Wednesday, May 25 2022
ट्रेन्डिङ तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

निजीकरण

निजीकरण

२०४९ सालमा राष्ट्रिय उद्योग कलकारखानाहरू धमाधम निजीकरण गरिए। पञ्चायती निरंकुश शासन ढालेर मुलुकमा बहुदल आएको छोटै अवधिमा ‘उदारीकरण र खुला अर्थतन्त्रलाई’ आत्मसाथ गर्नुपर्ने भन्दै राष्ट्रिय उद्योगहरू रातारात निजीकरणमा लगिए। तर, दुःखको कुरा ती उद्योग कलकारखाना फस्टाउनुको सट्टा झन्–झन् धरासयी बने। १२ वटा उद्योग त खारेज नै भए। आज पर्यन्त मुलुकमा उद्योग–कलकारखानाहरू फस्टाउन सकेनन्। 

 

‘निजीकरण भएर उद्योगहरू सञ्चालन भएका भए सकारात्मक सन्देश जान्थ्यो होला,’ अर्थशास्त्री डा. रमेश पौडेल भन्छन्,‘ त्यतिबेला चलेका उद्योगहरू छानीछानी निजीकरण गरियो। त्यसमा पनि अधिकांश दातृसंस्थाहरूले दिएको संस्थानहरू निजीकरण गरिएका थिए।’ सरकारी उद्योगहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि गरेर ‘नातावाद तथा कृपावाद’ रोक्न नसक्नु त्यतिबेलाको ठूलो कमजोरी भएको पौडेलको तर्क छ। त्यतिबेलाका भृकुटी कागज कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, चलचित्र विकास कम्पनी, बालाजु कपडा उद्योग, काँचो छाला संकलन तथा विक्री केन्द्रलगायतका उद्योगको नामसमेत सुन्न पाइँदैन। 

२०४६ सालमा मुलुकमा बहुदल आएसँगै विश्व परिवेशमा खुला र उदारीकरण अर्थतन्त्रको लहर चलेको थियो। विश्वमा चलेको चलनलाई पछ्याउँदै सरकारले त्यतिबेला संस्थानहरूलाई निजीकरण गरेको पूर्वसचिव विमल वाग्ले बताउँछन्। तर, सरकारले कुनै बहस नै नगरी सार्वजनिक संस्थान निजीकरण गरेको अर्थशास्त्री केशव आचार्यको भनाइ छ। ‘१९९० को दशकमा संसारभर आर्थिक उदारीकरण र निजीकरणको लहर चल्यो। हामीले नेपालमा के हो, कसो भनेर राष्ट्रिय बहस नचलाई निजीकरण गर्यौं,’ आचार्य बताउँछन्। 

२०४९ साल यतासम्म ३० सार्वजनिक संस्थान निजीकरण भएका छन्। तर, निजीकरण भएका ३० संस्थानमध्ये १२ खारेज भएका छन्। निजीकरण ऐनबमोजिम खारेज भएका १२ संस्थानमध्ये हालसम्म कृषि चुन उद्योगको मात्र कम्पनी रजिष्टारको कार्यालयमा दर्ता खारेजी भई कानुनी रुपमा अस्थित्व छैन। बाँकी ११ संस्थान पूर्णरूपमा खारेजीमा गइसकेका छैनन्।

निजीकरण ऐनबमोजिम व्यवसाय बिक्री, सम्पत्ति बिक्री, सेयर विनिवेश, लिजका माध्यमबाट १८ संस्थान पूर्ण वा आंशिक निजीकरण गरिएकोमा हाल १२ संस्थान सञ्चालनमा छन्। ६ उद्योग बन्द छन्। निजीकरण गर्नुअघि यी उद्योग कलकारखाना अर्थतन्त्रका महत्वपूर्ण सूचक नै मानिन्थे। 

सञ्चालनमा रहेका संस्थानमध्ये ९ नाफामा र ३ घाटामा संचालित छन्। निजीकरण अघिसम्म रोजगारी सृजना, उत्पादनमा वृद्धि गर्ने मात्र नभई निर्यात पनि भइरहेका कतिपय उद्योगहरू पछि बन्द नै भएका छन्। छिमेकी मुलुक भारत र चीनमा सरकारी उद्योगको बराबरी निजी उद्योग आउन सक्ने अवस्था छैन तर नेपालमा निजीकरण पूर्णरूपमा ने फ्ल्प भएको आचार्यको भनाइ छ।

