने खालका थिए, तिनले युक्रेनको परराष्ट्र नीति प्रभावित हुने र युक्रेनको सम्प्रभुताको बेवास्ता हुने दाबी गरियो । 
यसबीचमा रुसले पृथकतावादी क्षेत्रका आठ लाख रुसीलाई आफ्नो राहदानी वितरण गरेर विवाद चर्काउने काम ग¥यो । त्यसपछि युक्रेन र पश्चिमा देशले पृथकतावादीलाई रुसले हतियार र अन्य सहयोग गरिरहेको खुलेरै आरोप लगाए, रुसले यो कहिल्यै स्वीकार गरेन । 
पुटिन कहिल्यै पनि युक्रेनप्रति सकारात्मक देखिएनन् । उनले रुसी र युक्रेनी नागरिक एकै भएको विषय उल्लेख गरेर गत जुलाई १ मा लेख नै लेखेका थिए । 
मास्कोले नाटो र रुसका बीच युक्रेनलाई एक बफर जोनका रूपमा समेत हेर्दछ, अर्थात् नाटोलाई रुसको सीमासम्म विस्तार हुनबाट रोक्ने क्षेत्र ।

युक्रेन र नाटो

युद्धको आधार रुसले धेरै पहिलेदेखि नै देखेको भए पनि हालको हमलाको पछाडि उसले युक्रेनको नाटोमा प्रवेश गर्ने प्रयासलाई मुख्य कारणका रूपमा उल्लेख गरेको छ तर युद्ध लम्बिँदै जाँदा अन्य कारणको पटाक्षेपसमेत हुँदै गएको छ । 
प्रश्न उठ्न सक्छ, नाटोमा युक्रेनले प्रवेश गर्दा रुसको टाउको दुःखाई किन ? यसको उत्तर नाटोको संहिताको दफा ५ मा छ । द्वितीय विश्वयुद्ध समाप्त भएलगत्तै सोभियत सङ्घसँग सुरु भएको शीतयुद्ध ताका सन् १९४९ मा युरोपेली देशसँग मिलेर अमेरिकाले गठन गरेको सैन्य सङ्गठन नाटो, जसलाई वासिङ्टन सन्धि पनि भनिन्छ, को मुख्य सिद्धान्त भनेको आफ्ना सदस्य राष्ट्रको सामूहिक सुरक्षा हो । यसको अर्थ नाटोको कुनै पनि सदस्य राष्ट्रमा कसैले हमला ग¥यो भने त्यसलाई नाटोको सम्पूर्ण सदस्यमाथि आक्रमण भएको ठानिन्छ । दफा ५ मा यही कुरा उल्लेख छ । 
यदि युक्रेन नाटोको सदस्य भएको भए रुसको आक्रमणलाई अमेरिका लगायतका नाटो देशहरूमाथि आक्रमण भएको मानिने थियो । यस कारण रुसलाई नाटोमा युक्रेनको प्रवेश मान्य छैन ।

डोनबास क्षेत्र
युक्रेनको पूर्वी क्षेत्रमा डोनबास रुसको सीमासँग जोडिएको छ । यो औद्योगिक क्षेत्रका रूपमा परिचित छ । रुसले क्रिमियालाई आफूमा समाहित गर्दा डोनबास क्षेत्र दुई फरक भागमा विभाजित हुन पुग्यो । राजधानी किभको नियन्त्रण रहेको डोनेस्क र लुहान्स्क प्रशासकीय इलाका तथा रुस समर्थित पृथकतावादीको डोनेस्क र लुहान्स्क जनगणतन्त्र ।


पृथकतावादीहरू सबै डोनेस्क र लुहास्क इलाकालाई आफ्नो दाबी गर्छन् तर उनीहरूको नियन्त्रणमा एक तिहाइ भूभाग, करिब ६५ हजार वर्गमाइल छ । त्यो नियन्त्रित भाग रुसको सीमासँग जोडिएको छ । युद्ध सुरु गर्नु ठीक पहिले रुसले पृथकतावादी नियन्त्रित मात्र होइन सम्पूर्ण डोनेस्क र लुहान्स्क क्षेत्र अर्थात् डोनबासलाई छुट्टै देश घोषणा ग¥यो, यद्यपि उसको निर्णयलाई कसैले मान्यता दिएको छैन । 
सन् २०१४ मा पृथकतावादीहरूसँग लडाइँ सुरु भएदेखि डोनेस्क र लुहान्स्कमा किभको खासै नियन्त्रण थिएन । तैपनि सरकार र पृथकतावादीबीचको लडाइँमा अहिलेको युद्ध सुरु हुनु पहिलेसम्म करिब १४ हजार मानिसको ज्यान गइसकेको थियो । त्यहाँ करिब ८० प्रतिशत मानिस रुसी भाषी छन् ।

कमेन्ट गर्नुहोस्