काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्किएका छन्। बुटवलको सहकारी ठगी गरेको मुद्दामा उनी नख्खु कारागारमा रहेका थिए।
रास्वपाका नेता दीपक बोहोराका अनुसार मंगलबार दिउँसो उनी जेलबाट निस्किएका छन्। नख्खु गेट अगाडि जेनजी लगायतका प्रदर्शनकारी पुगेर नाराबाजी गरेपछि प्रहरीले सुरक्षा दिन नसकिने जानकारी दिँदै लामिछानेलाई जेलबाट निकालिएको हो।
लामिछानेलाई लिन उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी थिइन्। उनी जेलबाट बाहिरिँदा रास्वपाका कार्यकर्ता पनि पुगेका थिए।
कमेन्ट गर्नुहोस्