काठमाडौँ, मङ्सिर ५ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगै जान नसक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) को प्रचार विभागले बिहीबार आयोजना गरेको सम्पादकसँग अन्तक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उपमहासचिव ज्ञवालीले राजनीतिलाई स्थायित्व दिने हो भने विकास र समृद्धिसँगै जनतामा डेलिभरी पनि चाहिने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘निरन्तर निगरानी लोकतन्त्रको खवरदारी हो । प्रचण्डले चौथो अश्यास गरेपछि समस्या भयो । मसँग म्याजिक नम्बर छ भनेर त्यसको जगमा उभिएर पछि हामी गम्भीर भयौँ। यो गठबन्धनका परिवर्तनका मुख्य स्टेक होलडर हौँ । लोकतन्त्र खतरामा पर्छ भनेर हामीले सात बुँदे सहमति गरेको हो ।’’
उहाँले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहितका दलको सहकार्यमा सरकार बनेपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको र जनतामा भरोसा जगाएको पनि उल्लेख गर्नुभयो । उहाँले खलबलिएको अन्तर्राष्ट्रिय सम्मबनधलाई सुधार गर्ने र सुशासनमा सुधारको संकेत दिने कुरा अहिलेको सरकारका सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।
उपमहासचिव ज्ञवालीले शान्तिपूर्ण ढंगले सडकमा जाने कुरा ठिक भएपनि अहिले जुन ढंगको भाष्य निर्माण गर्ने प्रयास भैरहेको छ, त्यो गलत भएको दाबी पनि गर्नुभयो । विधिको शासनमा सबैलाई कारबाही हुन्छ भन्दै अहिले सकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा गरिएका आन्दोलनको कुनै औचित्य नभएको उहाँको भनाई थियो ।
उहाँले रामायणमा सीताले समेत अग्नि परिक्षामा दिएको सन्दर्भ उल्लेख गर्दै रास्वपा सभापतिप्रति एमालेले कुनै प्रतिशोध नसाँधेको पनि उल्लेख गर्नुभयो । रास्वपा र लामिछानेसँग एमालेको कुनै प्रतिस्पर्धा नरहेको भन्दै अहिले लामिछाने पक्राउ परेपछि एमालेप्रति लगाएको आरोप गलत भएको टिप्पणी गर्नुभयो ।
उहाँले विधिको शासनमा सबैलाई कारबाही हुन्छ भन्ने सन्दै एमालेले कोशी प्रदेशका बहालवाला मन्त्रीको समेत बचाउमा एमाले नलागेके सन्दर्भ उल्लेख गर्नुभयो । ‘‘अहिले रास्वपामा अरुलाई कानुन लागे पनि हामीलाई लाग्नु हुन्न भन्ने भाष्य निर्माण गर्ने प्रयास भैरहेको छ त्यो गलत छ,’’ ज्ञवालीले भन्नुभयो । उहाँले सबैतिर वेथिति मात्रै छ भन्ने कुराका विरुद्धमा दलहरु बोल्नुपर्छ मर्यादामा मात्रै लोकतन्त्र रहन्छ, भन्नुभयो ।
ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको ‘फेक’ डकुमेन्ट, रवीन्द्र मिश्रसँग प्रचण्डले गरेको कुराकानी र प्रचण्डले भारतीय सञ्चार माध्ययमलाई दिएका अभिव्यक्ति जस्ता कुराहरु अस्थिरताको हुँइया चलाउनेहरुको योजनाबद्ध हर्कत भएको पनि उल्लेख गर्नुभयो ।
उहाँले प्रचण्डका अभिव्यक्ति खेदजनक भएको समेत टिप्पणी गर्नुभयो । उहाँले मङ्सिर ७ मा एमालेले गर्न लागेको जागरण अभियान लाकेतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्धको जागरण अभियान भएको पनि उल्लेख गर्नुभयो ।
‘‘हामीले सामाजिक सद्भावका लागि पनि जागरण अभियान चलाउन लागका हौँ । यो अपील जनतामा लैजान खोजेको हो,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेको सरकारले जनतलाई सेवा दिने कुरामा कमजोरी गर्नुहुन्न । तर, अहिले केही भएको छैन भनेर बाहिर जे भाष्य निर्माण गर्न खोजिएको छ त्यसले देशको मनोवल कमजोर बनाउने प्रयास भएको छ । राष्ट्रको मनोबल कमजोर हुनु भनेको राजनीतिक दल मात्रै होइन सञ्चार क्षेत्र पनि कमजोर बन्नु हो ।’’ उहाँले डोल्पा, हुम्ला जस्ता विटक ठाउँहरुमा सडक पुग्नुलगायतका कामहरु लोकतन्त्रको सफल उदाहरण भएको पनि उल्लेख गर्नुभयो ।
स्थायी कमिटी सदस्य डाक्टर राजन भट्टराईले लोकतन्त्रमा सत्तामा हुँदा र नहुदा पनि जनताका बिचमा जाने छुट भएको भन्दै यस्तो प्रयोग छिमेकी मुलुक भारत मात्रै होइन अमेरिकालगायतका देशमा पनि रहेको उल्लेख गर्नुभयो । ‘‘यहि १६ गते उपनिर्वाचन हुँदैछ । हामीले जनतालाई अपील गर्नका लागि पनि मङ्सिर ७ गते जागरण सभाको आयोजना गरेका हौँ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सञ्चारकर्मीका कुरा सुन्न र एमालेका केही धारणा बताउन अन्तरक्रिया कार्यक्रम राखेको जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्