काठमाडौं, माघ १ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ ।
पिएसबीको पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले पिएसबीमा सबै वर्ग, क्षेत्र, भाषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताउनुभएको हो ।
विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पिएसबीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
उहाँले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभूत गर्ने, समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पिएसबीले सहभागितामूलक, समानता र समाबेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
कमेन्ट गर्नुहोस्