वासिङ्टन, साउन १५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतारलगायतका मध्यस्थकर्तालाई यस सम्झौतामा पुग्नको लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता व्यक्त गरेका गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्रुथको आफ्नै आधिकारिक खाताको एक पोस्टमा ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणमा सहमती जनाउदै ऐतिहासिक सम्झौतामा पुगेको बताउनुभएको छ । उहाँले यस सम्झौतालाई स्थायी शान्ति र सुरक्षाको मार्गमा एउटा महत्वपूर्ण कदम भएको बताउनु भएको छ । उहाँका अनुसार सम्झौता सावधानीपूर्वक संरचित चरणमार्फत कार्यान्वयन गरिने छ, भने निशस्त्रीकरण पूरा भएपछि, इजरायली सेना फिर्ता हुने छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कतार प्रति कृतज्ञता व्यक्त गर्दै मध्यस्थकर्ता इजिप्ट, कतार र टर्कीलाई उनीहरूको महत्वपूर्ण प्रयासका लागि धन्यवाद दिदै ऐतिहासिक सफलता सम्भव बनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गर्नुभएको छ । ट्रम्पले यो सम्झौतालाई युद्धको अन्त्य गर्न ट्रम्पको २० बुदे योजनाको कार्यान्वयनमा एक प्रमुख ऐतिहासिक उपलब्धिको रुपमा वर्णन गर्दै गाजाको जिम्मेवारी लिन अन्तर्राष्ट्रिय बलले नयाँ प्यालेस्टिनी प्रहरी बलसँग सहकार्य गर्ने घोषणा गर्नुभएको छ । रासस/क्युएनए
कमेन्ट गर्नुहोस्