काठमाडौँ, मङ्सिर ५ गते । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी बिहीबार नेपाल आउनुभएको छ । द्विवेदी नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणको सिलसिलामा नेपाल आउनुभएको हो ।
पाँच सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी सुनिता द्विवेदी पनि सहभागी हुनुहुन्छ । भ्रमण दललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारीलगायतले स्वागत गर्नुभयो ।
भ्रमणका क्रममा जनरल द्विवेदीले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नुहुनेछ ।
मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबिचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।
कमेन्ट गर्नुहोस्