काठमाडौँ, भदौ १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्र्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी, त्यसबाट भएको क्षतिसँगै उद्दार र राहतका लागि भइरहेका गतिबिधिबारे राष्ट्रपति पौडेललाई सभापति लामिछानेले बिफ्रिङ गराउनुभएको थियो ।
सभापति लामिछाने र प्रधानमन्त्री वालेन शाहबिच सोमबार नै भेटवार्तासमेत भएको थियो । उक्त भेटमा लामिछानेले प्रधानमन्त्री शाहसँग सरकारले गरिरहेको कामबारे जानकारी लिनुभएको थियो ।
प्रधानमन्त्रीसँगको जानकारीपछि सभापति लामिछानेले यसबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस्