Saturday, January 17 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

देशैभर बाढीको बितन्डा

देशैभर बाढीको बितन्डा

एकाएक सुरु भएको अबिरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको छ। बाढी पहिरोले धेरैतिर सडक अवरुद्ध भएका छन्। थुप्रै व्यक्ति बासबाट विस्थापित भएका छन्। बाढीका कारण दुई जनाको निधन भएको छ भने केही बेपत्तासमेत भएका छन्। 

मुख्य राजमार्गहरू अबरुद्ध 

संघीय राजधानी काठमाडौं जोड्ने प्रमुख राजमार्गहरूमा पहिरोको अबरोधका कारण शनिबार दिनभर यात्रुले सास्ती बेहोरेका छन्। हेटौंडा–काठमाडौं सडक आधादर्जन स्थानमा पहिरोका कारण अबरुद्ध भएको छ। शनिबार रातिदेखि निरन्तर वर्षाका कारण हेटौंडा–भीमफेदी–कुलेखानी, कुलेखानी–चन्द्रागिरि, मातातीर्थ, कुलेखानी–सिस्नेरी र कान्तिलोकपथ सडकमा अबरोध भएको हो। मकवानपुर इन्द्रसरोबर गाउँपालिका–२ छेपारे स्थित दक्षिणकाली सडक, यही सडक खण्डमा इन्द्रसरोबर गाउँपालिका–५ महालक्ष्मी खोलानजिक मातातीर्थ, चखेल र देउराली जाने सडक खण्डमा पहिरो गएर बाटो अबरोध भएको प्रहरीले जनाएको छ। 

मकवानपुरको भिमफेदी ४ रातोमाटे, भीमफेदी ४ चिउरी बगैंचास्थित भैंसे भिमफेदी काठमाडौं सडक खण्डमा अविरल बर्षाको कारण पहिरो जाँदा बाटो अबरोध भएको छ। भीमफेदी गाउँपालिका–८ महादेवटार, प्रतापडाँडा र बकैया गाउँपालिका–१२ आले, बकैया ११ सिमात घुम्ती, ललितपुरको भट्टेडाँडास्थित कान्ति लोकपथ सडक खण्डमा अविरल वर्षाको कारण सडकमा माथिबाट पहिरो आई बाटो अबरोध हुँदा यातायात सेवा अबरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ। हेटौंडा भीमफेदी सडकअन्तर्गत भैंसेस्थित बागझोराको बाढीले पनि यात्रुहरूलाई दिनभर सास्ती दिएको थियो। 

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र चुम्लिङटारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ। लगातार परेको वर्षाको कारण फिस्लिङभन्दा केही अगाडि पहिरो खसेर बाटो अवरुद्ध हुँदा शनिबार दिनभर यात्रुले सास्ती बेहोरेका छन्। 

यस्तै अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–८ तिरतिरेधारामा पहिरोले सडक अबरुद्ध हुँदा शनिबार यातायात सेवा प्रभावित भएको छ। बीपी राजमार्गबाट यात्रा गर्ने यात्रु तथा सवारीले पनि शनिबार दिनर सास्ती बेहोर्नुपर्‍यो। काभ्रेको रोशी गाउँपालिकास्थित ८,९,१०,११ र १२ नम्बर वडामा पहिरो जाँदा सडक अबरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। अबरुद्ध सडकहरूको खुलाउन सडक बिभागको समन्वयमा काम भइरहेको प्रदेश प्रहरी कार्याल, हेटौंडाले जनाएको छ।

बस्ती डुबानमा

अविरल वर्षाका कारण हेटौंडा उपमहानगरपालिका–५ का विभिन्न स्थानका करिब २५ घर डुवानमा परेको मकवानपुर प्रहरीले जनाएको छ।

स्थानीय खोल्सीमा आएको भेलले निकास नपाएपछि शनिबार घर डुवानमा परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए। ‘मानवी क्षछि छैन, तर धेरै घरमा पानी पसेकाले डुबान हुने घरको संख्या बढ्न सक्छ’, उनले भने।

मकवानपुरगढी गाउँपालिका–२ कृपिडाँडास्थित सन्तवहादुर घलानको गोठ भासिएर चारवटा गाई गोठभित्र थुनिएकोमा प्रहरी र स्थानीयवासीले २ वटा गाई सकुशल उद्धार गरेको मकवानपुर प्रहरीले जनाएको छ। 

