Friday, December 19 2025
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

विपन्नको उपचार निःशुल्क

विपन्नको उपचार निःशुल्क

सरकारले एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत २०८० साल वैशाख २१ गते मन्त्री पदमा नियुक्त भएपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या छुट्याउने प्रावधानलाई बाध्यकारी बनाइएको छ । यसअघि निजी अस्पतालले १० प्रतिशत शय्या र उपचारमा १० प्रतिशत छुट्याउने गरेका थिएनन् । 

यस्तै ७५३ वटै स्थानीय तहमा आधारभूत अस्पतालको स्थापना भएको छ । तीमध्ये सय अस्पताललाई बजेटमा पारिएको छ । २६ वटा अस्पताल सम्पन्न भइसकेका छन् भने बाँकी अस्पताल निर्माणको प्रक्रियामा छन् । केही जग्गा विवाद र डिपिआर नभएका अस्पतालमा समन्वय गरेर जतिसक्दो छिटो सक्न प्रधानमन्त्री कार्यालयमार्फत समन्वय गरिएको छ । 

सरकारले दुर्गम र अति दुर्गममा विशेषज्ञ चिकित्सक पठाउन सुरु गरेको छ । विशिष्टीकृत स्वास्थ्य सेवा दिनका लागि टेलिमिडिसिनमार्फत प्राविधिक तथा केन्द्रका चिकित्सकले टेलिमिडिसिन सेवा दिइरहेका छन् । टेलिमिडिसिन सेवा वीर र पाटन अस्पतालबाट विशेषज्ञ चिकित्सकहरूले दिइरहेका छन् । सरकारले स्वास्थ्य क्षेत्रमा गरेको अर्को काम भनेको पहुँचको भरमा सहर र काठमाडौँमा बस्ने विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको काज फिर्ता गरेको छ । काज फिर्ता भएका सात सय स्वास्थ्यकर्मी आफ्नो दरबन्दी भएकै स्थानमा गएर काम गरिरहेका छन् । सरकारले अस्पतालको भौतिक पूर्वाधार, रोगको भारलाई हेरेर चिकित्सक परिचालन अनुसार विशेषज्ञ सेवालाई दुर्गम क्षेत्रसम्म पनि पु-याइरहेको छ ।

प्रादेशिक तथा जिल्ला अस्पतालसम्म विशेषज्ञ चिकित्सकहरू पुगेका छन् । दुई सय चिकित्सकलाई दुर्गममा पठाइएको छ । जुन नेपालको दीर्घकालीन रूपमा स्वास्थ्य क्षेत्रमा सकारात्मक पक्ष हो । स्वास्थ्य क्षेत्र योजना रणनीति, स्वास्थ्य क्षेत्र वित्त रणनीति, मानसिक स्वास्थ्य क्षेत्रको रणनीति, लैङ्गिक हिंसासम्बन्धी रणनीति पारित भएका छन् । यस्ता रणनीतिले पनि स्वास्थ्य क्षेत्रमा प्रगति भइरहेको छ । स्वास्थ्य क्षेत्रका रणनीति पारित हुनु पनि स्वास्थ्य क्षेत्रका लागि ठुलो विषय हो । नेपालको माटो सुहाउँदो र नेपाललाई आवश्यक भएको स्वास्थ्य जनशक्ति नेपालमै उत्पादन गर्नु पर्छ भन्ने मान्यता अनुसार चिकित्सा शिक्षा ऐनको संशोधन प्रक्रिया अगाडि बढेको छ । हाल नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्छु भनेर अध्ययन गर्न पाइरहेको अवस्था छैन । हालको चिकित्सा शिक्षा ऐनका कारण ८२ प्रतिशत अङ्क ल्याएर पनि अध्ययन गर्न विदेश जानुपर्ने परिस्थिति छ । 

सरकारले दुर्गमका जिल्ला अस्पतालसम्म डायलासिस सेवा पु-याएको छ । गण्डकी, कर्णाली, बागमती प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार भएको छ भने बाँकी चार प्रदेशमा पनि यथाशक्य प्रत्यारोपणको तयारी भइरहेको छ । पाँचथर, सिन्धुपाल्चोक, जुम्ला जस्ता दुर्गम जिल्लामा डायलासिस सेवा सुरु भएको छ । वीर अस्पताललगायतका सरकारी अस्पतालमा स्वास्थ्य सेवाको अवधि बिहान बेलुकी गरी दुई घण्टा बढाइएको छ । एप्समार्फत डिजिटल सेवालाई पनि प्रभावकारी बनाइएको छ । क्यान्सर रोगका बिरामीका लागि टोमोथेरापी सेवा वीर अस्पतालबाट सुरु गरिएको छ । 

