काठमाडौँ, नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।
भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हरायो ।
प्रस्पिर्धात्मक खेलमा नेपालका लागि गिता रानाले गोल गर्नुभयो । गिताले २३औँ मिनेटमा गर्नुभएको गोल नेपालको जितमा प्रयाप्त बन्यो ।
६ टोली सहभागी च्याम्पियनसिपमा नेपल समूह ‘ए’ मा रहेको छ । यस समूहमा श्रीलङ्का र भुटान छ । समूह ‘बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स रहेको छ ।
नेपालले समूहको दोस्रो खेल मे ३१ मा श्रीलङ्कासँग खेल्नेछ । समूहमा शीर्ष दुई टोली सेमफाइनलमा प्रवेश गर्नेछन् । दुई साताअघि मात्र तयारी सुरु गरेको नेपालले उपाधि जित्ने दाबी गर्दै भारत गएको हो ।
कमेन्ट गर्नुहोस्