रुबिभ्यालीमा घरगोठ जोखिममा

अबिरल वर्षातका कारण धादिङको रुबिभ्याली ४ गोप्रेमा पहिरो खसी पाँच परिवारको घर गोठ जोखिमा परेको छ। शुक्रबार राति आएको पहिरोले स्थानीय खेपासी तामाङको ढुंगामाटोले बनेको २ तले घर १ वटा र १ तले घर १ वटा, योसिङ तामाङको ढुंगामाटोले बनेको १ तले २ वटा घर, दावा तामाङको गोठ, नामचेल तामाङको गोठ र याङजोप तामाङको गोठ पूर्णरूपमा जोखिममा रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जोखिमा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। 

सुरु भो कर्णाली कहर

कर्णालीमा हरेक वर्षा वर्षायाम सुरु भएसँगै यहाँका राजमार्गमा यात्रा गर्ने यात्रुहरूले सास्ती खेप्नुपर्ने बाध्यता नौलो विषय होइन। हरेक वर्षा झै यो वर्षा पनि लामो समयको खडेरीपछि बिहीबारदेखि आएको अबिरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग अबरुद्ध छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली राजमार्गको कालीकोट खण्डको ५ वटा स्थानमा पहिरो गएको छ। जसका कारण पूरै राजमार्ग ठप्प छ। जिल्लाको खाँडाचक्र नगरपालिका–२ हुल्म र सेरिघाट, वडा नं ६ मोल्फा, वडा नं. ४ छेका, शुभकालिका गाउँपालिकाको वडा नं. १ स्थित गगने खोलामा पहिरो खसेको छ। वर्षा नरोकिएकाले पहिरो पन्छाउन सकिने अवस्था छैन। पहिरोले सडकको पूरै भाग भाँसिएको छ। पहिरो पन्छाएर गाडी गुड्ने अवस्था बनाउन निकै समस्या छ। वर्षा रोकिएपछि पहिरो पन्छाएर यातायात सञ्चालन हुन सक्छ। तर, अहिले वर्षा निरन्तर भइरहेकाले पहिरोको थप जोखिम भएका कारण पन्छाउने काम भने सम्भव छैन। पहिरो आसपासका सडकहरूमा तलमाथिबाट आएका सवारीसाधन र यात्रुहरू अलपत्र अवस्थामा छन्। कतिपय ठाउँमा त यात्रुहरूलाई सहज रूपमा खान र बस्नका लागि समस्या छ।

यति मात्र होइन, कर्णाली राजमार्गको सुर्खेत, कालीकोट र जुम्ला खण्डका दर्जनौँ ठाउँमा कठिनपूर्ण सडकले यात्रा निकै जोखिमपूर्ण बनेको छ। दर्जनौं ठाउँहरूमा बर्सेनि पहिरो खस्ने समस्या छ। कतिपय ठाउँमा राजमार्ग राजमार्ग जस्तै छैन। छ पांग्रे गाडीलाई साइड दिन नपुग्ने सडकमा १० पाँग्रे गाडी पनि आउँछन्। सडक पुरै खाल्डाखुल्डी र हिलाम्मे छ। मान्छेसँगै गाडीको पनि बिजोग हुन्छ। कर्णाली राजमार्गको दहिखोलादेखि जुम्लासम्म ४३ ठाउँमा बर्सेनि पहिरो जान्छ। कालीकोट र दैलेखको सिमाना दहिखोलादेखि जुम्लासम्म दहिखोला, गगने खोला, काले खोला, एसमोड, जिते बजार, शेरीघाट, मेयर खोला, सुनार खोला, ताडी, गल्ली, सिम्लेगाड, मोल्फा, पिली, शेराबाडा, बाली, राचुली, भिक्म, राराली लगायतका ४३ ठाउँहरूमा बर्सेनि पहिरो जाने समस्या छ।

नदीले धार परिवर्तन गर्दै, स्थानीय विस्थापित

सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा बझाङका १८ परिवार विस्थापित भएका छन्। सेती नदीमा आएको बाढी थलारा गाउँपालिका–९ झ्याँबगर गाउँ र केदारस्युँ गाउँपालिका–१ को पथुडातिर सोझिदा झ्याँबगरका १४ र पथुडाका ४ परिवार गरी १८ परिवार विस्थापित भएका हुन्। झ्याबगर गाउँ दुइटा भंगालोको बीचमा परेको छ। गाउँ डुबानमा परेपछि १४ परिवार स्थानीय विस्थापित भएका हुन्। 

