Sunday, October 18 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

स्वादसँगै स्वच्छता

स्वादसँगै स्वच्छता

दसैँ नेपालीको प्रमुख सांस्कृतिक पर्व हो । यो चाड धार्मिक आस्था र परम्परासँगै पारिवारिक भेटघाट, आपसी सद्भाव, शुभकामना आदानप्रदान र आशीर्वाद ग्रहण गर्ने अवसर पनि हो । वर्षभरि व्यस्त रहने परिवारका सदस्य एकै ठाउँमा भेला हुँदा घरमा रौनक छाउँछ । मिठा परिकार, टीका, जमरा र आफन्तसँगको भेटघाटले दसैँलाई विशेष बनाउँछ तर यही उत्सवमा खानपानको अनियमितता, अत्यधिक मासु तथा चिल्लो पदार्थको सेवन, मदिरापान र शारीरिक निष्क्रियताले स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ । त्यसैले स्वाद र परम्परासँगै स्वास्थ्यको ख्याल राख्नु पनि दसैँ मनाउने संस्कारकै हिस्सा हुनु पर्छ ।

दसैँमा खसीबोका, च्याङ्ग्रा, राँगा, बङ्गुर, कुखुरालगायत मासुका परिकारको विशेष महत्व हुन्छ । मासु प्रोटिन, आइरन, भिटामिन ‘बी–१२’ र अन्य पोषक तत्वको स्रोत हो तर मासु पौष्टिक हुन्छ भन्दैमा धेरै खानु वा हरेक छाक मासु नै खानु आवश्यक छैन । मासुको मात्रा, पकाउने तरिका, त्यसमा प्रयोग हुने तेल, घिउ र नुन तथा व्यक्तिको स्वास्थ्य अवस्थाले त्यसबाट प्राप्त हुने लाभ र जोखिम निर्धारण गर्छ ।

मासु किन्दा सफा र भरपर्दो पसल रोज्नु पर्छ । वधस्थल तथा बिक्रीस्थल स्वच्छ हुनु पर्छ र मासुमा धुलो, झिँगा तथा अन्य फोहोरको सम्पर्क हुनु हुँदैन । फ्रिजमा राखिएको, चुहावट नभएको र राम्रोसँग छोपिएको मासु छनोट गर्नु पर्छ । दुर्गन्ध, अस्वाभाविक रङ वा चिप्लोपन बिग्रिएको मासुका सङ्केत हुन सक्छन् तर मासु हेर्दा वा सुँघ्दा ठिक देखिनुले त्यसमा हानिकारक जीवाणु छैनन् भन्ने ग्यारेन्टी गर्दैन । त्यसैले स्वच्छ स्रोतबाट मासु किन्ने, सही तापक्रममा राख्ने र राम्ररी पकाउने तीन वटै कुरा महत्वपूर्ण छन् ।

दसैँका लागि एकै पटक धेरै मासु किनेर ल्याउँदा भण्डारणमा विशेष ध्यान दिनु पर्छ । काँचो मासुलाई कोठाको तापक्रममा लामो समय राख्नु हुँदैन । दुई घण्टाभन्दा बढी बाहिर राखिएको नाशवान् खाद्य पदार्थमा जीवाणु बढ्न सक्छन् । गर्मीमा यो अवधि अझ छोटो हुन्छ । फ्रिजको तापक्रम चार डिग्री सेल्सियस वा त्यसभन्दा कम राख्नु पर्छ । काँचो मासु र पाकिसकेको खानेकुरा छुट्टाछुट्टै, छोपेर राख्नु पर्छ । सामान्यतः काँचो किमा, कुखुराको मासु तथा कलेजो, मिर्गौला जस्ता भित्री अङ्ग फ्रिजमा एकदेखि दुई दिनभित्र प्रयोग गर्नु उपयुक्त हुन्छ । ठुला टुक्राका खसी वा बोकाको मासु तीनदेखि पाँच दिनसम्म राख्न सकिए पनि फ्रिजको तापक्रम र मासुको अवस्था विचार गर्नु पर्छ । लामो समयका लागि राख्नुपरे फ्रिजरमा राख्नु पर्छ । पकाइसकेको बाँकी मासु पनि दुई घण्टाभित्र फ्रिजमा राखेर तीनदेखि चार दिनभित्र प्रयोग गर्नु राम्रो हुन्छ ।