निजीकरण गर्दा देशमा ३ खालका समस्या उत्पन्न भएको उनको तर्क छ।। अर्थशास्त्री पौडेलका अनुसार, पहिलो स्वदेशमा भएका उद्योगधन्दाहरू निजीकरणमा गएर घडेरीका रूपमा बिक्री हुने चलन देखियो। त्यसले देशमा भइरहेको रोजगारी गुम्ने स्थिति बन्यो। दोस्रो, रोजगार गुमेको कारण रेमिट्यान्स भित्रियो, नेपाली युवाहरू बाहिरिने क्रम बाक्लो भयो। र, तेस्रो कारण भनेको दातृ निकायहरूले नेपालमा उद्योगधन्दा खोल्न दिने सहयोग पनि कम भएको छ। तीन दशकमा उद्योगधन्दा खोल्नका लागि भनेर दातृ सहयोग आएको देखिँदैन। ‘हामीले दिन्छौं, उनिहरूले निजीकरण गर्छन्, राजनीति गर्छन् र उद्योग बन्द गराउँछन् भन्ने छ। अहिले प्राविधिकभन्दा पनि नगद सहयोग बढि हुन्छ र यो सरकारको खर्चमा जोडिने गर्छ,’ उनले बताए।

आर्थिक वर्ष २०७६/०७७ मा  नाफामा गएका संस्थानहरूमा बुटवल पावर कम्पनी, भक्तपुर इँटा तथा टायल कारखाना, नेपाल ल्युब आयल, नेपाल ढलौट उद्योग, नेपाल बैंक, नेपाल दूरसञ्चार कम्पनी, नेपाल चिया विकास निगम, नेपाल बिटुमिन तथा व्यारेल उद्योग र रघुपति जुट मिल्स हुन्। दिव्या रोजिक एन्ड टर्पेन्टाइन, विराटनगर जुट मिल्स तथा लुम्बिनी चिनी उद्योग खुद नोक्सानीमा रहेका सार्वजनिक संस्थान हुन्।  

निजीकरणपश्चात् संस्थानमा लगानी बढ्ने, उत्पादन तथा रोजगारी बढ्ने र समग्रमा कार्यसम्पादन अपेक्षित सुधार हुन सेकेको छैन। राजनीतिकदेखि व्यवस्थापनसम्मका कारणले गर्दा निजीकरण आशातित फस्टाउन नसकेको उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी बताउँछन्। 

संस्थानहरू निजीकरण हुँदा सरकारलाई फाइदा भनेको ती संस्थाहरूलाई बजेटबाट गर्नुपर्ने विनियोजन दिनुपरेन बाँकी न त राजस्व नै बढ्यो न त रोजगारी नै अर्थशास्त्री आचार्यको टिप्पणी छ।

निजीकरण भएका करिब एकतिहाइ संस्थाले मात्र मुनाफा आर्जन गर्न सकेका छन्। कतिपय संस्थानहरूलाई निजीकरण गरिएको तर अन्य निकायको समन्वय हुन नसक्दा बन्द भएको अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा सार्वजनिक संस्थान समन्वय महाशाखाका प्रमुख रमेश केसी बताउँछन्। निजीकरण भएपछि सरकार सम्पूर्ण दायित्वबाट उम्किएको देखिन्छ। यी संस्थानको कार्यसम्पादन भए÷नभएको, कति रोजगारी सिर्जना भयो, कति राजस्व उठ्यो, आयात-निर्यातमा के योग्दान गर्यो जस्ता पक्षहरूको अनुगमन नहुँदा यस्ता उद्योगमा मनपरी चलेको अर्थशास्त्री आचार्य बताउँछन्। 

वि.सं. १९९३ मा स्थापना भएको विराटनगर जुटमिल पहिलो सार्वजनिक संस्थान हो। निजीकरण भएपछि यो संस्था घाटामा गएको र कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थामा नरहेको केसी बताउँछन्। विराटनगर जुट मिल रुग्ण अवस्थामा पुगेको छ। 