‘गाउँको बीचमा सेती नदीको भंगालो पसेपछि बिहानै गाउँ छोडेका छौं,’ झ्याँबगरका स्थानीयसमेत रहेका थलारा गाउँपालिका–९, का वडाध्यक्ष लोकेन्द्र बिस्टले भने, ‘नदीको सतह बढेको बढ्यै छ। जुनसुकै बेला पनि गाउँ बगाउन सक्छ।’

बिहान पानीको सतह बढेपछि मानिस र वस्तुभाउ जोगाउन सफल भए पनि घरभित्रको सामान जोगाउन नसकेको जनप्रिय माध्यमिक विद्यालयका शिक्षकसमेत रहेका अर्का स्थानीय नवीनबहादुर बिस्टले बताए। 

यस्तै केदारस्युँ १ पथुडाका मंंगल भण्डारीले पनि सेतीले हेर्दाहेर्दै आँगनका रोपेका खेतहरू बगाएको र कटान नरोकिएकाले घर छोडेर भागेको बताए। उनले भने, ‘हेर्दाहेर्दा रोपेका खेतहरू बगिसके। अब घर बग्न बेर लाग्दैन। हामी चार परिवारले घर छोडिसक्यौं अझैं तीन घरका पनि विस्थापित हुने क्रममा छन्।’

सेती नदीले केदारस्युँ १ को देउरा पथुडा र रायल, थलारा गाउँपालिकाको वडा नम्बर ९ का झ्याबगर, लिस्ताडा, वडा नम्बर १ को रेगम, छबिसथिभेरा १ को भण्डारी गाउँ, परिङ्गाल, बगडगाउँ र जयपृथ्वीनगर पालिकाको वडा नम्बर ११ भोपुरमा सेती नदीले धारी परिवर्तन गरी कटान सुरु गरेको छ। लगातारको बर्षा पछि सेतीमा आएको बाढीले केदारस्युँको पथुडामा दुइटा पोल बगाउँदा बझाङको विद्युत् सेवा पनि अबरुद्ध भएको छ। 

लगातारको वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध हुने र सुचारु हुने भइरहेको छ। बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द हुन थालेपछि जिल्लाभरीको आवागमन प्रभावित हुँदै आएको छ। 

त्यस्तै निरन्तरको झरीले सोलार प्यानलमा घाम लाग्दा बझाङका ग्रामीण भेग सम्पर्कविहीन भएका छन्। 

दाङमा पानी पर्दा बर्दियामा डर

अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ भने किसानहरू खुसी छन्। शनिबार बबई नदीमा पानीको सतह चेतावनी तह नजिक पुग्यो। लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा परेको अविरल बर्षाका कारण बर्दियाको चेपाङ नदी मापन स्टेसनमा चेतावनी तहनजिक पुगेको छ। समाचार तयार पारुञ्जेलसम्म बर्दियाको चेपाङ जल मापन केन्द्रमा ५ दशमलव ५० मीटर चेतावनी तह र ६ दशमलव ८० मिटर खतराको तह मानिन्छ। जल तथा मौसम विज्ञान विभागको वेभसाइड हाइड्रोलोजीमा जनाएअनुसार चेपाङमा शनिबार पानीको सतह बढेर अधिकतम ५ दशमलव ४४ मीटर सम्म पुगेको छ। 

त्यस्तै गुलरियास्थित भादा पुलमा ७ मिटर चेतावनी तह र ८ मिटर खतराको तह मानिन्छ। चेपाङमा नदी बढेसँगै यहाँ पनि नदी बढ्ने गर्छ। शनिबार भादा पुलमा नदीको सतह ५ मीटर पुगेको छ। चेपाङको पानी गुलरिया सदरमुकामसम्म आइपुग्न ६ घण्टा लाग्छ। दाङमा परेको पानीले बबई नदीको जलस्तरलाई प्रभाव पार्ने गर्छ। शुक्रबार र शनिबार गरी २४ घण्टामा दाङको घोराई बर्षा मापन स्टेसनमा २ सय ५८ दशमलव २ मिलिमिटर, बबईको शुक्रबारेमा २ सय ८ दशमलव २ मिलिमिटर र बबईको रातामाटेमा २ सय ६३ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ। 