काँचो मासु काट्न प्रयोग गरिएको खुकुरी, बोर्ड र भाँडा नधोई सलाद, फलफूल वा पाकिसकेको खानेकुरामा प्रयोग गर्नु हुँदैन । काँचो मासु छोएपछि साबुनपानीले हात धुनु पर्छ । मासु धुँदा पानीका छिटा भान्सा, भाँडा र अन्य खानेकुरामा पुगेर जीवाणु फैलिन सक्छ । त्यसैले मासु धुनेभन्दा पनि हात, भाँडा र सतह सफा राख्नु तथा मासु राम्ररी पकाउनु बढी महत्वपूर्ण हुन्छ ।

मासु भित्रसम्म पाकेको हुनु पर्छ । बाहिर रातो, खैरो देखिँदैमा भित्र पनि सुरक्षित रूपमा पाकेको हुन्छ भन्ने छैन । विशेष गरी किमा, कुखुराको मासु र खसीका भित्री अङ्ग काँचो नछुट्ने गरी पकाउनु पर्छ । दसैँमा मासुसँगै कलेजो, फोक्सो, मुटु, मिर्गौला, आन्द्रा, रगत र टाउकोका विभिन्न भागका परिकार पनि खाने चलन छ । यस्ता अङ्गमा प्रोटिन, आइरन र अन्य पोषक तत्व पाइन्छ ।  सबै अङ्गको पोषण संरचना एउटै हुँदैन । कलेजोमा भिटामिन ‘ए’ अत्यधिक मात्रामा पाइने भएकाले धेरै वा बारम्बार खानु उपयुक्त हुँदैन । मिर्गौला, मुटु र अन्य भित्री अङ्गमा प्युरिनको मात्रा बढी हुन सक्छ; जसले युरिक एसिड बढ्ने समस्या भएका व्यक्तिलाई असर पार्न सक्छ । त्यसैले यस्ता व्यक्तिले चिकित्सकको सल्लाह अनुसार मात्रा मिलाउनु पर्छ । टाउको, छाला, बोसो र केही भित्री अङ्गबाट बनाइने परिकारमा चिल्लो पदार्थ र कोलेस्ट्रोल बढी हुन सक्छ । उच्च कोलेस्ट्रोल, मुटुरोग, उच्च रक्तचाप वा मिर्गौलाको समस्या भएका व्यक्तिले यस्ता परिकार सीमित गर्नु उचित हुन्छ । मासुमा धेरै घिउ, तेल, नुन र मसला थपेर बनाउँदा त्यसको ऊर्जा तथा बोसोको मात्रा बढ्छ । मासु पोल्दा वा तार्दा कालो हुने गरी डढाउनु हुँदैन । तेललाई पटक पटक तताएर प्रयोग गर्नु पनि स्वास्थ्यका दृष्टिले उचित होइन । उसिन्ने, झोलिलो बनाउने वा कम तेलमा पकाउने विधि रोज्दा अनावश्यक चिल्लो कम गर्न सकिन्छ ।

खाने तरिका 

दसैँमा भोजन गर्दा थालको केही भाग सागसब्जी र सलादले, केही भाग मासु, दाल वा अन्य प्रोटिनयुक्त खानेकुराले र बाँकी भाग भात, रोटी वा अन्य अन्नले समेट्ने गरी सन्तुलित भोजन गर्नु पर्छ । मासुमा देखिने अतिरिक्त बोसो हटाउने र धेरै तेलमा तार्नुभन्दा उसिन्ने वा झोलिलो बनाएर खाने गर्नु राम्रो हुन्छ । एकैदिनमा मासु, बोसोयुक्त अङ्ग, मिठाई र मदिराको अत्यधिक सेवन गर्नु हुँदैन । पेट भरिसकेपछि सामाजिक दबाबमा थप खाने बानीबाट जोगिनु पर्छ ।

दसैँमा आफन्त र साथीभाइसँग बसेर मदिरा सेवन गर्ने चलन कतिपय परिवारमा छ तर मदिराले न्यानो हुन्छ, पाचन सुधार्छ वा मुटुलाई फाइदा गर्छ भन्ने धारणा गलत हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मदिराको सेवनले कलेजोसम्बन्धी रोग, चोटपटक, कुलत र विभिन्न प्रकारका क्यान्सरको जोखिम बढाउँछ । क्यान्सरको जोखिमका हिसाबले मदिराको पूर्णतः जोखिमरहित मात्रा स्थापित भएको छैन । त्यसैले स्वास्थ्यका दृष्टिले मदिरा नपिउनु सबैभन्दा सुरक्षित विकल्प हो ।

