काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको पदाधिकारी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका छन् ।
एमालेसहितको ७ दलीय समिकरण बनाएर आइतबार दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल हुने माओवादीका सचिव गणेश साहले बताए ।
बैठकअघि प्रधानमन्त्री दाहाललाई पार्टीका कार्यकर्ता र पदाधिकारीहरुले बधाई दिएका थिए ।
सोमबार अपराह्न ४ बजे प्रधानमन्त्रीमा नियुक्त दाहालको शितल निवासस्थित राष्ट्रपतिको कार्यालयमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।
कमेन्ट गर्नुहोस्