२४ घण्टाको अवधिमा १ सय ४० मिलिमिटर बर्षालाई खतरा मानिन्छ। नदी बढ्ने क्रम जारी रहेको र खतराको तहसम्म पुग्न सक्ने भएकाले स्थानीयहरूमा सर्तकता अपनाउन स्थानीय प्रशासनको सूचना जारी गरेको छ। बबई नदीको जलस्तर बढेपछि जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले नदी तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले उच्च सर्तकता अपनाउन सचेत पारेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। वर्षा निरन्तर भइरहेकोले जोखिम हुन नदिन विपद्का सबै निकाय अलर्ट अवस्थामा राखिएको उनको भनाइ छ।

रोल्वालिङमा १ बेपत्ता 

शुक्रबार राति दोलखाको रोल्वालिङ खोलामा आएको बाढीले रोल्वालिङ पदमार्ग डोगाङमाहोटल सञ्चालनगरिरहेकी ६४ वर्षीय जाङ्मु शेर्पा सम्पर्कविहीन भएको गौरीशंकर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए। छ्योतछ्योत सिमिगाउँकाजाङ्मु शेर्पा करिब ३० वर्षादेखि गौरीशंकर–९ डोगाङमाहोटल व्यवसायगर्दै आएकीथिइन्।पहिरोमा परी डोगाङको तीनवटा ठूला र पाँचवटा सानाहोटलसमेत गरी ८ वटा होटलबगाएको छ। शनिबार बिहानैबाट पालिकाको सक्रियतामा सुरक्षाकर्मी, स्थानीय नागरिक लगायतले उद्धार तथा खोजीकार्य गरिरहेको गाउँपालिकाले जनाएको छ।

पहिरोले चौकी पुरियो 

बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा पहिरो जाँदा प्रहरी चौकी पुरिएको छ।

शनिबार दिउँसो बागलुङ नगरपालिका–६ को पञ्चकोटधाम मन्दिर जानेबाटोमा लगाइएको पर्खाल भत्किँदा प्रहरीचौकी पञ्चकोटको चार कोठे कच्ची भवनको ३ कोठा पुरिएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले भवन माथिबाट झरेको पहिरोले प्रहरी चौकीको तीन कोठा पुरिएको बताए। उनले चौकीमा कार्यरत प्रहरीहरू सुरक्षित रहेको बताए।

प्रहरी उपरीक्षक कँडेलले पहिरोले भवन पुरिएपछि प्रहरीलाई पञ्चकोट मन्दिरको गण्डकी सभा हलमा व्यवस्थापन गरिएको जानकारी दिए। पहिरोले भत्किएको भवन पनि पञ्चकोटधाम मन्दिरको हो। मन्दिरले प्रहरी चौकी राख्नका लागि चार कोठे भवन दिएको थियो।

कालीगण्डकी कोरिडोर अवरुद्ध

अविरल वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। कालीगण्डकी कोरिडोरको धेरै स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। कालीगण्डकी कोरिडोरअन्तर्गत बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा पनि पहिरो खसेको छ। सडक माथिबाट निरन्तर 

बगिरहेको पहिरोका कारण सडक अबरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवले जानकारी दिए। करिडोरको पहिरोका कारण सडक रोकिँदा बागलुङदेखि बुटवल भैरहवा र भैरहवादेखि बागलुङका लागि कुनै पनि सवारीसाधन चल्न नसकेको यादवले बताए।

वर्षाको कारण बागलुङ नगरपालिका–१० को दव्ल्याङमा शुक्रबार राति पहिरो खसेको छ। सडकनै पहिरोले बगाउँदा जिल्लाको दक्षिण क्षेत्रमा चल्ने सवारीसाधन चलेका छैनन्।

बागलुङ नगरपालिका–४ बान्द्रेमा पहिरोको कारण बागलुङ–बेनी सडकखण्ड अवरुद्ध भएको छ। शनिबार दिउँसो पहिरो जाँदा सडक अवरुद्ध भएको हो। प्रहरीले पहिरो हटाएर शनिबार साँझदेखि साना सवारीहरू एक तर्फि सञ्चालनमा ल्याएको छ।

