Friday, September 25 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

प्रधानमन्त्री शाहद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम प्रस्ताव (सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री शाहद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम प्रस्ताव (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ, असोज ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।

प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट तथ्याङ्क र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणाली बलियो बनाउने तथा विपद्का समयमा सीमापार सहायता समन्वय गरिने उहाँको भनाइ छ ।

प्रधानमन्त्री शाहले हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तरराष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालले आफ्नो पारिस्थितिक योगदानभन्दा बढी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँले नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनःस्थापना भएको जानकारी गराउनुभयो ।

स्वच्छ ऊर्जाको आवश्यकता पूरा गर्न जलविद्युत् विकास अघि बढिरहेको, विद्युतीय सवारीको प्रयोग बढिरहेको र स्थानीय तहमा जलवायु अनुकूलनलाई बलियो बनाइरहेको प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्री शाहले बढ्दो विपद्सँग जुध्न नेपालले अझ धेरै तयारी गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री शाहले एक महिना अघि नेपालको हिमाली क्षेत्रमा आएको  बाढीको विपद् नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताउनुभयो । 

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
श्रीमान् अध्यक्षज्यू,
श्रीमान् महासचिवज्यू,
महामहिमज्यूहरू,
सम्माननीय प्रतिनिधिज्यूहरू,
महिला तथा सज्जनवृन्द,

म यहाँ तपाईंहरूसामू हिमालयमा रहेको एउटा टाढाको देश नेपालका तर्फबाट मानवतालाई नजिकैदेखि दिइरहेको चेतावनी लिएर आएको छु। आज म यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा राष्ट्रको आशाबारे मात्रै बोल्न चाहन्थे।

तर, त्यसको सट्टा, म मृत्यु र अकल्पनीय विनाशबारे बोल्छु। ती परिवारबारे जो कहिल्यै घर नफर्कने आफ्ना प्रिजयनलाई पर्खिरहेका छन्। ती समुदायबारे जसले लेदो, ढुङ्गामाटो, पानीभित्र आफ्ना मानिसहरूको खोजी गरिरहेका छन्, जसको शरीर अब कहिल्यै नभेटिन सक्छ। ती पुलहरू, सडकहरू, विद्यालयहरू, घरहरू र जीविकोपार्जनका माध्यमहरू निमेषभरमै बगेर गए। एउटा देशबारे जसले  दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर प्रगति गरिरहेको थियो त्यसमा अवरोध पुगेको छ।

४ साताअघि, विश्वले नेपालको हिमाली समुदायहरूमा तीव्रताका साथ आएको विनाशकारी बाढीको भयावह दृश्य देख्यो, जसलाई धेरैले ‘हिमालयन सुनामी’ भनेका छन्। भोटेकोशी–त्रिशूली विपद् स्थानीय त्रासदी मात्रै थिएन, यो विश्वका लागि एउटा चेतावनी पनि थियो।

र, म आज तपाईंहरुसँग सोध्छु– के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौँ?

करिब ३ वर्षअघि, संयुक्त राष्ट्रसंघका महासचिवले हाम्रो सगरमाथा क्षेत्रमा उभिएर नजिकिँदै गरेको जलवायु विपत्तिको भयावह अवस्थाबारे मानवतालाई चेतावनी दिनुभएको थियो। विश्वको छानोबाट आएको त्यो चित्कार बुलन्द रूपमा सुनिएन। हामीले नेपालमा सुन्यौं, हाम्रो समुदायले सुन्यो। विश्वभरका वैज्ञानिकहरूले सुने। उनीहरूले प्रमाणसहित त्यसलाई दोहोर्‍याइरहे।

तर हामी, विश्वका राजनीतिक नेतृत्वहरूले त्यो चेतावनीलाई जोखिममा रहेका मानिसहरूको आवश्यकताअनुसार तीव्र गतिमा कार्यान्वयनमा बदल्न बेवास्ता गर्‍यौँ। त्यसको दुःखद् परिणाम हामीले गत महिना भोग्यौँ।

तातिँदै गरेको जलवायुले नाजुक हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाएको छ। हिउँले जमेको माटो पग्लिदा हिमालको भिरालो भूभागमा चिरा परेका छन्। हिमचट्टानसहितको पहिरो, बाढीलगायत शृङ्खलाबद्ध जोखिमहरू बढिरहेका छन्।