स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ (एचइओसी) मार्फत सातै प्रदेशमा हेल्थ इन्स्योरेन्स अपरेसन सेन्टर सञ्चालनमा आएको छ । सातै प्रदेशमा एम्बुलेन्सका लागि १०२ नम्बरमा फोन गरेपछि एम्बुलेन्स पाइने व्यवस्था मिलाइएको छ । १०२ डायल गर्नासाथ सम्बन्धित प्रदेशको मेडिकल शाखामा जान्छ । त्यहाँबाट एम्बुलेन्स कहाँ छ भनेर गाइड पनि हुन्छ । बिरामीलाई त्यही अनुसार जानकारी दिइन्छ । 

यही एक वर्षको अन्तरालमा प्राकृतिक प्रकोपका लागि २५ वटा हब अस्पताल तोकिएको छ । तिनीहरूलाई प्रकोपका बेला कसरी काम गर्ने भनेर तालिम पनि दिइएको छ । हस्पिटल डिजास्टर प्लान भन्ने स्वीकृत भएको छ । त्यसलाई रियल टाइम डाटामा ल्याउनका लागि सफ्टवेयरमा इन्ट्री गरिएको छ । यो वर्ष स्याटेलाइट हस्पिटलमा प्रणालीगत रूपमा अगाडि बढाइँदै छ । हब अस्पतालमध्ये २५ वटा अस्पतालमा काठमाडौँभित्रका वीर, शिक्षण, पाटन, वीरेन्द्र सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल छन् भने काठमाडौँबाहिर सेती अस्पताल, डडेलधुरा अस्पताल, धौलागिरि अस्पताललगायत छन् । कतिपय अस्पतालमा विकास समिति बनाउन पनि सुरु भएको छ । कतिपय अस्पतालमा रिसोर्स म्यापिङको काम पनि भइरहेको छ ।  सरकारले स्वास्थ्यमा कति जनशक्ति आवश्यक हुन्छ भनेर अध्ययन गरेको छ । अहिले एक जना स्वास्थ्यकर्मीले सयौँ जना बिरामी हेर्नुपर्ने अवस्था छ । त्यसलाई अन्त्य गर्नका लागि जनशक्ति थप गर्न पनि मन्त्रालय लागेको छ । हाल ३२ वर्षअघिको जनशक्तिको भरमा स्वास्थ्य क्षेत्र सञ्चालन भइरहेकाले जनशक्ति वृद्धि गर्नुपर्ने देखिन्छ । स्थानीय तहमा कति, प्रदेशमा कति र सङ्घमा कति स्वास्थ्यको जनशक्ति आवश्यक छ भन्ने खाका तयार भइसकेको छ । स्वास्थ्यमा कुल ९२ हजार जनशक्ति आवश्यक रहेको प्रक्षेपण गरिएको छ । त्यही अनुसार प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा जनशक्तिको फाइल पठाइसकिएको छ । पछिल्लो समय प्रत्येक पालिकामा आधारभूत अस्पताल निर्माण भएका छन् तर त्यो अस्पतालमा काम गर्ने स्वास्थ्यका जनशक्ति थप गर्न सकिएको छैन । प्रत्येक वडामा स्वास्थ्य संस्था थपिएका छन् तर त्यो अनुसार जनशक्ति थप हुन सकेको छैन । तिनीहरू सबैलाई सम्बोधन गरेर नेपालमा ९२ हजार जनशक्ति आवश्यक छ भन्ने प्रक्षेपण निकालिएको छ । स्वास्थ्य मन्त्रालयको प्रक्षेपण अनुसार दरबन्दी थप गर्न सिफारिस गरिएको छ । बालबालिकाका लागि निःशुल्क क्यान्सरको उपचार हुने गरी व्यवस्था मिलाइएको छ । त्यसका लागि अमेरिकाले सहयोग गरेको छ । त्यस्तै विभिन्न समयमा आपत्कालीन अवस्थामा रेस्पोन्स गर्ने गरी स्वास्थ्यको जनशक्ति तयारी अवस्थामा रहेको छ । प्रत्येक हब अस्पतालमा दुई वटा आकस्मिक मेडिकल टिमको व्यवस्था गरिएको छ । अब अस्पतालबाहेकका अन्य अस्पतालमा आकस्मिक टिम राख्ने गरी गृहकार्य भइरहेको छ । केही प्राकृतिक प्रकोप तथा महामारीका बेला त्यही आकस्मिक स्वास्थ्यको टिमले तत्काल काम गर्ने छ । सीमानाकामा भएका स्वास्थ्य चौकीको पूर्वाधारलाई थप व्यवस्थित गर्ने कार्य पनि अगाडि बढाइएको छ । त्यहाँ स्वास्थ्यकर्मी पनि थप गरिएको छ । 

