Tuesday, May 20 2025
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

मौद्रिक नीतिः यस्ता नयाँ प्रावधान

मौद्रिक नीतिः यस्ता नयाँ प्रावधान

काठमाडौँ, साउन ११ गते । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई खुकुलो बनाएको छ । समग्र मौद्रिक तथा वित्तीय क्षेत्र व्यवस्थापनका लागि राष्ट्र बैंकले सन्तुलित ढङ्गले सजगताका साथ लचिलो मौद्रिक नीति ल्याएको गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको पनि स्वयं गभर्नर अधिकारीले बताइसक्नुभएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका केही मुख्य व्यवस्था यस प्रकारका छन् ।  

बैंकदर र नीतिगत दर घटाइयो 

ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट साढे छ प्रतिशत र नीतिगत दर साढे पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ ।

निर्माण व्यवसायीलाई राहत 

मौद्रिक नीतिले निर्माण व्यवसायीलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मङ्सिर मसान्तसम्म थप गर्ने, उनीहरुलाई चेक अनादर भएका आधारमा मात्र कालोसूचीमा समावेश नगर्नेलगायत विभिन्न सहुलियत दिइएको छ ।

पुँजीकोषमा सहजता 

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजीकोष व्यवस्थापनमा सहजता, असल कर्जामा गर्नुपर्ने विद्यमान एक दशमलव २० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर एक दशमलव १० प्रतिशत कायम गरिएको छ । त्यस्तै, रेगुलेटरी रिटेल पोर्टफोलिया (आरआरपी)को सीमालाई दुई करोडबाट बढाएर दुई करोड ५० लाख कायम गर्नेलगायत व्यवस्था ल्याइएको छ ।

चालु पुँजीकर्जा मार्गदर्शन संशोधन 

‘भेरियन्स एनालिसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८२ साउन १ गतेदेखि लागू हुनेगरी समयावधि थप गर्ने तथा लघु, घरेलु, साना एवम् मझौला उद्यमका लागि तोकिएको एक करोडको सीमालाई पुनरावलोकन गर्ने गरी चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

संस्थागत शेयर धितो कर्जाको सीमा हट्यो 

संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिएको छ । व्यक्तिगततर्फको १५ करोडको सीमा भने यथावत राखिएको छ ।

कर्जा वर्गीकरण 

निष्क्रिय वर्गको कर्जा नियमित भइसकेको अवस्थामा छ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जनगरी छ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था ल्याइएको छ ।

बिनाधितो ऋण 

चालु आर्थिक वर्षको बजेटमा परेको वैदेशिक रोजगारमा जानेका लागि बिनाधितो ऋण दिने व्यवस्थालाई मौद्रिक नीतिले पनि समेटेको छ । त्यस्तै, कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जा सहज बनाउने नीति पनि राष्ट्र बैंकले लिएको छ ।

कानुन निर्माण 

सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा बनाएर सरकारलाई बुझाउने र कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स-एआई) मार्गदर्शन तयार पार्नेलगायत विषयहरु मौद्रिक नीतिमा परेका छन् ।

सहकारी र लघुवित्त क्षेत्र व्यवस्थापन 

बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको राष्ट्र बैंकले सहयोग गर्ने मौद्रिक नीतिमा उल्लेख छ । 

बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउन नेपाल सरकारसँग समन्वय गरिने पनि राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, लघुवित्त संस्थाहरु गाभ्ने, कर्जाको पुनर्तालिकीकरण गर्ने तथा सेवा शुल्क परिमार्जन गर्ने, सेवाग्राहीको गुनासो व्यवस्थापनमा बढी ध्यान दिनेलगायत व्यवस्था राखिएका छन् ।

आयात खुकुलो 

ड्राफ्ट तथा टिटीका माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धिगरी अमेरिकी डलर ५० हजार कायम गरिएको छ । त्यस्तै, डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डकुमेन्ट अगेन्स्ट एसेप्टेन्सका माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धिगरी अमेरिकी डलर एक लाख कायम गरिएको छ । यी व्यवस्थाले वस्तु आयात केही बढ्ने अनुमान गर्न सकिन्छ ।

डलर खाताबाट हुने भुक्तानी सीमा बढाइने 

नेपालमा खोलिएका परिवत्र्य विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई वृद्धि गरिने मौद्रिक नीतिमा उल्लेख छ । त्यस्तै, राहदानीबापत उपलब्ध हुने विदेशी मुद्रा सटही सुविधासम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्ने नीति पनि राष्ट्र बैंकले लिएको छ । विप्रेषण आप्रवाह, भ्रमण, व्यापारलगायतका क्रियाकलापलाई थप सहज हुनेगरी सटही गर्न सकिने विदेशी मुद्राहरुको विद्यमान सूची पुनरवलोकन गरिने जनाइएको छ ।

भुक्तानी प्रणाली सुधार 

राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना पार्ने मौद्रिक नीतिमा उल्लेख छ । त्यस्तै, भुक्तानी, समाशोधन र फर्छ्याेटसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई पब्लिक लिमिटेड कम्पनी बनाइनेछ ।

कर्जा विस्तारमा जोड 

चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले राखेको छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिने मौद्रिक नीतिमा उल्लेख छ । चालु आर्थिक वर्षका लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२ दशमलव पाँच प्रतिशतसम्म रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ ।

चेक बाउन्स हुँदैमा कालोसूचीमा नराखिने 

चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्नेलगायतका व्यवस्था परिमार्जन गर्नेगरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गर्ने नीति राष्ट्र बैंकले लिएको छ । त्यस्तै, प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कुनै कारणबस कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।

ऋणपत्र क्षेत्रगत कर्जामा गणना गरिने 

चालु आर्थिक वर्षको मौद्रिक नीतिले ऊर्जासम्बन्धी ऋणपत्रहरुलाई क्षेत्रगत कर्जाका रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्न ऊर्जा क्षेत्रसँग सम्बन्धित विशिष्टीकृत संस्थाबाट जारी गरिएका ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न सकिने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ । रासस 

कमेन्ट गर्नुहोस्