नागोया (जापान), असोज ७ गते । नेपालका कराँत खेलाडी तेन्जिङ शेर्पाले बुधबार आइची नागोया एसियाली खेलकुद एसियाली खेलकुद २०२६ मा काश्य पदक जित्नुभएको छ । नेपालले पाँचौँ दिनमा पदकको खाता खोलेको हो ।
नागोयास्थित टोयोहासी जिम्नेसियममा तेन्जिङले बुधबार पुरुष कुमिते ८४ केजीमाथिको काश्य पदक भिडन्तमा लाओसका भात्थाना सायासनलाई ९–१ मा सजिलै हराउनुभयो । आइची नागोया एसियाली खेलकुदमा कराँते रित्तो हात हुने बलियो सम्भावनाबिच अन्तिम प्रतिस्पर्धामा तेन्जिङको उपलब्धिबाट एक्कासी खुशीको समाचार आएको हो । यसअघि एसियाडमा सहभागी कराँतेका आठ खेलाडीमध्ये सात जना पदकविहिन बनेका थिए ।
तेन्जिङले बुधबारै क्वाटरफाइनलमा मकाउका अन टेक लियोङलाई हराएर सेमिफाइनलमा स्थान बनाउनुभएको थियो । लियोङसँको खेलमा अङ्क प्राप्त गर्न नसकेपनि तेन्जिङले होनासाकुको आधारमा सो खेल जित्नुभएको हो । त्यसपपछि सेमिफाइनलमा इरानका मोहम्म नेमातीसँग ५–० ले हारेपछि तेन्जिङ काश्य पदक भिडन्तगर्न बाध्य भएको हो ।
तेक्वान्दो र बक्सिङपछि एसियाली खेलकुदमा कराते नेपालका लागि सबैभन्दा सफल खेल हो । पछिल्लो एसियाली खेलकुदमा कराँतेकी एरिकाले ऐतिहासिक रजत पदक जित्नुभएको थियो । यसैगरी सन् १९९४ मा भएको हिरोसिमा एसियाडमा सीता राई, सन् १९९८ मा भएको बैंकक एसयाडमा समरबहादुर गोले, सन् २०१४ मा भएको इन्छन एसियामा विमला तामाङले नेपाललाई काश्य पदक दिलाउनुभएको थियो ।
कमेन्ट गर्नुहोस्