जलविद्युत् आयोजनाको बाँध पुरियो

पहिरोले जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरिएको छ। जैमिनी वडा नम्बर १ र ४ को बीच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत् आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो।

कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पुर्‍याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लीलानाथ पौडेलले बताए। पहिरोका कारण बाँध पुरिँदा विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको छ। १.५ मेगावट विद्युत् उत्पादन हुने आयोजनालाई पुनःसञ्चालन गर्न समय लाग्ने पौडेलले बताए।

पुल र कुलोमा क्षति

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी खोला बाढीले त्यहाँँको पुरानो काठेपुल र सिँचाइ कुलोमा क्षति पुगेको छ। खोलामा आएको बाढीले घमी र ढाक्मर जोड्ने पुरानो काठेपुल बगाएको हो। घमी गाउँको सिँचाइ कुलोको करिब सय मिटर डे«न समेत बाढीले क्षति तुल्याएको छ। 

बाढीले पुरानो (घमी–ढाक्मर) गाउँ जोड्ने बगाएपछि त्यस क्षेत्रका स्थानीयवासी तथा पर्यटकलाई समेत आउजाउमा समस्या परेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। अहिले बाढीले काठेपुल बगाएपछि स्थानीयवासीले जोखिम मोलेर घमी खोला तर्नुपर्ने आवस्था आईपरेको अध्यक्ष बिष्टको भनाइ छ। 

बाढीले सिँचाइ कुलो क्षति बनाएपछि क्षतिग्रष्त स्थानमा पुनः सिँचाइ कुलो निर्माण गर्न गाउपालिकाले तत्कालै कदम चालेको अध्यक्ष बिष्टको उल्लेख गरे। घमी सिँचाइ कुलो मर्मत गर्न करिब १० लाख बढी रकम लाग्ने र गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट छुट्याइएको बजेटबाट कुलो मर्मत गरिने अध्यक्ष बिष्टको भनाइ छ।

कालीगण्डकी नदी कटान र मुख्य सडक भाँसिने र भत्किँदै सडक साँघुरो बनेपछि त्यहाँँ सडक सुरक्षा जोखिम उत्पन्न भएको थियो। सडक जोखिम न्यूनीकरण गरी सडक आवागनलाई सुरक्षित बनाउन शुक्रबारदेखि तालुकदार कार्यालय पूर्वाधार विकासले पहल थालेको कार्यालय प्रमुख अजय श्रेष्ठले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालयको रोहबरमा शुक्रबार जिल्ला व्यवस्थापन समितिको बैठक बस्यो। बैठकले मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले ३ दिन भारी वर्षा हुने जनाएपछि संम्भावित विपद्का घटना हुन नदिन र भैहालेमा विपद् प्रतिकार्यलाई राज्यका सबै निकाय र स्थानीय समुदाय र नागरिकलाई सचेत तुल्याउन बैठक केन्द्रित थियो। बैठकले बेनी–जोमसोम सडकखण्डको मुस्ताङ खण्डमा मुख्य सडकमार्गमा हुनसक्ने क्षतिको पहिचान गर्ने त्यसका लागि स्थानीय तह,सुरक्षा निकाय र आवश्यक उपकरणसहित विपद् प्रतिकार्यका लागि चाहिने सबै प्रकारका सामग्री व्यवस्थापन गरी तैयारी अवस्थामा रहने निर्देशन भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

होटलसँगै पुरिएकाको उद्धार

ओखलढुंगामा पहिरोले दुइटा टहरासहित आमा छोरी पुरिएका छन्। भोजपुर घर भइ सिद्धिचरण नगरपालिका १२ मा होटल गर्दै आएकी इन्दिरा खत्री र उनकी छोरी १३ वर्षीया लक्ष्मी विष्टलाई टहरासँगै पहिरोले पुरेको हो। 

प्रहरी र स्थानीयको सहायतामा उनीहरूको उद्धार गरेर उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको छ। घाइतेमध्ये १३ वर्षीया विष्टको दुवै खट्टामा गम्भीर चोट लागेको छ। 

घाइतेको ओखलढुंगा सामुदायिक अस्पतामा उपचार भइरहेको छ। थप उद्धार तथा सडक खुलाउने काम भइरहेकोे प्रहरीले जनाएको छ। 

