काठमाडौं, साउन १८ गते । साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भिड लागेको छ ।
हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना गर्ने गरिन्छ । साउनको सोमबार शिवजीको दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकोले पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
पशुपति दर्शनका लागि दिनभरिनै भक्तजनको चहलपहल रहेको छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
कमेन्ट गर्नुहोस्