परिणामस्वरुप यस विनाशले नेपाल–चीन सीमाका दुवै भूभागमा ठूलो क्षति पुर्‍यायो। बाढी निरन्तर भारततिर बग्दै गयो। यसले हामीलाई एउटा आधारभूत कुरा बताउँछ। जलवायु परिवर्तनले सीमा चिन्दैन। हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्।

महामहिमज्यूहरू,

म यहाँ गुनासो गर्न होइन, केही सुझाव साझा गर्न आएको हुँ।

सर्वप्रथम, विपत्तिपछि नेपाललाई सहयोग गर्न आउने सबैप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु। हाम्रा छिमेकी मुलुकहरू भारत र चीनले तत्कालै र खुला हृदयका साथ सहयोग गरे। अन्य मित्रराष्ट्रहरू, संयुक्त राष्ट्रसंघीय प्रणाली, मानवीय सहायता प्रदायक संस्थाहरू, परोपकारी संस्थाहरू तथा विश्वभरका मानिस नेपालसँगै उभिनुभयो। म उहाँहरु सबैलाई नेपालका कृतज्ञ जनताका तर्फबाट धन्यवाद भन्न चाहन्छु।

नेपाल अहिले पुनःस्थापना र पुनर्निर्माणको विशाल कार्यको सामना गरेको छ। कम्तीमा १ हजार ४ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता हुनुहुन्छ। हाम्रो द्रुत क्षति आकलनअनुसार अब भौतिक पुनःस्थापनाका लागि नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)को १० प्रतिशत आवश्यक छ।

सन् २०१५ मा नेपालमा गएको गोरखा भूकम्पपछिको पुनर्निर्माणमा जस्तै यसपटक पनि हामी तपाईंहरूको ऐक्यबद्धता र सहयोगको अपेक्षा गर्छौँ।

तर, यो विपद् नेपाल बाहेकका लागि पनि किन अर्थपूर्ण छ भन्ने हामीले बुझ्नुपर्छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम छ। यो संकट हामीले सिर्जना गरेका होइनौँ। तर, यसको ठूलो मूल्य हामीले चुकाइरहेका छौँ। हाम्रा हिमनदी खुम्चिँदै गएका छन्। हाम्रा हिमालका भिराला भूभागहरू अस्थिर बन्दै गएका छन्। हाम्रा नदीहरू पूर्वानुमान गर्न नसकिने अवस्थामा पुगेका छन्। प्रत्येक ठूला विपद्ले हामीले वर्षौँ लगाएर निर्माण गरेका विकासका पूर्वाधारहरूलाई ध्वस्त बनाउने चेतावनी दिइरहेका छन्। नेपालका लागि जलवायु विपद् मानवीय घटना मात्रै होइन, विकासको सङ्कट पनि हो। यसले सडकहरू, पुलहरू, विद्यालयहरू, घरहरू, खेतीयोग्य जमिन र जीविकोपार्जनका माध्यमलाई क्षति पुर्‍याउँछ। यसले गरिब देशले गरेको नगन्य गल्तीबाट भएको क्षतिको भरपाइका लागि ठुलो ऋण लिन बाध्य बनाउँछ।

हामी कुनै देश वा महादेशलाई दोष दिन यहाँ आएका होइनौँ। हामी जलवायु परिवर्तनलाई अर्को भूराजनीतिक युद्धभूमिमा परिणत गर्न पनि यहाँ आएका होइनौँ। हामी यहाँ सबैलाई आफ्नो जिम्मेवारी र ऐक्यबद्धतामा पुनःप्रतिबद्ध हुन आग्रह गर्न आएका हौँ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धिमार्फत अन्तर्राष्ट्रिय समुदायले साझा तर फरक–फरक जिम्मेवारी तथा आ–आफ्नो क्षमताको सिद्धान्तमा पहिले नै सहमति जनाइसकेको छ। जसले ऐतिहासिक रूपमा समस्यामा बढी योगदान गरेका छन् र जोसँग प्रतिक्रिया जनाउने बढी क्षमता छ, उनीहरूले बढी गर्नुपर्छ।

‘जलवायु न्याय’ संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनुहुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ।

महामहिमज्यूहरू,

हिन्दूकुश हिमालय करिब दुई अर्ब मानिसको घर हो। यी पर्वतहरूले नेपालभन्दा धेरै परसम्म रहेका जनसंख्यालाई पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जन प्रदान गर्छन्। हिमालय पृथ्वीको छेउमा रहेको भूभाग मात्रै होइन, यो पृथ्वीको जीवन–सहयोग प्रणालीको महत्वपूर्ण हिस्सा पनि हो।

त्यसैले पहिलो आकस्मिक कदमका रूपमा नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न हामी प्रस्ताव गर्छौँ। यस संयन्त्रमार्फत हामी भू–उपग्रहसम्बन्धी तथ्याङ्क र विशेषज्ञता साझा गरौँ। जोखिमयुक्त हिमतालहरूको अनुगमन गरौँ। संयुक्त पूर्वसूचना प्रणालीलाई सुदृढ बनाऔँ। र, जब विपद् आउँछ, सीमापार सहयोगलाई समन्वय गरौँ।

हिमालयलाई छरिएका सूचनाभन्दा अन्तर्राष्ट्रिय सहयोगको एउटा प्रयोगशाला बनाऔँ। नेपाल एउटा अतिकम विकसित देश भएर पनि आफ्नो पारिस्थितिक हिस्साभन्दा धेरै ठुलो वैश्विक भूमिका निर्वाह गरिरहेको छ। हामीले आफ्नो भूभागको करिब आधा हिस्सा ढाक्ने गरी वन क्षेत्र विस्तार गरेका छौँ। आफ्ना स्वच्छ ऊर्जाको आवश्यकता पूरा गर्न र बाहिरबाट आएको प्रदूषणको स्रोतलाई विस्थापित गर्न तीव्रगतिमा जलविद्युत् आयोजनाहरू विकास गरिरहेका छौँ। युरोपका केही भूभागसँग तुलना गर्न मिल्ने दरमा विद्युतीय सवारीसाधनहरूको प्रयोगलाई प्रवर्द्धन गरिरहेका छौँ। स्थानीय तहमा जलवायु अनुकूलनलाई सुदृढ बनाइरहेका छौँ। दोहोरिरहने जलवायु विपद्को सामना गर्न अझ बढी कदम चाल्नेछौँ। तर नेपाल एक्लैले विश्वव्यापी शासन व्यवस्थाको असफलताबाट सिर्जित संकटविरुद्ध उत्थानशीलता निर्माण गर्न सक्दैन।

त्यसैले यस महासभाले यी ६ शब्दलाई ध्यान दिनुपर्छः राहत। पुनःस्थापना। पुनर्निर्माण। र, त्यसैगरी : जिम्मेवारी। क्षतिपूर्ति। उत्थानशीलता। पहिला तीनवटा विपद्पछि हामीलाई आवश्यक पर्छन्। पछिल्ला तीनवटा विपद्लाई स्थायी अवस्थाका रूपमा परिणत हुन नदिन हामीलाई आवश्यक पर्छन्। जब जलवायुजन्य विपद्ले गरिब देशको पूर्वाधार नष्ट गर्छ, त्यसको उत्तर अर्को ठूलो ऋण वा टुक्रे अनुदान मात्र हुन सक्दैन।

हामीलाई विश्वबाट अनुदानमा आधारित पर्याप्त सहयोग आवश्यक छ। क्षति तथा नोक्सानी कोष, विश्वव्यापी वातावरणीय सुविधा र अन्य सम्बन्धित वित्तीय संयन्त्रहरू अझै अपर्याप्त छन्। जलवायु वित्त यस्तो कर्मचारीतन्त्रको जाल बन्नु हुँदैन, जसबाट कमजोर देशहरूले आफूलाई आवश्यक सहयोगका लागि वर्षौंसम्म प्रमाणित गर्नुपरोस्। जब घरमा आगो लाग्छ, तब हामी परिवारलाई ५० वटा फाराम भर्न लगाउँदैनौँ। हामी काम गर्छौँ। जलवायु न्यायको अर्थ पनि यही हुनुपर्छ।

