काठमाडौँ, असोज १६ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताउनुभएको छ ।
मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताउनुभएको हो । मन्त्री पाण्डेले भन्नुभयो, ‘बाढी पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छ।’
साथै मन्त्री पाण्डेले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान साढे चार बजेदेखि राति अपरेसनको समयमा आवश्यकता अनुसार उडान हुने उल्लेख गर्नुभएको छ।
कमेन्ट गर्नुहोस्