पहिरोले बनायो घाइते

अविरल वर्षाका कारण गुल्मीमा शनिबार एक घर पुरिएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका–३ ठाँटीमा अवस्थित रूपा टमाटाको घर पुरिएको हो। घरमा उजेली भनेर चिनिने रूपा टमाटा र उनकी छोरी बस्दै आएका थिए। शनिबार बिहानै माथिबाट खसेको पहिरोले घर पुरिएको थियो। पहिरोका कारण घरभित्र बसेकी टमाटा पनि पुरिएकी थिइन्। 

पहिरोले घर पुरेपछि रूपालाई स्थानीय, प्रहरी र जनप्रतिनिधिले उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिका १ का वडासदस्य घनश्याम ज्ञवालीले जानकारी दिए। पहिरोमा पुसरिएकी टमाटा घाइते भएकी छिन्। हातको संकेतका आधारमा उनको उद्धार गरिएको र उपचारका लागि उनलाई रिडी स्वास्थ्य चौकीमा लगिएको वडा सदस्य ज्ञवालीले बताए। छोरी घाँस काट्न गएकाले उनी पहिरोबाट बचेको स्थानीयको भनाइ छ।

वर्षाका कारण मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी तम्घास सडकका विभिन्न ठाउँमा माथिबाट पहिरो खसेको छ। बिहानैदेखि पहिरो खसेका स्थानमा जेसिबी मेसिनको प्रयोग गरेर सडक सुचारुको काम भइरहेको प्रहरीले जनाएको छ। केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण गुल्मीका विभिन्न सडकहरू अवरुद्ध हुन पुगेका छन्।

उता रिडी–तम्घास सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–४ कालीका मोडमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

घर–गोठ पुरिए

पहिरोसहित खसेको ढुंगाले घर पुरिदा पाल्पा रिब्दीकोट गाउँपालिका–३ माल्मुमकी मिना विकको जस्ताले छाएको एक तले कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। रामपुर नगरपालिका–९ मधुकोटका कमलबहादुर साठीघरको पहिरोले गोठ पुरिँदा पशुचौपाया मरेका छन्। गोठ पुरिदा भैंसीको पाडी, २ वटा बाख्राका पाठी र एक वटा खसी पुरिएर १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। 

राजमार्गहरू अवरुद्ध 

लगातारको तिन दिने वर्षाको कारण कालीगण्डकी कोरिडोरअन्तर्गत रामपुर–पीपलडाँडा सडक अवरुद्ध भएको छ। रम्भा गाउँपालिका १ हुँगीस्थित सडकमा माथिबाट सालका रुखसहित खसेको पहिरोले सडक अवरुद्ध भएको हो। सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डको चर्चरे कालीमाटी, हिउदे खोलामा लेदो र पहिरोको कारण बन्द हुने खुल्ने भएको छ।

विभिन्न स्थानमा डुवान 

पाल्पाको अन्नभण्डारका रूपमा रहेको माडी फाँट डुवान भएर जलमग्न भएको छ। तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका र माथागढी गाउँपालिकाको अधिकाश भूभागको पानी माडीफाँट भएर बग्ने गरेको भए पनि निकास तिनाउँ खोलामा रहेकोमा सिँगो माडीफाँट नै डुवानमा परेको हो। तानसेनको प्रभास र बासटारी फाँटमा अविरल बर्षाको कारण डुवानमा परेको छ। रुरु क्षेत्र रिडीमा कालीगण्डकी र रिडी खोलाको कारण हृषिकेशव मन्दिरको गेट सम्म डुवान भएको छ। पर्यटकीय स्थल रानीमहलको तलो गेट सम्म कालीगण्डकीको बहाव पुगेर जलमग्न भएको छ। रानीमहल क्षेत्रमा भएको डुवानमा बगरमा रहेका करीव आधा दर्जन होटल टहराहरू डुवानमा परेका छन। 