महामहिमज्यूहरू,
यसले मलाई एउटा ठुलो प्रश्नतर्फ जोड्छ। हामी कस्तो अन्तर्राष्ट्रिय व्यवस्था चाहन्छौँ?  संयुक्त राष्ट्रसंघ मानवताले भोगेको भयावह विश्वयुद्धको अनुभवबाट जन्मिएको हो। यसको वाचा सार्वभौमिकता महत्वपूर्ण हुन्छ भन्ने थियो। अन्तर्राष्ट्रिय कानुन महत्वपूर्ण हुनेछ। हरेक मानवको गरिमा महत्वपूर्ण हुनेछ। कमजोरहरूले शक्तिशालीहरूले जे निर्णय गर्छन्, त्यो मात्र स्वीकार गर्नुपर्ने छैन। आज त्यो अन्तर्राष्ट्रिय प्रणाली दबाबमा छ। धेरै पटक सैन्य र आर्थिक शक्तिले कसको आवाज सुनिन्छ भन्ने निर्धारण गर्छ। नेपाल निष्पक्ष विश्वव्यापी आर्थिक व्यवस्थामा विश्वास गर्छ।

सन् १९९४ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदनले ‘मानवीय असुरक्षा’को अवधारणा अघि सारेको थियो। यसले सुरक्षालाई भूभागभन्दा मानिससँग र हतियारभन्दा विकाससँग जोडेको थियो। यसले डर र अभावबाट स्वतन्त्रता सुनिश्चित गर्न शान्तिको लाभांश प्रयोग गर्न आह्वान गरेको थियो।

गत मार्चमा नेपालमा इतिहासकै सबैभन्दा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन भयो। त्यसबाट निर्वाचित बहुमतको सरकारले त्यसयता धेरै अन्तर्राष्ट्रिय प्रतिकूलताको सामना गर्नुपरेको छ। जब नेपालका एक गरिब किसानले यस मनसुनमा आफ्नो खेतमा बीउ छर्न खोज्नुभयो, समयमै मल पाउनुभएन। जब राजमार्गमा कालोपत्र गर्न खोज्यौँ, बिटुमिन पाएनौँ । जब परिवारले साँझको खाना पकाउन खोज्यो, त्यसबेला खाना पकाउने इन्धन भएन।

एकातिर हिमनदीहरू पग्लिरहेका छन् र बाली उत्पादन घटिरहेको छ, बिना चेतावनी बाढी आइरहेको छ। अर्कोतिर, विश्वव्यापी आपूर्ति शृंखलाले गरिब मानिसलाई उनीहरूको आफ्नो नियन्त्रणभन्दा बाहिरका कारणका लागि सजाय दिइरहेको छ।

अन्तरमहादेशीय क्षेप्यास्त्रहरू समयमै पुग्छन्। राइफल र गोलीगठ्ठा सबै अवरोधहरू तोड्दै समयमै सीमा पार गर्छन्। तर नेपालका एक किसानले आवश्यकता परेको समयमा बजार मूल्यमा मल वा इन्धन खरिद गर्न सक्नुहुन्न।

हामीले यस्तो संसार बनाएका छौँ, जहाँ युद्धका लागि आवश्यक सामान आपूर्ति गर्न सजिलो छ तर खाद्यान्नका लागि निकै कठिन छ। यो नेपालको मात्रै दुर्भाग्य होइन। बंगलादेशलाई सोध्नुहोस्। भुटानलाई सोध्नुहोस्। भारतलाई सोध्नुहोस्। माल्दिभ्सलाई सोध्नुहोस्। पाकिस्तानलाई सोध्नुहोस्। श्रीलंकालाई सोध्नुहोस्। हाम्रो क्षेत्रका अन्य कुनै पनि देशलाई सोध्नुहोस्। तपाईंले उस्तै जवाफ पाउनुहुनेछः हामीले नतताएको जलवायुबाट प्रभावित र सुरु नगरेका युद्धबाट फेरि प्रभावित। यसले हामीलाई वर्तमान विश्वव्यापी सहकार्यको व्यवस्थामा देखिएको भन्दा धेरै कुरा बिग्रिएको छ भन्ने स्पष्ट पार्छ।

महामहिमज्यूहरू,

मलाई भनिएको छ,  म यो वर्ष यस महासभालाई सम्बोधन गर्ने सबैभन्दा कान्छो सरकार प्रमुख हुँ। तर, मैले यहाँ यसलाई मुख्य कथा बनाउन आएको होइन।  यहाँ यस मञ्चबाट जे–जति कुरा भनिए पनि म एउटा कुरा स्पष्ट रूपमा भनियोस् भन्ने सुनिश्चित गर्न आएको हुँः भुक्तानी गर्न तयार रहेको देशले खरिद गर्न सक्षम हुनुपर्छ र ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैन। हामी बहुपक्षीयतामा विश्वास गरिरहन्छौँ। यसैले हामीलाई यस्तो संयुक्त राष्ट्रसंघ आवश्यक छ, जहाँ साना र गरिब देशहरूको उपस्थिति महसुस होस् र हामी न्यायपूर्ण परिणामका लागि सँगै काम गर्न सकौँ। त्यसैले जलवायु न्याय पैसाको विषय मात्रै होइन।  यो खर्च कस्ले बेहोर्छ भन्ने वितरणात्मक न्यायको विषय हो। यो कसको आवाज सुनिन्छ भन्ने प्रक्रियागत न्यायको विषय हो। साथै पर्वतीय समुदायहरू, साना टापु राष्ट्रहरू, भूपरिवेष्ठित तथा कम विकसित देशहरू र जन्मिन बाँकी पुस्ताहरूको भविष्यलाई समान रूपमा महत्व दिइन्छ कि दिइँदैन भन्ने विषय पनि हो। संयुक्त राष्ट्रसंघमा भोलिदेखि आयोजना हुने ‘सगरमाथादेखि समुद्रसम्म’ साइड–इभेन्टबाट नेपाल यो संवादको नेतृत्व गर्न सहयोग गर्न तयार छ।

श्रीमान् अध्यक्षज्यू तथा महामहिमज्यूहरू,
हामी अहिले गहिरो विश्वव्यापी अनिश्चितताको मोडमा उभिएका छौँ। नयाँ पुस्ताको चाहना प्रतिबिम्बित गर्ने ताजा लोकतान्त्रिक जनमतका साथ यस महासभामा उपस्थित भएका छौँ। हाम्रा युवाहरूले इमानदारी र जवाफदेहिताको राजनीति माग गरेका छन्। यो पुस्तान्तरण राष्ट्रिय विषय मात्रै होइन। यो द्वन्द्व, असमानता र न्यून अवसरविरुद्ध विश्वव्यापी जागरणको हिस्सा पनि हो। म  नेतृत्वको सरकार एउटा यस्तो राज्य निर्माणमा प्रतिबद्ध छ। जहाँ मर्यादित रोजगारी, सामाजिक सुरक्षा र प्रत्येक नेपालीलाई आफ्नै घरमा बस्ने चाहना पूरा गर्ने अवसर प्राप्त हुनेछ।

नेपालमा आएको बाढीले बढ्दो चरम मौसमी घटनाहरुबाट आकार लिने भविष्यको संकेत गर्छ। त्यसैले हामी तत्कालको उपाय छाडेर दीर्घकालीन पूर्वतयारीको दिशातर्फ अघि बढ्ने संस्कृतिको विकास गर्नुपर्छ। हामी उत्थानशीलताका लागि वित्तीय व्यवस्था र बीमा तथा नवप्रवर्तनमा लगानी गरौँ। अझ बलियो पूर्वाधार र संस्थाहरू निर्माण गरौँ। जीवाश्म इन्धनको निर्भरता घटाऔँ। चेतावनी दिने, सचेत गराउने र जीवन बचाउने प्रणाली निर्माण गरौँ। कमजोरलाई सबैभन्दा कम शक्ति दिने व्यवस्थामा सुधार गरौँ। जब विश्वको छानोबाट अर्को चेतावनी आउँछः त्यो सुन्न तयार रहौँ, र त्यसैअनुसार काम गर्न पनि तयार रहौँ।

भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्।
यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।
धन्यवाद, नमस्ते ।

कमेन्ट गर्नुहोस्