काठमाडौं : काठमाडौंमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले संकटालाई ३–० गोल अन्तरले पराजित गरेको हो। एपीएफलाई जित दिलाउन सरु लिम्बुले खेलको १३ औ मिनेट, अनिता केसीले ५० र सविता राना मगरले खेलको ६४ औं मिनेटमा गोल गरेकी थिइन्। जितसँगै ६ खेलमा १६ अंक जोड्दै एपीएफ तालिकाको शीर्ष स्थानमा कायमै छ भने समान खेलबाट संकटाको ५ अंक रहेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।
कमेन्ट गर्नुहोस्