गलकोट (बागलुङ), असोज ३१ गते । दसैँको फूलपातीका दिन बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । दसैँको पहिलो दिन घटस्थापनामा मालढुङ्गाको पुल बन्द हुँदा सुनसान रहेको मन्दिरमा पुल सञ्चालनमा आएसँगै भक्तजनको चहलपहल बढेको हो ।
काठमाडौँ, असोज ३१ गते । बुढीगण्डकी बाढीबाट अतिप्रभावित स्थानीय तहहरूलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सरकारले गरेको छ...
नेपालीको महान् चाड दसैँ सुरु भएसँगै बजारमा किनमेल गर्नेको चहलपहल सुरु भएको छ । दसैँमा नयाँ लुगा लगाउने र मिठो खाने प्रचलन छ । विशेष गरी काठमाडौँ उपत्यकाका नयाँ सडक, असन, इन्द्रचोक, भोटाहिटी, नयाँ बानेश्वर, भृकुटीमण्डप, कोटेश्वर, भाटभटेनीलगायतका व्यापारिक मलमा दसैँको चहलपहल बढेको छ । सडकपेटीदेखि ठुलठुला व्यापारिक मलसम्म किनमेल गर्नेको भिड बढे पनि कारोबार भने विगतका वर्ष जस्तो यसपालि नभएको व्यवसायीको भनाइ छ ।
दसैँ नेपालीको प्रमुख सांस्कृतिक पर्व हो । यो चाड धार्मिक आस्था र परम्परासँगै पारिवारिक भेटघाट, आपसी सद्भाव, शुभकामना आदानप्रदान र आशीर्वाद ग्रहण गर्ने...
काठमाडौँ, असोज ३० गते । नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ भने बजारमा दशैँको चहलपहल सुरु संगै धेरै स्कुलहरुले दशैको बिदा दिईसकेका छन् यस्तै नेपाली सांगीतिक क्षेत्रलाई पनि दशैँ लागिसकेको छ अहिले दशैँ सम्बन्धी धेरै गीतहरुको रेकर्ड ,म्युजिक भिडियो सुटिङ देखि सार्वजनिक गर्ने क्रम बढेको छ यस्तैमा बरिस्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीत रहेको दशैँ गीत 'दशैं आयो ' शुक्रबार सार्वजनिक भएको छ ।