काठमाडौं : सरकारले भोलि र पर्सी सार्वजनिक बिदा दिएको छ। भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपालभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति वर्षाको सम्भावना रहेको बताएको छ। भारी वर्षाले सडक र हवाई उडानसमेत प्रभावित बनेपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
कमेन्ट गर्नुहोस्