काठमाडौँ, असोज ७ गते । इन्द्रजात्राको पहिलो दिन (येँया) को अवसरमा बुधबार सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
काठमाडौं महानगरपालिकाको सहकार्यमा ‘द लोकल्स’ संस्थाले सो कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा हनुमानढोका परिसरको महादेव पार्वती डबलीमा ६१५ जनाले विभिन्न पाँच समूहमा नृत्य प्रस्तुत गरेको थियो । आमा, समूह, युवा समूह, युगल, धिमे, बाँसुरी समूहको सांस्कृतिक नृत्य प्रस्तुत गरेका हुन् ।
‘द लोकल्स’ का अध्यक्ष प्रशन्न मानन्धरका अनुसार नयाँ पुस्ता र पुराना पुस्तालाई एकै ठाउँमा ल्याइ सांस्कृतिक प्रस्तुत गराउनु भनेको संस्कृति र परम्पराको पुस्तान्तरणको उद्देश्य रहेको बताउनुभयो । एक महिनाको प्रशिक्षण पश्चात् आज भएको प्रस्तुतिले इन्द्रजात्राको आगमनलाई स्वागत गर्ने तथा शुभकामना आदनप्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो ।
आज १६ वर्षदेखि ५५ वर्षसम्मका उमेर समूहका सहभागीहरुले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
कमेन्ट गर्नुहोस्