तनहुँ, साउन ५ गते । व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ६४६५ नम्बरको बस अनियन्त्रित भई कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी बस चालक व्यास नगरपालिकाका शम्सेर नेपाली गम्भीर घाइते हुनुभएको छ। दुर्घटनालगत्तै बसको स्टेरिङ र चालक सिटको बीचमा च्यापिनुभएका नेपालीलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल दमौली पठाएको छ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको कमान्डमा ट्राफिक प्रहरीसहित १७ जनाको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो। प्रहरी नायब उपरीक्षक घिमिरेका अनुसार बसमा करिब २५ जना यात्रु सवार थिए।
“दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार टोली परिचालन गरी च्यापिएका चालकलाई तत्काल निकालेर अस्पताल पुर्याइएको छ,” प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, “गम्भीर घाइते चालकसहित अन्य नौ जना घाइतेलाई पनि उपचारका लागि प्रादेशिक अस्पताल दमौली पठाइएको छ।”
चालकको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको प्रादेशिक अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल
कमेन्ट गर्नुहोस्