हेटौँडा, कात्तिक ७ गते। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ र बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपालबिच कार्यसम्पादन करार सम्झौताभएको छ।
चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमको प्रभावकारी कार्यान्वयन र परिणाममुखी बनाउन प्रदेश सुशासन ऐन २०७७ मा भएको व्यवस्था अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री लामा र आयोगका उपाध्यक्षबिच कार्यसम्पादन करार सम्झौता भएको हो।
सम्झौतापछि आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री लामाले प्रदेश सरकारको योजना छनोट गर्ने विगतको परम्परागत शैलीमा परिवर्तन आवश्यकभएको भन्दै योजना बैङ्क कार्यान्वयनमा जोड दिनुभयो।
आयोगका उपाध्यक्ष नेपालले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमहरूको कार्यसम्पादनलाई थप प्रभावकारी, नतिजामूलक तथा नागरिकमैत्री बनाउन आयोगको अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री लामासँग ११ बुँदे कार्यसम्पादन करार सम्झौता गरेको बताउनुभयो।
कमेन्ट गर्नुहोस्