पाल्पामा पर्‍यो सबैभन्दा बढी ४०६ मिलिमिटर पानी 

बाढी पूर्वानुमान महाशाखाले प्रकाशित गरेको शनिबार दिउँसोको रिपोर्टमा देशभरीमा सबैभन्दा बढी पाल्पामा वर्षा भएको छ। महाशाखाले प्रकाशित गरेको सूचनाअनुसार पाल्पाको कुमाल गाउँमा देशभरीमा सबैभन्दा बढी ४०६ मिलिमिटर पानी परेको जनाएको छ। पाल्पाकै गैंडाकोट ३०७ मिलिटिर, जल्पामा ३०४.६ मिलिमिटर, पाल्पाकै अर्चले २८०. ४मिलिमिटर, बल्ढेङगढीमा २०७ मिलिमिटर बर्षा भएको महाशाखाले जनाएको छ। पाल्पाका ठूला नदी कालीगण्डकी, तिनाउ नदी सँगै गाउँघरका स साना खोला देखि खहरे खोलाहरूमा बाढीको उच्च जोखिम भएको छ। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई हल्का वर्षा, ५० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई मध्यम वर्षा, १०० मिलिमिटरभन्दा तलको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। २०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ भने २ सय मिलिमिटरभन्दा पनि माथिको वर्षा हुनुलाई अति भारी वर्षा भन्ने गरिन्छ। 

यातायात ठप्प 

म्याग्दीको रघुुगंगा र अन्नपूूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्खासँगै पहिराहरू सक्रिय हुन थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ। 

सडक माथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिक जसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो। 

सडक अवरुद्ध हँुदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकहरू घण्टौ सम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। 

‘रघुुगंगा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको गुइठे भिरको पहिरो बर्खायामको सुरुवातसँगै सक्रीय भएका छन्,’ उनले भने ‘अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रूपसे, काभ्रेभिर, घोप्टेभिर देखि मुुस्ताङको लेतेसम्म बर्खा यामको यात्रा जोखिम र सास्तीपूूर्ण बनेको छ।’

सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यही अनुरूप डीपीआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको थियो। 

म्याग्दी प्रमुुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अल्पकालीन रूपमा पहिरो नियन्त्रण, यातायात सञ्चालनका लागि सडक विभागका उपकरण, प्राविधिक, मजदुरका साथै सुुरक्षा निकायलाई पनि परिचालन गरिएको बताए। 

तौलिहवाबजार डुबानमा

कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार क्षेत्रका घरहरू डुबानमा परेका छन्। बजार क्षेत्रभित्रका पोखरीहरू जलमग्न हुँदा पोखरीबाट निस्कने पानीको व्यवस्थापन हुन नसक्दा बजार क्षेत्रका घरहरू डुबानमा परेका हुन्। 

तौलिहवाबजार क्षेत्रको गौढी चौक, चौक बजार, नयाँ टोल, जमुवार टोल र आसपासका टोल, बस्तीका घर भित्रपानी पसेको छ। बजार क्षेत्र र हुलाकी सडक समेत जलमग्न बनेको छ। 

वाणगंगा नदीको तलो तटीय क्षेत्र अन्तर्गत महाराजगञ्ज नगरपालिकाको हरदौना क्षेत्रमानदी कटान बढ्दै गएको र पानीको सतह बढिरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललेबताए। हरदौना गाउँका २ घर नदी कटानबाट उच्च जोखिम भएका कारण उनीहरूलाई अन्यत्र सारिएको छ।

जिल्लामा बाढीबाट हुन सक्ने विपद् व्यवस्थापनका लागि सुरक्षा निकायका सबै संयन्त्रहरू तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी विश्व अर्यालले बताए। 

जनजीवन प्रभावित

पोखराःअबीरल वर्षाको कारण कास्कीमा जनजीवन प्रभावित भएको छ। अबिरल वर्षाको कारण सेतीनदीमापानीको बाहब बढेपछि पोखरा १४ गोष्टी टोलस्थित सेती नदीको किनारमा बसोबास गर्ने ५ घर धुरीका २३ जना परिवार सम्पूर्ण सामग्रीहरूसहित गोष्टी टोल विकास संस्थाको भवनमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

यसरी सुरक्षित स्थानमा राखिएका हरूमा विष्णुमाया सुनुवारको ५ परिवार, डोल्मा शेर्पाको ७ जना परिवार, सुकदेव गुरुङको ४ जना, डावा शेर्पाको ४ जना र काजी शेर्पाको ३ जना परिवार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले बताए। 

