काठमाडौँ, फागुन २२ गते । यौनकर्मीको जीवनमा आउने उत्तारचढावको कथा हो चलचित्र ‘लालिमा’ । चलचित्रमा अभिनेतृ रोश्नी कार्की शीर्ष भूमिकामा देखिनुभएको छ । जीवन भट्टराई, उषा रजक, सुषमा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको समेत मुख्य भूमिका रहेको छ ।
चलचित्र अन्तर्राष्ट्रिय महिला दिवसको दिन पारेर चलचित्र फागुन २९ मा प्रदर्शनमा आउँदै छ । चलचित्रको लेखन तथा निर्देशक रोशन मिजारले गर्नुभएको छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता रीना लामा हुनुहुन्छ ।
निर्वाचनका कारण गतिविधि शून्य जस्तै बन्दा चलचित्रले भने कहिले पत्रकार सम्मेलन गर्ने र कहिले ट्रेलर रिलिज गर्दै गतिविधि बढाइरहेको थियो । यस्तैमा निर्माण युनिटले चलचित्रको ट्रेलरसमेत सार्वजनिक गरेको थियो । सार्वजनिक ट्रेलर युट्युबको चलचित्रतर्फ ट्रेन्डिङमा अटाउन सफल भएको छ ।
कमेन्ट गर्नुहोस्