यस्तै स्वास्थ्य बिमा अब ७५३ वटै पालिकामा सञ्चालनमा ल्याउन लागिएको छ । स्वास्थ्य बिमामा भइरहेको अनावश्यक परीक्षणलाई रोक्न ‘को पेमेन्ट’ प्रणालीको विकास गरिँदै छ । त्यसमा बिरामीले कुल उपचारको १० प्रतिशत बेहोर्नुपर्ने हु्न्छ । त्यसमा जुन व्यक्ति विपन्न छ, महिला स्वास्थ्य स्वयंसेविका छ वा नेपाल सरकारले पैसा तिरिदिएर बिमा गरिदिएको छ, तिनीहरूले भने त्यो १० प्रतिशत तिर्नुपर्ने छैन । विपन्नले ‘को पेमेन्ट’ १० प्रतिशत तिर्नुपर्दैन । आधारभूत अस्पतालमै स्वास्थ्य बिमाको सुविधा प्रदान गरिँदै छ । स्वास्थ्य सेवा पनि त्यही अनुसार अगाडि बढ्दै छ । प्राथमिक स्वास्थ्य संस्था टाढा हुनेलाई एक महिनाको औषधी दिँदा समस्या भएको छ । त्यसैले त्यस्ता दीर्घरोगीलाई तीन महिनाको औषधी एकै पटक दिने व्यवस्था मिलाइएको छ । यसले नियमित औषधी सेवन गरिरहेका बिरामीका लागि ठुलो राहत हुने छ । स्वास्थ्य चौकीलाई स्वास्थ्य बिमाको फोकल बनाउन सकेको अवस्थामा बिरामी तत्काल स्वास्थ्य संस्था जान सक्छ । स्वास्थ्य सेवा पनि लिन सक्छ । अहिले फोकल स्थान टाढा भएर पनि समस्या भएको छ । पछि प्रत्येक स्वास्थ्य संस्थालाई बिमाको फोकल स्थान तोकेपछि दीर्घरोगीलाई अझ सहज हुन्छ । 

सरकारको अबको योजना नेपाल सरकारले बेसिक हेल्थ सर्भिसलाई अझै व्यवस्थित गर्ने गरी काम अगाडि बढाएको छ । प्रत्येक पालिकामा रहेका आधारभूत अस्पतालमा पनि आकस्मिक सेवा हुने गरी स्वास्थ्य सामग्री र जनशक्तिको व्यवस्था गर्ने तयारी भइरहेको छ । विशेषज्ञ अस्पतालले टेलिमेडिसिनमार्फत जिल्ला तथा दुर्गम क्षेत्रका बिरामीलाई सेवा दिने छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार स्वास्थ्य क्षेत्रको बजेट जसरी पनि १० प्रतिशत पु-याउने लक्ष्य पनि लिइएको छ । स्वास्थ्य क्षेत्रको बजेट १० प्रतिशत पु-याउन सकिएन भने प्राथमिक उपचार पनि दिन सक्ने अवस्था रहँदैन । गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य क्षेत्रको जनशक्ति बढाउनु पर्छ । स्वास्थ्य बिमालाई थप चुस्त र प्रभावकारी बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ । स्थानीय र प्रदेशसँग स्वास्थ्यका कार्यक्रम जोडेर अगाडि बढ्नु पर्छ ।  

कमेन्ट गर्नुहोस्