मदिरा सेवन गर्ने व्यक्तिले पनि एकै पटक धेरै पिउने वा लगातार पिउने बानीबाट जोगिनु पर्छ । मदिरा सेवन गरेपछि सवारीसाधन चलाउनु हुँदैन । निद्रा लगाउने औषधी वा केही अन्य औषधीसँग मदिरा मिसाउँदा गम्भीर असर पर्न सक्छ । गर्भवती महिला, बालबालिका तथा मदिराले स्वास्थ्यमा असर पार्ने अवस्था भएका व्यक्तिले सेवन गर्नु हुँदैन । उच्च रक्तचाप, मधुमेह, कलेजो वा मिर्गौलाको रोग भएका व्यक्तिले मदिरा सेवनबारे आफ्नो चिकित्सकसँग परामर्श लिनु पर्छ । परिवारमा रमाइलो गर्न मदिरा अनिवार्य हुँदैन । मदिरारहित पेय, फलफूलको रस वा अन्य पेयबाट पनि अतिथि सत्कार गर्न सकिन्छ ।

दसैँमा खिर, सेलरोटी, लड्डु, बर्फी, विभिन्न मिठाई तथा चिनी मिसाइएका पेयको सेवन बढ्छ । यस्ता परिकार सांस्कृतिक र पारिवारिक परम्पराका हिस्सा हुन् तर चिनी, घिउ र तेल धेरै भएका परिकारले थोरै मात्रामै धेरै ऊर्जा दिन्छन् । बारम्बार धेरै खाँदा तौल बढ्ने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न कठिन हुने तथा दाँतमा किरा लाग्ने जोखिम बढ्न सक्छ । त्यसैले मनपर्ने परिकार खानै नहुने होइन, मात्रा मिलाएर खानु पर्छ ।

मधुमेह भएका व्यक्तिले मिठाई, खिर, सेलरोटी र अन्य कार्बोहाइड्रेटयुक्त परिकारको मात्रा तथा खाने समयबारे विशेष ध्यान दिनु पर्छ । चाडपर्वका कारण औषधी छोड्ने वा नियमित समयमा खाना नखाने गर्नु हुँदैन । औषधि वा इन्सुलिन प्रयोग गर्ने व्यक्तिले आफ्नो निर्धारित उपचार पालना गर्नु पर्छ । मिठाईसँगै चिनी मिसाइएका पेय पदार्थको सेवन पनि घटाउनु उपयुक्त हुन्छ । 

मिठाई तथा दुधबाट बनेका परिकार स्वच्छ ठाउँबाट किन्नु पर्छ । उत्पादन मिति, उपभोग्य मिति, प्याकेटको अवस्था र भण्डारणसम्बन्धी निर्देशन हेर्नु पर्छ । दुध, खिर र व्रिmमयुक्त मिठाईलाई लामो समय कोठाको तापक्रममा राख्नु हुँदैन । दुर्गन्ध आएको, ढुसी लागेको, रङ वा बनावट अस्वाभाविक भएको वा सुरक्षित भण्डारणमा शङ्का लागेको खानेकुरा नखानु नै उचित हुन्छ ।

शाकाहारीको दसैँ 

दसैँको स्वाद मासुमा मात्र सीमित छैन । शाकाहारी परिवारले पनि दाल, गेडागुडी, पनिर, दुध तथा दहीबाट बनेका परिकार, हरियो सागसब्जी, मौसमी फलफूल, खिर, सेलरोटी र अन्य परम्परागत परिकारबाट दसैँलाई स्वादिष्ट र पौष्टिक बनाउन सक्छन् । दाल तथा गेडागुडी प्रोटिन र रेसाको राम्रो स्रोत हुन् तर शाकाहारी भोजन भन्दैमा सबै परिकार स्वतः स्वस्थ हुन्छन् भन्ने होइन । धेरै घिउ, तेल, चिनी र नुन प्रयोग गरिएका परिकारको मात्रा पनि मिलाउनु पर्छ । विभिन्न खाद्य समूहका खानेकुरा समावेश गरी सन्तुलित भोजन गर्नु नै शाकाहारी तथा मांसाहारी दुवैका लागि स्वस्थ दसैँको आधार हो ।

दीर्घरोगीका खानपान

मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गौलाको समस्या, युरिक एसिड बढ्ने समस्या वा मोटोपना भएका व्यक्तिले दसैँमा खानपानको विशेष ख्याल गर्नु पर्छ । धेरै नुन, चिल्लो मासु, भुटेका परिकार, अचार, प्रशोधित मासु र मदिराले स्वास्थ्य समस्या बढाउन सक्छन् । मिर्गौलाको रोग भएका सबै व्यक्तिका लागि एउटै आहार लागु हुँदैन; रोगको अवस्था र परीक्षणका नतिजा अनुसार प्रोटिन, नुन, पोटासियम वा तरल पदार्थको मात्रा फरक हुन सक्छ । त्यसैले चिकित्सक वा पोषणविद्ले दिएको सल्लाह अनुसार भोजनको योजना बनाउनु पर्छ ।