नाफा कमाउनमा सरकार लाग्नु हुँदैन भन्ने परिपेक्ष्य र निजी क्षेत्रलाई प्रबद्र्धन गर्ने उद्देश्य अनुरुप उद्योगहरूलाई निजीकरण गरिएको हो। निजी क्षेत्र नआएको क्षेत्रमा मात्रै सरकारले लागनी गर्ने सरकाको नीतिअनुरूप निजीकरण एको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेल बताउँछन्। तर, पूर्ण निजीक्षेत्रको स्वामित्वमा सञ्चालनमा रहेको उद्योगहरू नाफामा जाने तर, निजीकरण भएका उद्योगहरू घाटामा जाने प्रवृत्ति देखिन्छ। निजीकरणसँगै राजनीति खुसपेठका कारण ती उद्योग धरासयी बनेको पूर्वसचिव वाग्लेको भनाइ छ। यस्तै, अर्को भनेको करिब ३० वर्षअघि सरकारले लिएको निजीकरणको निर्णय अहिलेको पस्थितिमा सुहाउँदो नहुँदा पनि निजीकरण सफल नभएको विज्ञहरूको भनाइ छ। निजीकरण भएका उद्योगहरू नै बन्द भएको, रुग्ण भएका कारणले निजीकरण घाटा अर्थशास्त्री पौडेलको भनाइ छ। 

२०४७ सालको अन्त्यसम्मा सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएका संस्थानको संख्या ६२ पुगेको थियो। सेयर पुँजीमा ५० प्रतिशतभन्दा बढी सरकारको स्वामित्व भएका निकायलाई मात्र सार्वजनिक संस्थानका रूपमा परिभाषित गर्ने व्यवस्थाअन्तर्गत हाल ४४ सार्वजनिक संस्थान छन्। २०७६/०७७ मा धौवादी फलाम कम्पनी र नेपाल पूर्वाधार निर्माण कम्पनी स्थापना भएका छन्।

सरकारले गरेको सेयर लगानीको प्रतिफलस्वरूप सम्बन्धित सार्वजनिक संस्थानबाट २०७२/०७३ मा ७ अर्ब ८१ करोड लाभांश रहेकोमा २०७६/०७७ मा १४ अर्ब ९ करोड छ। तर, कुल सेयर लगानीको तुलनामा लाभांशको अनुपात ४.८८ प्रतिशत मात्र रहेको छ। लाभांश जम्मा ५ सार्वजनिक संस्थानबाट मात्र प्राप्त भएको र यसको ४३.८२ प्रतिशत नेपाल दूरसञ्चार कम्पनी तथा ३६.५६ प्रतिशत नेपाल आयल निगमबाट प्राप्त भएको छ। समिक्षा वर्षमा कार्यरत जनशक्ति २८ हजार ३६४ छन्। सार्वजनिक संस्थानजहरू कार्यप्रकृतिअनुसार विभिन्न मन्त्रालयअन्तर्गत छन्। हाल अस्तित्वमा रहेका संस्थानमध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत १४, अर्थ मन्त्रालयतअन्तर्गत ९, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ५, ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयअन्तर्गत ३, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत ३, संस्कृति, पर्यटन तथा नागरिक एड्डयन मन्त्रालयअन्तर्गत ३, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत २, वन तथा वातावरण मन्त्रालयअन्तर्गत २, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत १/१ संस्थान छन्। सार्वजनिक संस्थानको लगानी, विनिवेश, सुविधा निर्धारुण, समन्वय र अनुगमन तथा मूल्यांकनको कार्य अर्थ मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत रहेको छ। हालसम्म ६ सार्वजनिक संस्थान स्टक एन्सेन्जमा सूचीकृत भएका छन्।

व्यावसायिक कार्यकुशलता, वित्तीय दक्षता, सेवा प्रवाह क्षमता र उद्यमशीलता वृद्धिका लागि एकै प्रकृतिका संस्थानलाई एक आपसमा गाभ्ने लगायत सार्वज्निक संस्थान सुधारका प्रयासहरू निरन्तर भइरहेका छन्। यसै सिलसिलामा एनआईडीसी डेभलपमेन्ट बैंकि लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकमा र राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड कृषि सामग्री कम्पनी लिमिटेडमा गाभिएको छ भने नेसनल ट्रेडिङ लिममिटेड र नेपाल खाद्य संस्थानलाई एकीकृत गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनाइएको छ।

नेपालजस्तो विकासोन्मुख देशमा स्रोत, साधन, प्रविधिको अवसर कम भएकाले निजी क्षेत्रले मात्र उद्योग चलाएर आर्थिक समृद्धि बढाउन सक्दैन। सरकारले एउटा निश्चित समयसम्म रोलमोडलका रूपमा उद्योगहरू सञ्चालन गर्न जरुरी हुने विज्ञहरूको भनाइ छ। 

 

 

कमेन्ट गर्नुहोस्