काठमाडौँ, भदौ १५ गते । स्थानीय बजारमा पाँच दिनको अवधिमा सुनको मूल्य प्रतितोला सोह्र हजार रुपियाँले घटेको छ ।
अन्तरराष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । गत बुुधबार प्रतितोला तीन लाख २२ हजार रहेको सुुनको मूूल्य सोमबार घटेर तीन लाख ६ हजार ६सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले विभिन्न देशले सुन बिक्रिी गर्न ल्याएपछि सुनको मूल्य घट्न थालेको जानकारी दिनुुभयो ।
अमेरिकी फेडरल रिर्जव बैंकले ब्याजदर बढाउने हल्लासँगै रुस लगायतका अन्य देशले मौज्दातमा राखेको सुन विक्री गर्न थालेपछि मूल्य घटेको उहाँको भनाई छ । आगामी दिनमा पनि सुुनको मूल्य थप घट्ने देखिएको उहाँले जानकारी दिनुुभयो । पछिल्लो तीन/चार दिन यता अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ ।
महासंघका अनुसार डलरमा आएको उतारचढावको कारणले सुनको मूल्य घट्न गएको हो । पाँच दिनको अवधिमा अन्तराष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २३० अमेरिकी डलरले घटेको छ । गत बुुधबार प्रतिऔस चार हजार ६४३ अमेरिकी डलर रहेको सुनको मूल्य सोमबार घटेर ४ हजार ४२५ अमेरिकी डलरमा झरेको छ । व्यवसायी शाक्यका अनुसार सुनको मूूल्य निरन्तर घट्दै गएपनि स्थानीय बजारमा कारोबार ठप्प रहेको छ । उपभोक्ताको क्रयशक्ति न्यूून भई बजारमा माग नहुुँदा कारोबार शुुन्यअवस्थामा रहेकोको व्यवसायीको भनाई छ । तिजको बेलामा सुनको कारोबार बढ्ने भएपनि यसपाली बाढीपहिरोको कारणले गर्दा बजार सुनसान अवस्थामा रहेको छ ।
कमेन्ट गर्नुहोस्