चाडपर्वमा औषधी नियमित खान, खाना खाने समय मिलाउन र आवश्यक जाँच जारी राख्न बिर्सनु हुँदैन । चिकित्सकको सल्लाहबिना औषधीको मात्रा घटाउने, बढाउने वा बन्द गर्ने गर्नु हुँदैन । धेरै खानासँगै शारीरिक गतिविधि घट्दा रगतमा चिनी, रक्तचाप तथा तौल नियन्त्रणमा समस्या आउन सक्छ । त्यसैले आफ्नो क्षमता अनुसार हिँडडुल गर्ने, पर्याप्त निद्रा लिने र दिनचर्या नियमित राख्ने प्रयास गर्नु पर्छ ।

खाद्यजन्य रोगका जोखिम

दसैँमा धेरै परिकार एकै पटक पकाउने र पाहुनालाई पटक पटक पस्किने चलन हुन्छ । पकाएको खानेकुरा लामो समय बाहिर राख्दा जीवाणु बढ्न सक्छन् । काँचो र पाकेको खाना अलग राख्ने, हात तथा भान्सा सफा गर्ने, खानेकुरा राम्ररी पकाउने र नाशवान् परिकार समयमै फ्रिजमा राख्ने बानीले खाद्यजन्य रोगको जोखिम घटाउँछ । पिउने पानी सुरक्षित हुनु पर्छ । फलफूल र तरकारी सफा पानीले राम्ररी धुनु पर्छ । खाना बनाउने वा पस्किने व्यक्तिले हातको सरसफाइमा ध्यान दिनु पर्छ ।

दूषित खाना खाएपछि पखाला लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने वा ज्वरो आउने हुन सक्छ । पखाला वा बान्ता भए शरीरमा पानीको कमी हुन नदिन जीवनजल वा उपयुक्त तरल पदार्थ लिनु पर्छ । दिसामा रगत देखिएमा, उच्च ज्वरो आएमा, बान्ताका कारण तरल पदार्थ पिउन नसकेमा, पिसाब कम भएमा वा चक्कर लाग्ने र अत्यधिक कमजोरी हुने जस्ता निर्जलीकरणका लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सहायता लिनु पर्छ । बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोग भएका व्यक्तिमा यस्तो समस्या गम्भीर हुन सक्छ ।

स्वस्थ बानीले अझ रमाइलो 

दसैँमा खानपानसँगै सरसफाइ, शारीरिक गतिविधि, पर्याप्त निद्रा र मानसिक स्वास्थ्यको पनि ख्याल राख्नु पर्छ । लामो समय एउटै ठाउँमा बसेर खाने, राति अबेरसम्म जाग्ने र दिनचर्या पूर्ण रूपमा बिगार्ने बानीबाट जोगिनु पर्छ । परिवारसँग हिँडडुल गर्ने, बालबालिकासँग खेल्ने र ज्येष्ठ नागरिकलाई सहज हुने गतिविधिमा सहभागी हुने गर्न सकिन्छ । घरमा ग्यास, चुलो, तातो तेल र धारिला औजार प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ । मदिरा सेवनपछि सवारीसाधन नचलाउने र थकित अवस्थामा लामो यात्रा नगर्ने निर्णयले दुर्घटनाको जोखिम घटाउँछ ।

दसैँको खुसी महँगो भोज, धेरै मासु वा मिठाई खानुमा मात्र हुँदैन । परिवारसँगको आत्मीयता, आपसी सम्मान, परम्पराको निरन्तरता र स्वस्थ भएर सँगै समय बिताउन पाउनु यसको वास्तविक आनन्द हो । त्यसैले मासु स्वच्छ छानौँ, राम्ररी पकाऔँ, मदिराबाट टाढा रहौँ, मिठाई र चिल्लो परिकारको मात्रा मिलाऔँ, सन्तुलित भोजन गरौँ र स्वास्थ्य समस्या अनुसार सावधानी अपनाऔँ । स्वादमा संयम, खानामा स्वच्छता र व्यवहारमा आत्मीयता अपनाउन सके दसैँ साँच्चै स्वस्थ, सुरक्षित र खुसीमय बन्छ ।   

कमेन्ट गर्नुहोस्