यसैगरी अबिरल वर्षाको कारण पहिरो जाँदापोखरा ३२ डाँडागाउँस्थित राजन विकको १ तले घरको माथिबाट पहिरो खसेर घर सँगै जोडिएको भान्सा कोठा भत्किएको प्रहरीले जनाएको छ।

अछाममा त्रास

अछाम बिहीबारदेखि लगातार परेको वर्षाका कारण बूढीगंगा नदीमा पानीको वहाब बढेको छ। निरन्तर परिरहेको वर्षाका कारण बूढीगंगा, छिपेखोला, प्रभाली खोलामा पानीको सतह ह्वात्तै बढेको छ। नदी खोलामा बाढी आएसगै आसपासका बस्तीहरू र खेतीयोग्य जमिन उच्च जोखिममा परेका छन्। बाढीका कारण नदी आसपासका स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्। साँफेबगरमा रहेको विद्युत् प्राधिकरणको कार्यालय डुबानमा परेको छ। 

बूढीगंगा नदी तटिय क्षेत्रका नागरिकहरूलाई सचेत र सुरक्षित रहन सूचना जारी गरेको साँफेबगर नगरपालिकाका मेयर राजेन्द्रबहादुर कुँवरले बताए। उनले भने,‘तिन दिन देखिको वर्षाले नदीमा बाढी आएको छ, आसपासका स्थानीय बासिन्दाहरूलाई सजग रहन सुरक्षित ठाउँमा बस्नु भनेर सूचना गरेका छौं।’जोखिम आकलन गरी सुरक्षित स्थानमा रहन मेयर कुँवरले आग्रह गरे। 

वर्षाका कारण साँफे मार्तडि सडकखण्डको बुढाबगरमा पहिरो गएर सडक अबरुद्ध भएको र सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए। 

उनले भने, ‘वर्षाका कारण अधिकाश ग्रामीण सडक बन्द भएका र नदी खोलाहरूमा बाढी आएको सूचना पाएका छौं,जिल्लामा कुनै अप्रिय घटना घटेको छैन,हुन सक्ने समभावित घटनाहरूलाई मध्ये नजर गर्दे सबै सयन्त्रहरू तयारी अवस्था छन्।’ 

कोशी ब्यारेजमा खतरा

लगातरको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ। पूर्वी पहाडी जिल्लाहरूमा निरन्तर वर्षात भएपछि सप्तकोशीमा पानीको बहाब उच्च भएको हो। 

शनिबार बेलुका ७ बजे सप्तकोशीमा पानीको बहाब प्रतिसेकेन्ड ३ लाख ७ हजार ९ सय २५ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले जानकारी दिएका छ्न। सप्तकोशीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका ५६ मध्य ४० मात्र ढोका खोलिएका छन्। सप्तकोशी नदीमा परि सेकेन्ड एकलाक ५० हजार क्युसेक पानी कोन्बहब पुगेपछि खतरा मानिन्छ। 

सप्तकोशीमा पानीको बहब उच्च हुँदासमेत कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोशीले बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापुमा कटान सुरु गरेको सन्तोष चन्द्रबङ्शिले बताए। उनले सप्तकोशीमा पानीको बहाव उच्च भएको बेला ब्यारेजका सबै ढोका खोल्न माग गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले सप्तकोशी आसपासका बासिन्दालाइ बाढि आएको समयमा उच्च सत्रकता अपनाउन अनुरोध गरिएको बताए। उनले सप्तकोशीको बाढीबाट हुने क्षतिलाई नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको बताए।

स्याङ्जामा २ को मृत्यु, १ बेपत्ता

शुक्रबार साँझदेखिको निरन्तर वर्षासँगै आएको पहिरोका कारण स्याङ्जाको बिरुवा गाउँपालिका–६ लामाखेतमा दुई जनाको ज्यान गएको छ। बिरुवा ६ माझकोट बस्ने ६५ वर्षीय गुईश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्मा रहेको जिल्ला प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

बिरुवा गाउँपालिका–६ लामाखेतस्थित सोही ठाउँ बस्ने ईश्वरी लम्सालको घरमा पहिरो जाँदा माझकोट बस्ने ७१ वर्षीय माधव शर्मा बेपत्ता भएको उनले बताए।

सोही पहिरोमा परी ५ जना घाइते भएका छन्। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

कमेन्ट गर्नुहोस्